वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

कर्णाली प्रदेश : एमालेका ३ मन्त्रीले राजीनामा दिँदै

कर्णाली प्रदेश :  एमालेका ३ मन्त्रीले राजीनामा दिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन् ।आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सोमबार राजीनामा दिन लागेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एमालेका तर्फबाट मन्त्री भएका तीनै जनाले सामुहिक राजीनामा दिन लागेको समाचार दैनिकलाई जानकारी दिए ।

आज कति बजे राजीनामा दिने त्यो बैठक बसेर समय तोक्ने भन्दै मन्त्री ज्वालाले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले राजीनामा आजै दिने बताए ।

यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन् । यो प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही छन् ।
यसअघि गत चैत चार गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

एकलौटी ढंगले गरिएको दलको नेता चयन मान्य हुँदैन– जसपा (बाबुराम–उप्न्द्र पक्ष)

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता