वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

नेपाल-भारत सम्बन्ध कसरी बुझ्ने ?

नेपाल-भारत सम्बन्ध कसरी बुझ्ने ?

नेपाल दक्षिण एसियाकै सबैभन्दा पुरानो देश हो । नेपाल एउटा प्राचीन राज्य हुनुका साथै झण्डै ३००० वर्ष भन्दा बढी समयदेखि विभिन्न स्वरूपमा विद्यमान छ । यो भन्दा अझै महत्वपूर्ण प्रश्न भनेको दुई सय वर्ष अगाडिसम्म जम्मा २० देखि २५ वटा स्वतन्त्र देश हुँदा नेपाल एउटा स्वतन्त्र देश भएको इतिहास पाइन्छ । अर्थात् नेपाल कहिल्यै पनि कुनै विदेशीको उपनिवेश भएन । दुईटा विनाशकारी विश्वयुद्ध र शीतयुद्धको महाप्रलयकारी अवस्थामा समेत नेपालले आÇनो स्वतन्त्र अस्तित्व, सार्वभौमसत्ता र अखण्डतालाई सुरक्षित राख्न सफल रहेको थियो र छ ।

तर नेपाल एउटा स्वतन्त्र राष्ट्रकै रूपमा टिकीरहने चुनौति हाम्रा अगाडि बारम्बार देखा पर्दैे आएको छ । स्वतन्त्र देशका रूपमा टिकिरहन नेपालको अधिकांश र मुख्य सङ्घर्ष भारतसँग हुँदै आएको छ । चाहे भारतमा ब्रिटिश शासनका बेलामा होस् वा ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरिसकेपछिको भारत होस्, भारतले लगातार विभिन्न प्रकारले नेपालको राष्ट्रियता, सार्वभौमसत्तालाई कमजोर पार्ने कार्य योजनाबद्ध ढङ्गबाट गर्दै आइरहेको छ । पछिल्लो अवस्थामा सङ्घीयता, एक मधेश एक प्रदेश, दुई राष्ट्रको अवधारणा, जनसङ्ख्यालाई मुख्य आधार बनाई निर्वाचन क्षेत्रको निर्धारण जस्ता विषय संविधानमा समावेश गर्न लगातार भारतबाट दबाब दिने कार्य भएको छ । नेपालको संविधान २०७२ लाई भारतले अहिलेसम्म स्वीकार गरेको छैन । अझ संविधानका विरूद्ध अन्तर्राष्ट्रिय मोर्चाबन्दीका लागि भारतले विगतमा विभिन्न प्रयास गरेको कसैबाट लुकेको छैन । नेपालको संविधानलाई संशोधन गर्नका लागि भारतबाट नेपालमाथि लगातार दबाब दिनु, भारतको प्रत्यक्ष निर्देशनमा मधेशवादीहरूद्वारा नेपालको राष्ट्रियतामा आ“च पुग्ने खालका विभिन्न गतिविधि सञ्चालन हुनु र नेपालमाथि भारतबाट विभिन्न समयमा आमानवीय नाकाबन्दी लाद्नु त्यसका केही उदाहरण हुन् ।

हाम्रा पुर्खाहरूले हामीलाई सुम्पिएको वर्तमान सिमाना भएको नेपाललाई यही अवस्थामा नया“ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व बन्न जान्छ । यो दायित्व त्यो बेला मात्र निर्वाह हुनेछ, जब नेपालको राष्ट्रियतालाई सङ्कुचन गर्ने खालका विभिन्न देशी–विदेशी प्रयत्नका विरूद्ध डटेर नेपालले सङ्घर्ष गर्न सक्नेछ ।

एसियाकै सबैभन्दा बढी जनसङ्ख्या र उल्लेखित आर्थिक वृद्धिदर, ठूला आणविक राष्ट्र, उदाउँदा विश्वशक्ति चीन र भारतका बीच नेपाल अवस्थित छ । नेपाल एउटा भूपरिवेष्ठित मुलुक भएका कारण पनि राष्ट्रिय एकता, स्वतन्त्रता तथा सुरक्षा नेपालको विदेश नीतिका लागि महŒवपूर्ण प्राथमिकता हुन जान्छ । त्यसैले नेपालले कुनै पनि मुलुकस“ग दुई पक्षीय वा बहुपक्षीय सम्बन्ध कायम गर्दाखेरि राष्ट्रिय एकता, स्वतन्त्रता तथा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । त्यसतर्फ ध्यान नदिएर सत्ता–स्वार्थको बचाउ वा विकास र समृद्धिको फैलावटलाई मात्र ध्यान दिएर कुनै मुलुकस“ग विशेष सम्बन्धको आधारमा परराष्ट्र नीति निर्धारण गर्नु हुँदैन । दक्षिणतर्फको कथित विशेष सम्बन्ध वा गाढा राजनीतिक प्रभावलाई खतम गर्न वा नियन्त्रण गर्ने नाममा उत्तरतर्फको राजनीतिक प्रभावलाई जान वा अन्जानमा स्थापित वा विस्तार गर्नु हुँदैन । यदि त्यसो गरियो भने त्यसले देशको राष्ट्रियतालाई झन् खाडलतर्फ धकेल्ने कार्य हुनेछ ।

भारत नेपालको भौगोलिक रूपले अति निकटतम छिमेकी मुलुक हो । नेपाल र भारतका बीच झण्डै १८८० कि.मी. सिमाना खुल्ला रहेको छ । नेपाल र भारतका बासिन्दा एक–अर्काको मुलुकमा निर्वाध आवत–जावत, पेशा र व्यवसाय गरेर सौहाद्रपूर्ण रूपमा बसोवास गर्दै आएका छन् । नेपाल एउटा भूपरिवेष्ठित मुलुक हुनुको साथै आर्थिक दृष्टिकोणले अल्प–विकसित मुलुक हो । देशको विकासका लागि नेपालले आफ्ना छिमेकी मुलुकसहित विश्वका अन्य मुलुकस“ग सहयोगको आशा र अपेक्षा राख्नु स्वभाविक हो । त्यसका लागि ती मुलुकसँग आफ्नो स्वाधीनता, राष्ट्रियता, सार्वभोैमसत्ता र भौगोलिक अखण्डतालाई सुरक्षित र कायम राख्दै पञ्चशीलका आधारमा सम्बन्ध कायम गर्नु पर्दछ । नेपालको संविधानको धारा ५१ को (ङ) मा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीतिका बारेमा सम्वैधानिक व्यवस्था गरिएको छ । जसअनुसार नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वाधीनता र राष्ट्रहितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताको आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राख्ने विषयलाई सम्वैधानिक मान्यता दिइएको छ । (नेपालको कानुन, न्याय तथा सङ्घीय मन्त्रालयबाट प्रकाशित नेपालको संविधान, पृ. २९)
अन्तर्राष्ट्रिय कानुन, प्रथा र परम्पराले निर्दिष्ट गरेको विधि अनुसार सहुलियत, सुविधा वा अधिकारको माग गर्नु नेपालको हक अधिकारभित्र पर्दछ । नेपालले समानता र पारस्परिक लाभका आधारमा एक–अर्काको प्रादेशिक अखण्डताप्रति पारस्परिक सम्मानको शर्तमा सबै मुलुकसँग सम्बन्ध राख्नुपर्दछ । कुनै मुलुकस“ग कथित विशेष सम्बन्धको आधारमा आफनो परराष्ट्रनीति निर्धारण गर्ने कुरा सही हुन सक्दैन । भारतले पनि कथित विशेष सम्बन्धको आडमा नेपालसँग अवाञ्छित प्रकारले आफ्ना राष्ट्रिय स्वार्थ पुरा गर्ने कार्य सही हुन सक्दैन । नेपालले भारतलाई कथित विशेष सम्बन्धको आडमा अत्यधिक सहुलियत दिने वा भारतले त्यस्तो सहुलियत माग्ने कुरा वा त्यस्तो सहुलियत प्राप्त गर्न नेपालमा अस्थिरता पैदा गर्ने, विभिन्न राजनीतिक दललाई उपयोग गर्ने, एउटा समुदायलाई अर्काका विरूद्ध उक्साउने वा लडाउने, आन्तरिक विघटनका लागि आधार तयार पार्न खोज्ने कार्यले दुई देश बीचको सम्बन्धलाई घातक असर पुगिरहेको छ । जसको परिणाम नेपाल र भारत बीचको सम्बन्ध लगातार तनाव र उत्तेजनाको अवस्थाबाट अगाडि बढिरहेको छ ।

ब्रिटिश साम्राज्यको औपनिवेशिक शासनबाट भारत स्वतन्त्र भएपछि स्वतन्त्र भारतसँग नेपालले १३ जून, १९४७ मा औपचारिक रूपले दौत्यसम्वन्ध स्थापना वा कायम गरेको पाइन्छ । यद्यपि भारतमा लामो समयदेखि औपनिवेशिक शासन गरिरहेको ब्रिटिश साम्राज्य र नेपाली शासक वर्गबीच दौत्य, कूटनीतिक तथा राजनीतिक सम्बन्ध रही आएको थियो ।

नेपाल र स्वतन्त्र भारतका बीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष मात्र भए पनि जनस्तरमा यी दुई देश बीचको सम्बन्धको इतिहास धेरै लामो छ । भौगोलिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक समानता र निकटताका कारण हजारौ वर्षदेखि नेपाल र भारतका बासिन्दाको एक–अर्काको देशमा आवतजावत अटुट रूपले रही आएको मात्र छैन, तिनीहरू गम्भीरतासँग सामाजिक बन्धनमा समेत बा“धिएका छन् । नेपाल र भारत दुई देशका बीच केही अपवाद बाहेक जनस्तरमा वा जनता–जनता बीचको सम्बन्ध कहिले पनि नराम्रो वा समस्याग्रस्त रहेको पाइ“दैन । तर राज्यस्तरमा दुई देश बीचको सम्बन्ध विशेषतः भारतीय साम्राज्यवादको गलत नीति तथा साम्राज्यवादी नीतिका अगाडि नेपालका शासक वर्गको आत्मसमर्पण गर्ने प्रवृत्तिका कारण अपवाद बाहेक कहिले पनि नेपाल र भारतका बीचमा सम्बन्ध सुमधुर हुन सकिरहेको छैन ।

ब्रिटिशबाट स्वतन्त्र भएको भारतले अहिलेसम्म नेपालस“ग अपनाउ“दै आएको विस्तारवादी नीतिको आत्मसमीक्षा गरेको छैन । त्यस्तो आत्मसमीक्षा गरी नेपालप्रतिको विस्तारवादी नीति त्यागेर पारस्परिक समानताका आधारमा नेपालस“ग सम्बन्ध कायम गर्ने सरकार भारतमा अहिलेसम्म बनेको पनि छैन । भारतको साम्राज्यवादी नीतिको विरोधमा नेपालभित्र, स्वयम् भारतभित्र र विश्वभरिबाट हुने गरेको विरोधबाट कतिपय अवस्थामा भारतले पछाडि हटेको जस्तो देखाएपनि पुनः नयाँनयाँ योजनाका साथ नेपालमाथि विस्तारवादी नीति थोपर्न वा प्रभुत्व कायम गर्ने उद्देश्यका साथ अगाडि बढेको छ । त्यसको असर र प्रभाव जनस्तरमा पनि अभिव्यक्त भई सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पर्ने गरेको छ ।

भौगोलिक दृष्टिकोणले भारत भन्दा नेपाल क्षेत्रफलको हिसावले २२ गुणा र जनसङ्ख्याको हिसावले ४५ गुणाले सानो छ । एउटा अल्पविकसित अझ त्यसमा पनि भूपरिवेष्ठित मुलुक भएतापनि नेपाल परापूर्वकालदेखि एउटा स्वाधीन तथा स्वतन्त्र मुलुक हो । देशको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता नेपाली जनतालाई प्यारो छ । नेपाल विश्व रङ्गमञ्चमा आफ्नो स्वतन्त्र पहिचानसहित उभिन चाहन्छ । तर ब्रिटिशकालीन भारत र ब्रिटिश उपनिवेशबाट मुक्त र स्वतन्त्र भारतको नेपालप्रतिको नीति हमेशा दमनकारी वा हेपाहापूर्ण रहिआएको छ । भारतले हमेशा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ । २०६२/०६३ सालको जनआन्दोलनको सफलता पश्चात लामो सङ्क्रमणकालीन अवस्थाको लाभ उठाएर कथित सुक्ष्म व्यवस्थापन (माईक्रो म्यानेजमेन्ट)को नाममा भारतको हस्तक्षेप नेपालका कर्मचारीको नियुक्ति, पदोन्नति र खटनपटन तथा दैनिक प्रशासन सञ्चालनको क्षेत्रमा समेत देखापरेको थियो ।

नेपालमा संविधान निर्माणको क्रममा सङ्घीय प्रणालीलाई आधार बनाई गरिएको राज्यको पुनर्संरचना तथा एक मधेश एक प्रदेशको आडमा भारतले नेपालमा विखण्डनका लागि आधार तयार पार्दैछ । नेपाललाई विखण्डन गर्नका लागि भारतीय दबाबमा नै नेपालका राजनीतिक दलहरूलाई सङ्घीय प्रणालीलाई स्वीकार गर्न बाध्य पारिएको थियो । नेपालमा थोपरेको सङ्घीयता जुन नेपाल टुक्रयाउने भारतीय साम्राज्यवादी रणनीतिको एउटा अङ्ग हो, त्यसलाई स्वीकार गरेर नेपालका राजनीतिक दलहरूको सत्तालोलुप चरित्र उदाङ्गिएको छ । सत्तामा पुग्न देश, राष्ट्रियता तथा जनताका विरूद्ध जुनसुकै प्रकारको सौदावाजी गर्न सक्ने प्रवृत्तिका कारण भारतलाई नेपालको राष्ट्रियता कमजोर बनाउन सजिलो भएको छ । भारतीय साम्राज्यवादको नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पारेर भारतीय सङ्घमा सामेल गर्ने मुख्य रणनीति रहेको छ । तत्काल त्यसो गर्न नसकेमा पहाडबाट तराईलाई अलग गर्ने र अन्तिममा तराईलाई नेपालबाट अलग गरेर भारतीय सङ्घमा गाभ्ने रणनीति रहेको देखिन्छ । त्यसरी तराईलाई भारतीय सङ्घमा सामेल गरिसकेपछि अन्तिममा नेपाललाई पनि भारतमा गाभ्ने रणनीति भएको कुरा बुझ्न गाह्रो पर्दैन । भारतीय साम्राज्यवादको नेपाल टुक्र्याउने रणनीति र त्यो रणनीतिस“ग आत्मसमपर्णवादी नीति अपनाउने प्रवृत्तिका विरूद्ध सङ्घर्ष नगरी देशको राष्ट्रियता सुरक्षित हुन सक्ने छैन । त्यसका लागि नेपाली जनताका बीच राष्ट्रियताको सवालमा लगातार राष्ट्रिय जागरण चलाउनुपर्ने आवश्यकता छ । नेपाल-भारत सम्बन्ध सम्बन्धी पुस्तकको लेखन मैले त्यही दिशामा उठाएको एउटा सानो प्रयास हो ।

म कूटनीतिक क्षेत्रको विशेषज्ञ वा इतिहासको ज्ञाता होइन । कुटनीतिशास्त्र वा इतिहासलाई आधार बनाएर हेर्दा यो पुस्तक पूर्ण नहुन सक्छ । तर पुस्तकमा उल्लेख गरिएका विषयवस्तु राजनीतिक रूपले विचार गरेर नै लेखेको छु । पुस्तकको सुरूदेखि अन्तिमसम्म भारतले विभिन्न समयमा नेपालमाथि गरेका हस्तक्षेपलाई सकभर तथ्यपरक तथा विश्लेषणात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु । एक प्रकारले हेर्ने हो भने यो पुस्तक भारतले नेपालमाथि विगतदेखि गरिरहेको हस्तक्षेपको एउटा संक्षिप्त दस्तावेज नै हो भन्दा अतिशयोक्ति हुने छैन । देशको राष्ट्रियता सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षामा यसले सीमित रूपमा भएपनि कुनै योगदान पुर्‍याउन सक्यो भने त्यो मेरा लागि अत्यन्तै सन्तोष र हर्षको विषय हुनेछ ।

यो पुस्तक मैले दुई जना कम्युनिस्ट नेता तथा राजनीतिज्ञ मोहनविक्रम सिंह तथा चित्रबहादुर के.सी.लाई समर्पण गरेको छु । उहाँहरू दुई जना व्यक्तित्वको समग्र राजनीतिक जीवनको इतिहासले यो देखाउ“छ कि राष्ट्रियताको रक्षाको सङ्घर्षमा उहाँहरू अग्रपङ्क्तिमा रहनुभएको छ । सत्तामा पुग्न वा छुद्र प्रकारका दलीय तथा निजी स्वार्थ पुरा गर्न कहिले पनि राष्ट्रियताको सवालमा भारतीय साम्राज्यवादस“ग सम्झौता, मेलमिलाप वा समन्वयको नीति अपनाउनु भएको छैन ।

नेपालका राजनीतिज्ञ वा नेताहरूले क्षणिक र तत्कालीन सत्ता स्वार्थ वा निजी लाभका लागि भारतस“ग आत्मसमर्पण गर्ने वा राष्ट्रियताको रक्षाको सवालमा ढुलमुले नीति अपनाउने गरेका छन् । त्यस्तो गलत प्रवृत्ति उहाँहरूमा अहिलेसम्म पाइएको छैन । नेपालका प्रायः नेता वा राजनीतिक दलमा सामन्तवादका विरूद्ध प्रजातान्त्रिक आन्दोलनमा भारतलाई खुसी पार्न राष्ट्रियताको रक्षाको प्रश्नलाई गौण बनाउने प्रवृत्ति पाइन्छ भने कतिपयमा सामन्तवादी सत्तालाई राष्ट्रियताको संरक्षक वा सच्चा पहरेदार ठान्ने सोचाइ पनि पाइन्छ । सामन्ती सत्तालाई टिकाउन राष्ट्रवादका कुरा गर्ने वा लोकतान्त्रिक आन्दोलन वा सत्ता प्राप्तिको प्रश्नमा राष्ट्रियतालाई गौण ठान्ने यी दुईवटै गलत प्रवृत्तिबाट समेत नेपालको राजनीतिक आन्दोलन आक्रान्त रही आएको छ । यो सवालमा समेत उहाँहरू दुबै जनाले सही र सन्तुलित नीति अपनाउँदै आएको हुनाले यो पुस्तक मैले उहाँहरूमा समपर्ण गरेको छु ।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयको सचिवको रूपमा म झण्डै अढाइ वर्ष काठमाडाैमा बस्नु परेको थियो । यो अवधि भनेको पहिलो संविधानसभाद्वारा संविधान निर्माणको सकसको अवधि थियो । संविधानमा आ–आफ्नो स्वार्थ छिराउन भारतीय तथा पश्चिमा साम्राज्यवादी शक्ति नाङ्गो रूपमा उत्रिएका थिए । यी दुइटै साम्राज्यवादी शक्तिको हस्तक्षेपको चपेटामा नेपाल परेको थियो । ती दुइटै शक्तिको स्वार्थका विरूद्ध लडेर नै नेपालको राष्ट्रियता, सार्वभौमसत्ताको रक्षा गर्नुका साथै देशलाई राष्ट्रिय विखण्डन तथा जातीय द्वन्द्वमा जानबाट रोक्नका लागि राष्ट्रियताका पक्षधर शक्तिले पनि लगातार जनपरिचालन लगायतका राजनीतिक गतिविधि बढाएका थिए । यो अवधिमा मैले राष्ट्रियताको सवालमा समान दृष्टिकोण भएका वा आंशिक नीति मिल्ने पक्षका बीच हुने छलफल, भेटघाट वा बैठकमा सम्मिलित हुने अवसर पाए“ । नेपाल–भारत सम्बन्धका जानकार र विज्ञसँगको भेटघाट, सामग्रीको आदानप्रदान वा सङ्कलनको कार्यले मलाई यो विषयमा लेख्न प्रेरित गर्‍यो । त्यस अवधिमा मैले नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षका बारेमा अध्ययन सामग्री सङ्कलन गर्ने मौका समेत पाएँ । तर साङ्गठनिक कार्यव्यस्तताका कारण किताबको लेखनकार्यको सुरूवात गर्न सकिन । त्यही अवधिमा सरकारले २०७० साल मङ्सीर ४ गते संविधानसभाको दोस्रो निर्वाचनको घोषणा गर्‍यो । चुनावको तयारीका लागि २०६९ साल चैत्र महिनामा म सुदूरपश्चिम क्षेत्रमा फर्किनु पर्‍यो । चुनावी तयारीमा लाग्नु परेका कारण पुस्तक लेखनको कार्य अगाडि बढाउन सम्भव हुन सकेन ।

पश्चिमको साङ्गठनिक व्यस्तताका कारण पुस्तक लेखनको कार्यलाई अगाडि बढाउनु मलाई हम्मेहम्मे पर्नु स्वभाविक थियो । २०७२ असोज ३ गते नेपालको संविधान जारी भइसकेपछि पार्टीले केपी ओली नेतृत्वको सरकारमा सामेल हुने निर्णय गर्‍यो । पार्टीका तर्फबाट चित्रबहादुर के.सी. उपप्रधानमन्त्री हुनुभयो । उहाँको सचिवालयको प्रमुखको जिम्मेवारीमा पार्टीले मलाई खटायो । सरकारमा पार्टीको भूमिकालाई बढी प्रभावकारी बनाउने काममा आफूलाई केन्द्रित गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा बढी व्यस्त रहनु पर्‍यो । जसको परिणाम पुस्तक लेखन अगाडि बढेन । केपी ओलीको सरकार अपदस्त भएपछि सरकारी कामबाट पुनः साङ्गठनिक कार्यमा फर्किनु पर्‍यो । तैपनि ढिलो गरी भएपनि सबै प्रतिकूलताका बाबजुद यो पुस्तक पाठक वर्गको हातमा पुर्‍याउन सफल भएको छु ।

अन्त्यमा, जसले मलाई यो कार्यका लागि योग्य बनाउनु भयो, पूज्यनीय दिवङ्गत बुवा नन्दलाल भट्ट र ममतामयी आमा मन्धरी भट्टप्रति सर्वदा ऋणी रहेको छु । पुस्तक लेखन कार्यमा बारम्बार घच्घचाइरहने जीवनसाथी गीता भट्टलाई धन्यवाद दिन चाहन्छु । यो पुस्तकको प्रकाशनको अभिभारा पनि उनले नै बहन गरेकी छिन् । पुस्तक टाइप गर्नमा सहयोग गर्नु हुने राष्ट्रिय जनमोर्चाका युवा नेता केशवनाथ योगी तथा छोरा पृथ्वी भट्टलाई धन्यवाद दिन चाहान्छु । लेखन कार्य गरिरहेको बेलामा बालसुलभ उपस्थिति दर्शाइरहकी छोरी प्राचीलाई पनि धेरै सम्झिन चाहान्छु । शुद्धाशुद्धीका लागि वरिष्ठ लेखक तथा मेरा आत्मीय मित्र रामप्रकाश पुरीप्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु । पुस्तक लेखनको दौरान विभिन्न प्रकारले सुझाव, सल्लाह दिएर वा सामग्री उपलब्ध गराएर सहयोग गर्नु राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा तथा वामपन्थी नेता सुरेश थापालाई पनि धन्यवाद दिन चाहन्छु ।

पुस्तक लेखनको सन्दर्भमा विभिन्न सहयोग उपलब्ध गराउनु भएकोमा फुपू शान्ता सिंह, दाजु समीर सिंह तथा दिदी बिनु के.सी. लाई धन्यवाद दिन चाहन्छु । उहा“हरूको सहयोग अविस्मरणीय छ ।

प्रकाशाेन्मुख ‘नेपाल-भारत सम्बन्ध’ पुस्तकबाट । पुस्तक शनिवार विमाेचन हुँदैछ । 

 

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

गठबन्धनको बैठकमा देउवाले मागे माफि

ब्याण्ड ‘स्लिपनट’ का पूर्व ड्रमर जोय जोर्डिसनको निधन

जलेश्वरमा भाइरल ज्वरोको बिरामी ह्वात्तै बढे