वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

ऋणको भारीले देश नै 'फेल' हुने अवस्था छ’(भिडियो)

ऋणको भारीले देश नै 'फेल' हुने अवस्था छ’(भिडियो)

कोरोना आउनुभन्दा पहिले नै नेपालमा संकट आ आइसकेको थियो । गत वर्षको मंसिरमै बजेटमा अर्धवार्षिक समिक्षा भएको थियो । त्यतिबेला बजेटलाई १० प्रतिशत र राजश्व ७ प्रतिशतले घटाइएको थियो । यसरी घटाउनुको पछाडिको कारण राज्यका विद्यमान संरचनाले काम गरिरहेको छैन भन्ने अर्थ हो । सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना २०२० को जनवरी ३१ तारिखसम्म पश्चिम युरोपसम्म फैलिसकेको थियो ।

नेपालका पनि कोरोना चीनबाट आएका एकजना व्यक्तिमा संक्रमण देखिएको थियो । यतिबेला कोरोनालाई कुन ढाँचामा निराकार वा नियन्त्रण गर्ने भन्नेबारे अनुभवसहित व्यवस्थापन गर्न गाह्रो थिएन । पश्चिम युरोप र पूर्वी एसियाली मुलुकहरुमा कोरोनोलाई हेर्ने दृष्टिकोण र कोरोनाबाट आम मानिसलाई कसरी जोगाउने भन्ने बारे दुईवटा मोडल सुरु भए । जसमध्ये भौतिक दूरी कायम राख्ने, मास्क अनिवार्य प्रयोग गर्ने, क्वारेन्टीनमा बस्ने, धेरै पटक परीक्षण गर्ने लगायतको मोडल पूर्वी एसियाली थियो ।
यही मोडलअनुसार कोरोनाको उत्थान भएको चीनको वुहानमा साढे चार हजारको संख्यामा संक्रमितको मृत्यु भयो भने एक अर्ब ३० करोड भन्दा बढी जनसंख्या भएको मुलुक चीनमा झण्डै एक लाखको हाराहारीमा संक्रमित देखिए । कोरोनाकै बीचमा पनि दक्षिण कोरियाले भौतिक दूरी कायम राखेर आम निर्वाचन नै गरेको थियो । भियतनाममा ३० जना संक्रमितको मृत्यु भयो । पूर्वी एसियाली मुलुकको यस अवधारणको ठीक उल्टो युरोपियन र अमेरिकनहरूले गरे । उनीहरूले कोरोना केही होइन भनेर खेलाँची गरे ।

कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको २६ प्रतिशत योगदान रहेको छ भने बाँकी ७४ प्रतिशत उत्पादनका क्षेत्रहरू पूर्णरुपमा बन्द भए । अर्थात् एक सय रुपैयाँमा २६ रुपैयाँ कमाउने क्षेत्र बाहेक अन्य ७४ रुपैयाँ कमाउने बाटो चाँही बन्द भयो । ७४ रुपैयाँ कमाउने बाटो बन्द हुनु भनेको राजश्वमा पनि कमी हुनु हो ।

भोजभतेर तथा भीडभाडमा उनीहरुको संलग्नमा धेरै देखियो । यही कारण यि देशहरुमा कोरोनाको मात्रा ह्वात्तै बढ्यो र लकडाउनको घोषणा गरे । भारतीयहरूले पनि कोरोना केही होइन भनेर पश्चिमी युरोपको मोडललाई अंगिकार गरे । अप्रिलमै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प भारत भ्रमणमा आएका थिए । कोरोना देखिन थालेपछि भारतीयहरूले अकस्मात लकडाउन गरे । भारतमा भएको लकडाउनको दुई दिनपछि नेपालमा पनि देशभर लकडाउन गरियो ।

सरकारले लकडाउन गर्दा कोरोना एकदुई जनामा बाहेक कसैमा पनि देखिएको थिएन । तर संक्रमित हुने सम्भावना भने थिए । पूर्वी एसियाली मुलुकहरूको मोडलमै रोकथाम गर्न सकिन्थ्यो । विमानस्थल वा भारतीय नाका हुँदै आउने नागरिकलाई त्यही रोकेर सुरक्षीय स्थानमा राख्न सकिन्थ्यो । तर सरकारले हठात् बन्दाबन्दी (लकडाउन) घोषणा गरेर ठूलो समस्या निम्त्यायो ।

अर्थतन्त्रमा कस्तो असर पार्‍यो ?

नेपालमा अर्थतन्त्रका २२ वटा फाँटहरू रहेका छन् । जसमध्ये लकडाउनले खेतिपाती (कृषि) र बन बाहेकका क्षेत्रलाई नराम्ररी प्रभावित तुल्यायो । सामाजिक दूरी राखेर पनि खेतीपाती गर्ने सक्ने भएकाले खासै असर नपरेको देखिन्छ । उद्योग, पूर्वाधार, पर्यटन, बैंकिङ/वित्तिय, खुद्रा/होलसेल व्यापार लगायतका क्षेत्र नराम्ररी थला परे ।

कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको २६ प्रतिशत योगदान रहेको छ भने बाँकी ७४ प्रतिशत उत्पादनका क्षेत्रहरू पूर्णरुपमा बन्द भए । अर्थात् एक सय रुपैयाँमा २६ रुपैयाँ कमाउने क्षेत्र बाहेक अन्य ७४ रुपैयाँ कमाउने बाटो चाँही बन्द भयो । ७४ रुपैयाँ कमाउने बाटो बन्द हुनु भनेको राजश्वमा पनि कमी हुनु हो । कसरी खान्छन्, बस्छन्, आर्थिक क्रियाकलाप कसरी गर्छन् भन्नेबारे कुनै तयारी नै नगरी हठात् गरिएको लकडाउनका कारण सबैभन्दा ठूलो मारमा सामान्य नागरिक परे । काठमाडौंबाट मात्रै १५ लाख नागरिक विस्तापित हुन पुगे । पूर्वाधार निर्माणका भवन, जलविद्युत लगायतका क्षेत्रहरू बन्द गरियो । यि क्षेत्रलाई बन्द गर्नुपर्ने कुनै कारण नै थिएन । कुनै मुल्यांकन नै नगरी हठात् बन्दाबन्दी गरियो । त्यतिबेला ठेकेदारले मजदुरलाई काम गरेको पारिश्रमिकसमेत दिएनन् । जसले गर्दा सोलुखुम्बुबाट नेपालगन्ज, कञ्चनपुर, रसुवाबाट दाङ वा महेन्द्रनगरसम्म हिँडेर जानुपर्ने बाध्यता आइपर्‍यो । काठामाडौंबाट बाहिरी जिल्लासम्म जानुपर्ने दु:खद् अवस्था आयो । सुत्केरी महिला, बालबालिका, बिरामी, वृद्धवृद्धा सबै प्रभावित हुन पुगे । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको शिक्षा क्षेत्र पनि हो ।

इन्टरनेटको बन्दोबस्त नभएका कारण बालबालिकाको पठनपाठन ठप्प बन्यो । काठमाडौंमै इन्टरनेटको सहज पहुँच नभएको बेला दुरदराजका क्षेत्रमा इन्टरनेट, कम्प्युटर/ राम्रो मोवाइल कल्पना बाहिरको थियो । करिब ८५ प्रतिशत बालबालिकाको पढाइलाई असर पुग्यो । बैदेशिक रोजगारको क्षेत्रलाई पनि कोरोनाले असर पार्यो । विदेश गएका धेरै हताहत, बिरामी भए । गत जेठमा मात्रै बैदेशिक रोजगारीमा गएका करिब ३३ प्रतिशत बेरोजगार हुन पुगे । उनीहरूलाई रेस्क्यु गर्ने अवस्था बनेन । गत वर्षदेखि अहिलेसम्मको हिसाब गर्दा एक लाख पनि बैदेशिक रोजागरीमा गएका छैनन् । नेपालका वार्षिक ५ लाख ७० हजार नागरिक श्रम बजारमा श्रम गर्नका लागि आउँछन् । उनीहरू पनि बेरोजगार बनेर घरमै बस्नुपर्ने अवस्था रहेको छ । बैदेशिक रोजगारी पनि गुमेको र स्वदेशमा रोजगार पनि नभएको अवस्थामा उनीहरूलाई दैनिकी गुजार्न पनि हम्मेहम्मे भएको छ । विदेशमै बेरोजगार भएर बेसेकालाई पनि सरकारले रेस्क्यु गरेन । यसले रेमिट्यान्समा पनि ठूलो असर पर्‍यो । तर सरकारले रेमिट्यान्समा कमि नआएको भनेर झूटो प्रचार गरिरहेको छ । किनकि ३३ प्रतिशत विदेशमा रहेका नागरिक नै बेरोजगार बनेपछि उनीहरूबाट रेमिट्यान्स आउने अवस्थै भएन । अर्को भनेको सहरबाट गाउँ गएका र विदेशबाट गाउँमा रहेर विदेश फर्किन खोज्नेहरूलाई पनि समस्या पर्‍यो । उनीहरूको दैनिकी कसरी चलिरहेको छ र कस्ता समस्या बेहोरिरहेका छन् भन्नेबारे सरकारले मत्लवै दिएन ।

आजभन्दा पाँच वर्षअघि कुल गाह्रस्थ उत्पादनको २८ प्रतिशत ऋण थियो । अहिले ४० प्रतिशत ऋण पुगेको छ । पाँचै वर्षमा यत्रो ऋण पुग्नु भनेको हाम्रो जस्तो साना मुलुकले पचाउन सक्ने प्रकारको ऋण होइन ।

कोरोनाले नराम्ररी थला पारेको देशलाई नै हो । ७/८ प्रतिशत आर्थिक बृद्धिदर हुन्छ भनेर सरकारमा बसेकाले गफ लगाए । तर अहिले आर्थिक बृद्धिदर ऋणात्मक बनेको छ । गत वर्ष १.७ प्रतिशतले मात्रै आर्थिक बृद्धि भएको थियो । गत वर्ष नै जनसंख्याको बृद्धि भन्दा आर्थिक बृद्धिदर कम थियो । पुँजीगत खर्च पनि १४ प्रतिशत भन्दा माथि हुन सकेको छैन । यसले गर्दा देश निक्कै ठूलो चुनौतीमा रहेको छ । सरकारले विश्व बैंक, एडिबी लगायतका बैंकबाट धेरै ऋण लिएको छ । यसरी हेर्दा देश नै फेल हुने संघारमा आएको छ ।

आर्थिक संकटले पार्ने प्रभाव
नेपालका अहिले भइरकेको राजनीतिक उथलपुथल पनि कोरोनाले निम्त्याएको आर्थिक संकट पनि हो । सरकारले पुँजीगत खर्चका लागि छुट्याएको रकम पनि पठाएको छैन । निर्माणका क्षेत्र वा व्यवस्थित रुपमा लगानी गर्नुपर्ने ठाउँहरूमा पैसा नै नपुगेका/नपठाएकाले पुँजीगत खर्च हुन नसकेको हो । एक महिना अगाडि म पूर्वी पहाडका क्षेत्रमा घुमिरहेको थिए । घुम्ने क्रममा त्यस क्षेत्रमा निर्माण कार्यमा खटिएका मजदुरले ठेकेदारले पैसा नदिएको गुनासो गरेका थिए । भ्रमणकै बीचमा केही ठेकेदारसँग भेट भयो । उनीहरूलाई मजदुरको तलब किन नदिएको भनेर प्रश्न गर्दा पैसा निकासी नै नभएको जवाफ दिएका थिए । यसको अर्थ के हो भने सरकारले बजेटको घोषणा गर्‍यो, आय आर्जन गर्नसक्ने क्षमताको हिसावकिताब नराखी बजेट विनियोजन गर्ने भन्ने, काममा पनि लगाउने भन्ने तर भुक्तानी पनि नगर्ने समस्या देखियो । यि खर्च कटौती गरेर बजेट सामान्य खर्चमा सकिएको छ । अहिले प्रधानमन्त्री केपी ओली निवास बालुवाटारमा दिनैपिच्छे भोज हुन्छ, उहाँको पार्टीको मिटिङ चलिरहेको छ, सांसद्हरूको खरिदविक्रि भइरहेको छ, यि क्रियाकलाको खर्च विकास निर्माणका लागि छुट्याइको रकम कटौटी गरेरै गरेको होला !
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीको सवारी भइरहेको छ, मन्त्रीहरू हेलिकप्टरमा एक ठाउँबाट अर्को ठाउँमा गइरहेका छन् । गत महिनामै प्रधानमन्त्री ओली धेरै ठाउँमा भ्रमण गर्नुभयो । उहाँले प्रदेश १ को त धेरै लामो भ्रमण नै गर्नुभयो । यि अनावश्यक खर्च पनि त्यसैमा जोडिन्छ । यि कार्य मुलुकको अप्ठ्यारोलाई ढाकछोप गर्ने यन्त्र जस्तो मात्रै बन्यो कोरोना । एकातिर कोरोनाका कारण आर्थिक गतिविधि भएनन् भनेर देखाउन, कोरोनामा बढी खर्च भयो भनेर देखाउने तर यथार्थमा त्यसलाई डाइभर्ट गरेर अरु नै कुत्सित मनसाय राखेर गरिने क्रियाकलापमा खर्च गरियो । यसले देशलाई ठूलो ऋणभारमा लैजाने खतरा छ ।

५० अर्ब खर्च लाग्ने कोरोना भ्याक्सिन किन्न पैसा छैन भन्ने सरकार निवार्चनको बैमोसमी गानमा थियो । सरकार गुन्डागर्दीमा सीमित देखिन्छ । सरकार कसरी आफू जोगिना वा आफूलाई व्यवस्थित गर्ने भन्नेमा लागि परेको देखिन्छ । किनभने अस्थिरतामै बढी कमाउन सकिन्छ भन्नेमै लागिपरेको छ ।

आजभन्दा पाँच वर्षअघि कुल गाह्रस्थ उत्पादनको २८ प्रतिशत ऋण थियो । अहिले ४० प्रतिशत ऋण पुगेको छ । पाँचै वर्षमा यत्रो ऋण पुग्नु भनेको हाम्रो जस्तो साना मुलुकले पचाउन सक्ने प्रकारको ऋण होइन । किस्ताबन्दीमा सावाव्याज भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी किस्ताबन्दीमा सावाव्याज भुक्तानी गर्नका लागि फेरि ऋण नै लिनुपर्ने अवस्था छ । नेपालको ऋणभार भने धेरैमात्रामा बढ्ने देखिन्छ । यसरी ऋण बढ्दै विकास बजेट कटौती गर्नुपर्ने हुनसक्छ । यसले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा नराम्ररी असर पुर्‍याउछ । नेपालमा अहिले उद्योग नगरी व्यापार गर्ने व्यक्तिहरू भने नाफामा छन् । किनभने उनीहरूले सामान महंगोमा विक्रि गर्न सक्ने भएकाले बाहुल्यता पनि उनीहरूसँगै छ ।

उनीहरूको सम्वन्ध मल्टिनेशन (बहुराष्ट्रिय) कम्पनीसँग रहेको हुन्छ । विदेशमा बनेका काम यहाँ विक्रि गर्ने गर्छनन् । उनीहरूको काम विचौलियाको जस्तो हो । कोरोनाका कारण साना तथा मझौला प्रकारका उद्योगहरू भने प्रभावित भए । भक्तपुरको तरकारी काठमाडौं आउन सकेन, चितवनबाट कुखुरा, नवलपरासीको डेरीका दूध, सिन्धुपाल्चोकका खसी लगायतका मासुजन्य सामाग्रीले बजार पाएन । रामेछाप लगायतका जिल्लाबाट तरकारी तथा दलहन सामाग्री काठमाडौं भित्रिन पाएन । व्यपसायिक खेतीकिसान गर्नेहरू उठ्नै नसक्ने गरी थला परे । बैंकका सुविधा लगायका सेवा राज्यले दिएन । व्यवसायीक खेति गर्नेहरू अहिले संगठित नभएकाले दलहरूले पनि सहयोग गरेनन् । नेकपा सरकारी पक्ष र कांग्रेस मिनि सरकारको भूमिका रहेकाले नेतृत्व गरेन । जनताको जनजीविकाका पक्षलाई जनता समाजवादी पार्टीले पनि कडाइका साथ उठाएन । अहिले नै राजनीतिक रुपमा उथलपुथल जस्तो नभए पनि कालान्तरमा उथलपुथल भने हुन्छ ।

निर्वाचनको तयारीका लागि भन्दै सरकारले १० अर्ब खर्च गरेको सार्वजनिक भएको छ । तीन वर्षअघि मात्रै करिब निर्वाचन गर्नका लागि ३५ अर्ब खर्च भएको थियो भने अहिले निर्वाचन भएको भए ४५ अर्बभन्दा बढी चाहिन्थ्यो । ५० अर्ब खर्च लाग्ने कोरोना भ्याक्सिन किन्न पैसा छैन भन्ने सरकार निवार्चनको बैमोसमी गानमा थियो । सरकार गुन्डागर्दीमा सीमित देखिन्छ । सरकार कसरी आफू जोगिना वा आफूलाई व्यवस्थित गर्ने भन्नेमा लागि परेको देखिन्छ । किनभने अस्थिरतामै बढी कमाउन सकिन्छ भन्नेमै लागिपरेको छ । नत्र भने यस्तो महामारीले थला परेका बेला मूल्यवृद्धि हुने वा मुद्रा स्फितिको चापलाई नियन्त्रण गर्ने ठाउँमा सरकार हुँदाहुँदै पनि त्यो गर्न सक्ने न मन्त्री छन् न परिपाटी नै बसाल्न सक्यो । न संस्थागत छ यो त बेपत्ताको कुरा जस्तो भयो । सामान्य मानिसलाई धेरै निराश बनाएको छ । निराशाले कुण्ठा जन्माउँछ, कुण्ठाले विरोध जनाउँछ, विरोधले विद्रोह जन्माउँछ र विद्रोहले क्रान्ति जन्माउने हो ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु