4
Share
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मुलुकमा व्याप्त भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्नका लागि राप्रपा नेपाल अघि बढ्नुपर्ने बताए । हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको नेतृत्व कम्युनिष्टको हातमा पुगेर जनतालाई केही उपलब्धी नभएको भन्दै उल्टै भ्रष्टाचार मौलाएको टिप्पणी गरे ।
उनले जनताको मन जितेर राप्रपा अघि बढ्नुपर्ने भन्दै राष्ट्रियता, प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न राप्रपा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले अबको विकल्प राप्रपा नै भएको दावी गरे । संघीयताले मुकुकको हित नगर्ने भन्दै उनले ताजा जनादेशमार्फत अघि बड्नुपर्ने बताए ।