वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

नाई व्यवसायिक विकास अभियानमा प्राइम कमर्सियल बैंक

नाई व्यवसायिक विकास अभियानमा प्राइम कमर्सियल बैंक

काठमाडौं । जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेशाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेशा रहेका नेपालका नाईहरुको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधारका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । नाईहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनसंग समझादारी पत्रमा हस्ताक्षर गर्दै नाईहरुको पेशालाई व्यबसायीकरण र प्राेत्साहका लागि भूमिका खेल्ने भएको हो । बैंकले उक्त छाता संगठनका सम्पुर्ण बैंकिङ सेवा सुविधा एकै ढोकाबाट उपलव्ध गराउने भएको छ । भने सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना वीमा लगायतका सुविधाहरु पनि प्रदान गर्ने भएको छ ।

बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरुको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ । व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई बैंकले पहिलो वर्ष निःशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ । सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्ष भित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख बराबरको दुर्घटना वीमा र २५ हजार बराबरको अस्पताल भर्ना वीमा उपलब्ध गराउनेछ ।

डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यु.आर. कोडको व्यवस्था गर्नेछ र यस मार्फत कारोबार गरे वापत यो सम्झौता मितिले पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रति कारोवार रु. ५ थप गरिदिनेछ । यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रति ऋणी रु. ५० हजारदेखि २ लाखसम्म सरल प्रक्रियाबाट सामुहिक लगानी गर्नेछ । साथै, आवश्यक्ताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ । ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्नेछ ।

त्यस्तै चालु आ.व. २०७७÷०७८ को अन्तिम चौमासिकभित्र व्यक्तिगत, व्यवसायिक तथा युनियनको संस्थागत गरी कम्तीमा २००० सदस्यको खाता खोल्ने, देशभरका ५००० सदस्यहरुमा बैंकिङ तथा वीमा साक्षरता पु¥याउने र कम्तीमा ३०० जना व्यवसायीलाई कोरोना प्रभावित व्यवसाय पुनःउत्थान सहुलियत कर्जा प्रवाह गर्ने दीर्घकालिन लक्ष्य राखेको छ ।

नाई व्यवसायिक विकास अभियान नामाकरण गरिएको उक्त समझदारीअनुसार युनियनले नाई व्यवसायलाई कानुनी रुपमा सुरक्षित, व्यवसायिक रुपमा व्यवस्थित र मर्यादित बनाउँदै आफ्ना सदस्य र समुदायको बृहत्तर विकासकालागि नाई सहकारी, नाई उद्योग, नाई तालीम केन्द्र, नाई कल्याण कोषलगायतका सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु