
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम प्रदान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा बैंकको पालुङ शाखाबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तर्गतको योजनामा सहभागी दुई जनाको बीमा वापतको हकदावी रकम ६,०७,५०० हस्तान्तरण गरेको हो । एक कार्यक्रमबीच बैकले हकदावी रकम विमितका परिवारलाई प्रदान गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक श्री जोनश शर्माद्धारा मृतकको निवासमा गई सो रकम हस्तान्तरण गरेका हुन् । थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक क्रमशः रु. ५,२५,०००। हकवाला श्री कल्पना घर्ती र रु. ८२,५००। हकवाला श्री रविन बलामीलाई हस्तान्तरण गरिएको हो ।
सो अवसरमा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेकी थिइन् । त्यस्तै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुको उत्तर दिएका थिए । सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याए मात्र गाँउको विकास हुने उनले बताएका थिए । सो अवसरमा स्थानिय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।