वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

घनश्याम भुसालले भने– ओली गुट सत्ताको भोक र राज्य दोहनमा लागेको गिरोह !

घनश्याम भुसालले भने– ओली गुट सत्ताको भोक र राज्य दोहनमा लागेको गिरोह !

काठमाडौं । एमाले उपमहासचिव घनश्याम भुसालले अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी ओली समूह राज्य दोहनमा लागेको गिरोह भएको आरोप लगाएका छन् । ओलीले एकलौटी रुपमा पार्टीबाट निष्कासन गरेपछि आफ्नो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीमा असीमित सत्ताभोगको अतृप्त तृष्णा रहेको पनि बताएका छन् । ओलीले ‘म’ र ‘मेरो’ बाहेक केहि देख्नै नसक्ने आरोप लगाएका छन् ।

‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो,’ पूर्वमन्त्री भुसालले भनेका छन्,‘ओलीले एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।’

यस्तै भुसालले ओलीले लोकतन्त्रको हुर्मत लिएको बताएका छन् । भने पार्टी गौरवको चीरहरण पनि गरिरहेको आरोप लगाएका छन् ।

‘उनले (ओली) हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ,’ उपमहासचिव भुसालले भने,‘उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।’

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु