वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

च्याउको बीउ बेचेर चौलागाईंले कमाए मासिक एक लाख रुपैयाँ

च्याउको बीउ बेचेर चौलागाईंले कमाए मासिक एक लाख रुपैयाँ

सर्लाही । सर्लाही एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन् ।

पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उनले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।

तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उनले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गरेका हुन् । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको उनले बताए । उनका अनुसार यसअघि बीउ लिन हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा धाउनुपर्ने गरेको भए पनि अहिले त्यो समस्या समाधान भएको उनको भनाइ छ । अहिले वाग्मतीको शङ्करपुरमै बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिक च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ ।

उनले करीब रु ५० लाखमा बीउ उत्पादन गर्ने उपकरण खरीद गर्नुभएको थियो । स्थानीय बजारमा च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न बजारको समस्या नभएको उनले बताए ।

उनले प्रतिप्याकेट रु ४० मा स्थानीय किसान, सिन्धुली, रौतहट, महोत्तरीका किसान र कृषि ज्ञान केन्द्र सर्लाहीलगायत देशका विभिन्न ठाउँमा बीउ बिक्री गरिरहेको च्याउखेती र बीउ उत्पादन गर्न उहाँलाई पारिवारिक राम्रो सहयोग रहेको छ । उनले च्याउको बीउ उत्पादन गर्ने काममा तीन जनालाई रोजगारी दिएका छन् । यही व्यवसायको कमाइबाट चार कट्ठा जग्गा खरीद गरेको बताए ।

उनले ध्रुव कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा च्याउको बीउ तथा च्याउ नै उत्पादन गरी बिक्रीवितरण शुरु गरेका हुन् । स्वदेशमै केही गरौँ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेका उनले अहिले एक हजार ५०० पोका राख्नसक्ने क्षमताको टनेल र घरको तल्लो तलामा एक हजार पोका च्याउखेती गरिरहेका छन् । च्याउखेती विशेषतः जाडो मौसममा हुने गर्छ । बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाइराख्न वातानुकूलन उपकरण समेत जडान गरेका छन् ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु