वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

देश जोगाउन माओवादी आन्दोलनको सुदृढीकरण अनिवार्य

देश जोगाउन माओवादी आन्दोलनको सुदृढीकरण अनिवार्य

सर्वाेच्च अदालतले गत २३ फागुनमा एउटा मागदाबी विपरीत फैसला गर्‍यो । जसले एमाले र माओवादी केन्द्रलाई पुनर्जिवित बनायो । नेकपा नाम कसको हो ? भन्ने बारे मात्रै सर्वोच्चले फैसला गर्नुपर्नेमा मागदावी विपरीत एकता नै भंग गरिदियो । न्यायिक सक्रियताको पृष्ठभूमिमा सत्तारूढ नेकपाभित्रको अन्तरकलह र ‘अदालतमा सेटिङ छ’ भन्ने कुरा कानुनी रुपमा नभए पनि राजनीतिक रुपमा पुष्टि भइसकेको छ ।

फैसलाका कारण पुर्नर्जिवित भएको माओवादी केन्द्र जनयुद्धकालमा पेचिलो वर्ग संघर्ष र भीषण युद्धका बावजुद पनि एकता, संघर्ष, रुपान्तरण हुँदै आफूलाई सशक्तरुपमा उभ्याएको थियो । तर शान्ति प्रक्रियापछि भने हरेक प्रहरमा क्रमशः क्षयीकरणको बाटोमा गइरहेको छ । प्रचण्ड नेतृत्वमा कठोरभन्दा कठोर चुनौती मोल्न र जनयुद्धमा होमिन तयार भएको नेतृत्व टिमकै मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, गोपाल किराँतीलगायतका माओवादी नेता शान्तिपूर्ण प्रतिस्पर्धा र सत्ता उपयोगको राजनीतिमा आउँदा बाहिरिनु र बाहरिए पनि परिणाममुखी लय पकड्न नसक्नुले समग्र माओवादी आन्दोलनमा देखापरेका सीमाको प्रतिनिधित्व गर्छ ।

माओवादी आन्दोलनको आत्मगत पक्षले अपेक्षा गरे झैं वस्तुगत परिस्थिति अनुकूल भएन होला, तर ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ भने झैं वस्तुगत स्थितिको सहि विश्लेषण र परिचालन गर्न नसक्ने आत्मगत पक्षमा देखा परेका सीमाबाट माओवादी नेतृत्वले समीक्षा गर्नुपर्दैन र ? टुक्रिएर विभिन्न नाममा र व्यानरमा सीमित मओवादी घटकले आरोप प्रत्यारोप, इगो र कुण्ठाभन्दा माथि उठेर हेर्ने बेला अझैं आएको छैन र ? आइसेको भए सबैले आत्मसमीक्षासहित बहसको ढोका खोल्न जरुरी छ ।

कम्युनिस्ट पार्टी निर्माणमा अगाडि बढेको हो र त्यहीँअनुसार राजनीतिक समीकरण निर्माण हुने भए सत्तास्वार्थ, सांसद, मन्त्री, राजनीतिक नियुक्ति, पार्टीको नाम, चुनाव चिन्ह र अदालतका फैसला सबै कुरा सहायक हुन् । पार्टीको विचार, कार्यदिशा, नेतृत्व र एजेण्डा नै प्रधान विषय हुन् ।

कम्युनिष्ट पार्टी र नेतृत्व यसमा स्पष्ट र दृढ हुनै पर्दछ । यहि कुरा नै सहि हो भने प्रचण्ड र माधव नेपालबीचको राजनीतिक समीकरण किन टिक्न सकेन ? सर्वाेच्च अदालतको फैसला आएको २४ घण्टा टिक्न नसक्ने कस्तो अग्रगामी समीकरण हो ? यसबारे हामीले वस्तुगत निष्कर्ष निकाल्नै पर्छ । सर्वाेच्चको फैसलापछि एमालेभित्र निकै कटुतापूर्ण अन्तरसंघर्ष चलिरहेको छ । उनीहरूबीचको अन्तरसंघर्ष एमाले नामको पार्टी, सूर्य चुनाव चिन्ह र सत्ता परिवर्तनमै सीमित देखियो ।

एमालेभित्रका दुवै धार सामानान्तर संगठनात्मक गतिविधिमा तिव्रता दिइराखेका छन् । र, आफ्नो पंक्तिलाई सुदृढ गर्ने अभियानमा दिलोज्यानले लागिरहेका छन् । यता माओवादी केन्द्रको बैठक बोलाउँदै स्थगित गर्दै जाने र सत्ता समीकरण निर्माणमा मात्र व्यस्त हुनुले संगठनात्मक क्षेत्रमा निकै अन्यौलता पैदा भइरहेको छ । आजको दिनमा माओवादी नेताकार्यकर्ताले देशभर ‘माओवादी जागरण अभियान’ लिएर जुझारु रुपमा प्रस्तुत हुनुपर्ने हो तर त्यसो नभइ ढिलासुस्ती, अन्यौलता र कुण्ठामा अल्झिनुले तत्कालिन कार्यनीति र कार्यदिशा तय गर्ने विषयमा अन्यौलता देखिएको छ ।

यसरी हेर्दा माओवादी शक्तिमा दृढता र आशावाद कमजोर हुँदै गइरहेको देखिन्छ । त्यसको प्रभाव आम नेताकार्यकर्ता र जनवर्गीय संगठनमा समेत सोपान क्रममा परेको देखिन्छ । यसले सिंगो माओवादी आन्दोलनलाई दिनप्रतिदिन क्षति पुर्‍याइरहेको छ ।

यि संकट व्यवस्थापनमा समयमै माओवादी नेतृत्वले ध्यान नदिए निकै आउने दुष्परिणामको कुनै परिकल्पनासमेत गर्न सकिँदैन । के माओवदी नेतृत्व र सिंगो पंक्ति फेरि एकपटक त्याग समर्पण र आशावादीता सहित पुनर्जागरण अभियानमार्फत सुभचिन्तक र समर्थकलाई आशावादको गोरेटोमा केन्द्रित गर्न सक्छ ? हो सक्नैपर्दछ यसको अर्काे कुनै विकल्प छैन । कठोर र वस्तुनिष्ट समीक्षासहित पुनः माओवादी आन्दोलन सुदृढ गर्ने अभियानमा पहल लिन नसकिए माओवादी आन्दोलनको पहिचान र उपलब्धिहरु समेत गुम्ने खतरा विद्यमान छ ।

त्यसैले, माओवादी आन्दोलनको मुख्य नेतृत्वदेखि सबै तहका नेताकार्यकर्ता, शुभचिन्तक र क्रान्तिकारी जनसमुदायलाई एकपटक फेरि जागृत गर्नुपर्ने अवस्था छ । सुदृढ माओवादी आन्दोलन निर्माण गर्न नसकिए एकअर्कामा आरोप र शंका गर्दै टुक्रिएका सबै टुक्रे माओवादीको अवशान कसैले रोक्न सक्दैन । हो, हामीले अपेक्षा गर्ने हो, बहस गर्ने हो, पहल गर्ने हो, दबाब र जागरण पैदा गर्ने हो, तर नेतृत्वको टिमले निर्णय गर्ने हो ।

आजको दिनमा यसरी असरल्ल छाडेर माओवादी आन्दोलन र क्रान्तिकारी समुदायमा देखिएका अन्यौलता तथा निराशाले सिंगो मुलुक र जनता अपुरणिय क्षति पुर्‍याउने निश्चित छ । नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेको प्रतिगामी चिन्तन र व्यक्तिवादी निरंकुशताविरुद्ध कठोर संघर्षमार्फत विजयी हासिल गरेर क्रान्तिकारी आन्दोलनबाट प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा र विकास गर्दै आर्थिक समृद्धि र सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने अभियानको नेतृत्व गर्ने कुरा माओवादी आन्दोलनको सुदृढीकरण विना सम्भव छैन ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु