वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

करोना संक्रमणको तेश्रो लहरको चपेटामा क्यानडा : प्रधानमन्त्री ट्रुटो

करोना संक्रमणको तेश्रो लहरको चपेटामा क्यानडा : प्रधानमन्त्री ट्रुटो

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देश कोरोना महामारीको गम्भिर तेश्रो लहरको समना गरिरहेको बताएका छन् ।

मंगलबार ओटावा राज्यमा एक पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ट्रुडोले अस्पताल भर्ना हुनेको संख्या बढ्दो रहेको र कोरोना संक्रमणको नयाँ स्वरुप बढिरहेको चेतावनी दिएका छन् ।

‘घाम अझ चम्किलो हुँदै गएको र वातावरण अझ तातिरहेको भए पनि कोभिड–१९ संक्रमणमा कमी आएको छैन,’ ट्रुडोले भने, ‘ विश्वका धेरै देशहरु कोरोनाको तेश्रो लहरको सामना गरिरहेका छन् र यतिबेला क्यानडा पनि सोही चपेटामा परेको छ ।’

उत्तर अमेरिकी देश क्यानडामा हालसम्म १० लाख जना कोभिड–१९बाट संक्रमित बनिसकेका छन् र करिब २३ हजारको मृत्यु भइसकेको छ । पछिल्लो समय क्यानडाको प्रमुख राज्यहरु ओन्टारियो, क्युबेक र ब्रिटिश कोलम्बियामा संक्रमित बढ्दो रहेका छन् ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु