3
Share
एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोस फेरि विश्वका धनाढ्यहरूको सूचीको पहिलो नम्बरमा परेका छन् ।
फोर्ब्स पत्रिकाले २ हजार २ सय ५५ जना अर्बपतिमा गरेको सर्वेक्षणमार्फत प्रकाशन गरेको उक्त सूचीमा बेजोस पहिलो नम्बरमा परेका हुन् । उनको सम्पत्ति १ सय ७७ अर्ब डलर रहेको छ ।
त्यस्तै दोश्रो स्थानमा टेस्लाका मालिक एलन मस्कको सम्पत्ति १ सय ५१ अर्ब डलर पुगेको छ । केही महिनाअघि एलन मस्क जेफ बेजोसलाई पछि पार्दै विश्वकै धनी व्यक्तिको सूचीको पहिलो स्थानमा पुगेका थिए ।
यो बर्षको सर्बेक्षणमा बिश्वका धनी ब्यक्तिहरुको सुचीमा ४ सय ९३ जना अर्बपति थपिएका छन् ।
तीमध्ये २ सय ५ जना चिनियाँ नागरिक रहेका छन् । अमेरिकीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति घटेपछि ट्रम्प अघिल्लो वर्षभन्दा तीन सय स्थान तल झरेका छन् ।