4
Share
काठमाडौं । अभिनेत्री कटरीना क्याफलाई कोरोना संक्रमण भएको छ । भारतीय मिडियाका अनुसार अक्षय कुमार, विक्की कौशल र भूमि पेडनेकरपछि कटरीना कोरोना संक्रमणको चपेटामा परेकी हुन् ।
कटरीनाले मंगलबार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् । ‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । आफूलाई आइसोलेट गरेकी छु र घरमै क्वारेन्टाइनमा छु । डाक्टरको सल्लाह अनुसार प्रोटोकल पालना गरिरहेकी छु । मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु ।’ उनले लेखेकी छन् ।
अक्षय र कटरीना रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’मा सँगै देखिँदैछन् । फिल्म अप्रिल ३० मा थिएटरमा आउने तयारीमा थियो ।