
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एक ढिक्का रहेको बताएका छन् । नेताहरुले पार्टीमा विवाद र संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई इगीत गर्दे सभापति देउवाले पार्टीमा विवाद नहरेको बरु एक ढिक्का भएको बताए ।
कांग्रेसका नेता कार्यकर्ताले आफैले आफैलाई कमजोर नसम्झन सुझाए । स्वर्गीय नवीन्द्रराज जोशीको १३ औँ दिनको पुण्य तिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौ ।’
आफूहरुले धेरै पटक हारेको, धेरै पटक जितेको भन्दै आफैले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले कांग्रेस संकटमा नभएको उनले बताए ।
स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको पनि बताए । उनले जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको बताए ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय जोशीले सुरु गरेका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।