वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

सशस्त्रका एआइजीको तारे होटलमा शंकास्पद गतिविधि (भिडियो)

सशस्त्रका एआइजीको तारे होटलमा शंकास्पद गतिविधि (भिडियो)

काठमाडौं । सशस्त्र प्रहरीका दुई एआइजी आफ्नो कार्यकाल थप्नका लागि विभिन्न ‘शक्तिकेन्द्र’मा दौडधुप गरिरहेका छन् । आगामी २० वैशाखमा सशस्त्रका दुई एआइजी पुष्पराम केसी र रामशरण पौडेल चार वर्षे पदावधि सकिँदै छ । कार्यकाल सकिदै गर्दा केसीको गतिविधि भने विवादि देखिएको छ । उनी सशस्त्रको कार्य विभागको प्रमुख रहेदेखि नै सशस्त्रकै विभिन्न गोप्य कागजातहरू विदेशीलाई बुझाएको आरोप थियो । कार्य विभागको नेतृत्वमा रहँदा सीमासँग जोडिएका कागजातहरू भारतीय पक्षलाई बुझाएको गम्भीर आरोप लागेको थियो । दुवै एआइजी अहिले आफ्नो सेवा अवधि थप्नका लागि विभिन्न शक्तिकेन्द्र धाउँदै आएको प्रमाण समाचार दैनिकले प्राप्त गरेको छ ।

तारे होटलामा शंकास्पद उठबस

शसस्त्र प्रहरीको थप एक वर्षे कार्यकाल लम्ब्याउनका लागि शक्तिकेन्द्र रिजाउन एआइजीद्वय केसी र पौडेल दौडधुपमा कस्सिएका हुन् । केसी भने २१ दिनका लागि भए पनि सशस्त्रको प्रमुख बन्नका लागि यस्तो दौडधुपमा लागेका हुन् । आफ्नो व्यक्तिगत लाभका लागि सांगठानिक छवि धुमिल्याउँदै उनीहरू अहिले काठमाडौंका विभिन्न तारे होटमा शंकास्पद व्यक्ति भेटिरहेको भिडियोमा देखिन्छ ।

गृह स्रोतका अनुसार उनीहरू काठमाडौंस्थित नयाँ बानेश्वरको दि एभरेस्ट होटल, दरबारमार्गका रोयल सिंगे होटल र ल्यान्डमार्क होटल लगायतमा शंकास्पद व्यक्तिसँग बाक्लो छलफलमा छन् । गृहस्रोतले उपलब्ध गराएको भिडियो र तस्बीर अनुसार सशस्त्रसँग भएका गोप्य डकुमेन्टसहित उनीहरू स्वदेशी तथा विदेशी शक्तिसमूहसँग छलफलमा रहेका हुन् । केसीले सशस्त्रकै एक सहयोगीलाई कागजात बोकाए छन् । ति सहयोगी कागजातसहितको व्याग बोकेर हतार हतार ल्याण्डमार्क हाटेलबाट बाहिरिँदै गरेको भिडियोमा प्रष्टसँग देखिन्छ । उनले सेतो ज्याकेट लगाएका एक शंकास्पद व्यक्तिालाई सलाम गरेको भिडियोमै देखिन्छ । यता, कार्यकाल अवधि एक वर्ष थपिए पौडेलको भने जागिर अवधि मात्रै लम्बिने छ ।

अख्तियारलाई समेत प्रभावमा पार्ने केसीको क्षमता

सरकारले गत ५ जेठमा जारी गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत भूमि समेटेको राजनीतिक नक्सालाई ९ जेठमा संसद्मा दर्ता गरेको थियो । भारतले अतिक्रमण गरेको ति भूमि समेटेर संसद्मा दर्ता भएको नयाँ नक्सासहितको विधेयक सर्वसम्मत रुपमा पारित भयो । त्यसबाट भारतीय पक्ष भने नराम्ररी चिढिएको थियो । त्यतिबेला केसी भने सशस्त्रकै कार्य विभागको प्रमुख थिए । विभागमा सीमानासँग जोडिएका सक्कल कागजातहरू थिए । माओवादी जनयुद्धलाई निस्तेज पार्न भन्दै तत्कालीन सरकारले ०५७ सालमा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो । सरकारले ०६३ फागुनपछि भने सशस्त्रलाई सीमा सुरक्षाको जिम्मा दियो । अहिले सीमामा विओपी खडा गरेर सशस्त्र खटिएको छ ।

विभागमा सीमाबारे सम्पूर्ण दस्तावेज रहेका छन् । त्यही विभागको नेतृत्वमा एआइजी केसी थिए । उनले ति डकुमेन्टहरू भारतीय गुप्तचरलाई बुझाएको आरोप थियो । गृहस्रोतका अनुसार त्यसपछि सीमा बारेका सक्कली कागजात भारतीय गुप्तचरका टीमलाई दिएको अभियोगमा उनलाई कार्य विभागको प्रमुखबाट हटाएर मातातिर्थमा रहेको सशस्त्र एकेडेमीमा सरुवा गरिएको थियो । केसीले दरबारमार्ग स्थित लेन्डमार्क होटेल, गौरीधारास्थित अरिगानो रेस्टुरेन्ट र बालुवाटारस्थित उएटोरा रेष्टुरेन्टमा विदेशी ऐजेन्टसँग गोप्य भेटघाट गरी राज्य र संगठनका गोप्य जानकारी चुहावट गरेको गृहस्रोतको दाबी छ । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्कल फाइल दुरुपयोग गरेको अभियोगमा छानविनसमेत गरेको थियो । तर समाचार दैनिक उच्च स्रोतका अनुसार अख्यिारका केही व्यक्तिलाई प्रभावमा पारेर उनले अहिले अनुसन्धान प्रकृया रोक्न लगाएका छन् ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु