3
Share
काठमाडौं । हलिउड अभिनेता पल रिटरको निधन भएको छ । ५४ वर्षका रिटरको ब्रेन ट्युमरबाट निधन भएको हो । फिल्म स्टार तथा फ्यानले उनको निधनप्रति शोक ब्यक्त गरेका छन् ।
रिटरको निधनको पुष्टि उनका एजेन्टले गरेका हुन् । एजेन्टले रिटरको निधन उनका घर परिवारको अगाडि भएको बताएका छन् ।
रिटरले आफ्नो करियरको दौरानमा कयौँ सुपरहिट फिल्ममा काम गरेका छन् । ह्यारी पोटरमा उनले निर्बाह गरेको भूमिकालाई दर्शकले मनपराएका थिए ।