1
Share
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक युवक पक्राउ परेका छन् ।
मंगलबार राति विमानस्थलस्थित भन्सारबाट धनुषाका ३४ वर्षीय प्रकाश महरा पक्राउ परेका हुन् । फ्लाई दुबईको उडानबाट विमानस्थलमा उत्रिएका महरालाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।
उनको साथबाट स्रोत नखुलेको करिब ८८४.४५० ग्राम पहेँलो धातु र करिब ४९.५५ ग्रामको एक थान बाला बरामद गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रशासनले जनाएको छ ।