वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

काेराेना बढ्याे, स्वास्थ्य मन्त्रालयकाे नयाँ निर्देशन (सूचनासहित)

काेराेना बढ्याे, स्वास्थ्य मन्त्रालयकाे नयाँ निर्देशन (सूचनासहित)

काठमाडौं । छिमेकी मुलुकमा भारतलगायत विश्वका केही मुलुकहरुमा समेत बढेको कोरोना भाइरस ‘कोभिड–१९’ महामारीले नेपालमा समेत त्यसको असर देखा पर्न थालेको छ । नेपाल पछिल्लो समय कोरोना भाइरसको संक्रमितहरु दिन प्रतिदिन बढ्न थालेका छन् । त्यसैले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज १० बुंदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको निर्देशन अनुसार रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत ९ बजेपछि बन्द गर्नुपर्नेछ । घर बाहिर निस्किंदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्नुपर्नेछ । ठूला सहरमा ५ सय र साना सहरहरूमा एक सय भन्दा बढी सक्रिय सङ्क्रमित देखा परे आवगमनमा कडाइ गर्न त्यहाँको प्रशासनलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै धेरै भिडभाड हुने ठाउँहरु शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मन्दिर लगायतका भीडभाड हुने धार्मिक क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । कन्ट्रयाक ट्रेसिङ बढाउन तथा केस इन्भेस्टिगेसनका लागि एन्टीजेन्ट तथा आवश्यक्ता अनुसार पीसीआर परीक्षण बढाउनका लागि स्वास्थ्य तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ।

यस्ताे छ सूचना 

 

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु