वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

वर्ष २०७८ : राक्षस नामक संवत्सरमा वर्ष प्रारम्भ

वर्ष २०७८ : राक्षस नामक संवत्सरमा वर्ष प्रारम्भ

यस वर्ष षष्ठी संवत्सरमध्ये बार्हस्पत्यमानले प्रमादी नामको संवत्सर गएर आनन्द नामको संवत्सरको प्रवेश हुनुपर्नेमा ‘आनन्द’ नामक संवत्सर क्षण (लोपभएर) भएकोले ‘राक्षस’ नामक संवत्सर २०७८ सालको अन्त्यसम्म रहनेगरी नयाँ वर्ष प्रारम्भएको छ ।

ज्योतिषीय आधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिबाट नयाँ संवत्सरको प्रारम्भ हुने शास्त्रीय नियम रहेको छ । तिथि चान्द्र पद्धतिमा निर्धारण हुनेभएकाले चैत संक्रन्तिदेखि १ वैशाखभित्र कुनै पनि दिनमा संवत्सर प्रारम्भ हुने तिथि पर्छ । ‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्याेदये सति’ । यस श्लोकका आधारमा पनि ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन भन्ने पनि पुष्टि हुन्छ ।

आर्यावर्तका चक्रवचर्ती सम्राट विक्रमादित्यले शाकलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा १ वैशाखबाट उनैको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको मानिन्छ । नयाँ वर्ष ०७८ सालमा निम्न विशेषताहरु समावेश हुँदै नयाँ वर्षका रुपमा आउँदै छ ।

‘राक्षस’ नामक संवत्सरबाट नयाँ वर्ष प्रारम्भ हुँदैछ । नामैले पनि उक्त संवत्सरलाई नकारात्मक अर्थका रुपमा आम बुझाइ छ । वर्ष ०७८ सालमा तीन दसैंको संयोग जुरेकाले तीनवटा दसैं एउटै वर्ष मनाउन पाइँनेछ । तेस्तै आनन्द नामको संवत्सर पनि लोप भएर राक्षस नामको संवत्सर प्रारम्भ हँुदा राजा र मन्त्री दुवै पद एउटै ग्रह मंगलले प्राप्त गरेको छ ।

नेपालमा नयाँ वर्ष मनाउने परम्परा पनि फरकफरक छ । नयाँ वर्ष मनाउने प्रचलन कात्तिक महिनामा पर्ने गोवर्धन पूजाका दिनदेखि नेवारी समुदायको नयाँ वर्ष प्रारम्भ हुन्छ भने पुसको मध्य समयमा अंज्रेजी नयाँ वर्ष प्रारम्भ हुन्छ । गुरङ समुदायले १५ पुसलाई नयाँ वर्ष मान्छन् भने थारू समुदायमा १ माघलाई नयाँ वर्ष मनाउने परम्परा छ । तामाङ समुदायले माघशुक्ल प्रतिपदा र शेर्पाले फागुन शुक्ल प्रतिपदामा नयाँ वर्ष मनाउँछन् । समग्रमा सूर्यले बाह्र राशिको भ्रमण पुरा गरेर पुनः मेष राशिमा आउने दिन अर्थात् १ वैशाखलाई नयाँ वर्ष मनाउने परम्परा सदीयौंदेखि चलिआएको छ ।

यस वर्ष नेपाली समयअनुसार हिन्दू नयाँ वर्ष लग्न कुण्डली वृष लग्नमा उदय हुँदैछ । छिमेकी देश भारत स्वतन्त्र हुँदा पनि ज्योतिषीको आग्रहमा वृष लग्नमा नै भारत स्वतन्त्रताको घोषणा भएको थियो । त्येसैले उक्त लग्नको विश्वभर चर्चा छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि भारतको संविधानमा आँच आउन सकेको छैन । यस वर्षको नयाँ साल ०७८ को सुरुवाती दिनदेखि नै राहु तथा मंगले बृष राशि र केतुले बृश्चिक राशिमा गोचर गरिरहने छन् । बृष राशिमा राहुसँग बसेका मंगल दुवै पाप तथा क्रुर ग्रह भएकाले देशमा निक्कै उथलपुथल ल्याउने अनुमान छ । नयाँ वर्षमा जुन लग्नको उदय भएको छ त्यसलाई नै आधार मानेर वार्षिक भविष्य फल हेर्ने गरिन्छ । राक्षस नामको संवत्सर र राजा र मन्त्री दुवैको पद मंगल ग्रह एक्लैले लिएकाले र आनन्द नामक संवत्सर टुटेकाले पनि अन्य वर्षभन्दा यसवर्ष विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।

यो वर्ष जनताका लागि राम्रो छैन

भविष्य फल भास्कर तथा वर्ष प्रबोध जस्ता ग्रन्थहरूका आधारमा मंगल ग्रह राजा तथा मन्त्री दुवैको भूमिकामा रहेको वर्ष सरकारले जनताका लागि भन्दै कठोर कदम चाल्नसक्ने योग रहेको छ । घरायसी सरसामान तथा खाद्यान्नको भाउ आकाशिने छ । अग्नी काण्डका घटनामा वृद्धि हुने छ भने वर्षामा एकरुपता नहुनाले अन्नपातमा कमि आउने छ । पित्त सम्बन्धि रोगले सताउनुका साथै राजा र मन्त्री दुवै मंगलग्रह भएकाले सुरक्षाकर्मीका उच्चस्तरका व्यक्तिले विशेष सावधानी अपनाउनु पर्नेछ । सवारीसाधन तथा वायुयान दुर्घटनाको घटनामा वृद्धि हुने अनुमान छ ।

वर्षभरि नै सीमा सुरक्षामा कडाइँ हुने

मन्त्री मंगलग्रह भएकाले विशेषगरी शास्त्रमा मंगलग्रह सेनाधिपति ग्रह भएकाले पनि देशको सिमानामा विशेष निगरानी बढ्नेछ । जसका कारणले देशका नागरिकले दुःख, कष्ट भोग्नु पर्ने छ । आगलागीका घटनाक्रम अत्याधिक रुपमा बढ्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने छ । तेल तथा खाद्यान्नमा मूल्यवृद्धि हुँदा जनता आक्रान्त बन्नेछन् । सोचेअनुसार विकासका कामले गतिलिन नसक्दा निर्माण कम्पनीहरुले आर्थिक रुपमा निक्कै घाटाको सामना गर्नुपर्ने छ । सुन तथा चाँदीमा मानिसको ध्यानाकर्षण नहुँदा मूल्य भने वर्षभरि नै घटिरहने छ । सेयर बजारको कारोबार वर्षभर उच्च विन्दूमा पुग्ने छ ।

जगल्लग्न कुण्डली विचारगर्दा !

यस वर्षको जगल्लग्नकुण्डलीलाई विचार गर्दा लग्नेश बृहस्पति द्वादश स्थानमा शनिको घरमा बसेको छ । तेस्तै शनि एकादश स्थानमा बसेर लग्नमा देखेको छ । यस वर्ष बौद्धिक व्यक्तिको प्रभावभन्दा प्राविधिक मानिसको प्रभाव यस वर्ष बढी पर्नेछ । राज्यका जिम्मेवार व्यक्तित्वहरु पनि यसबाट अछूतो रहने छैन । सबैले अपनत्व भाबले देश र जनतामा समर्पित भई काम कर्तव्य गर्दा नै राष्ट र राष्ट्रियताले सम्मान पाउने छ ।
(लेखक रिजाल ज्योतिष तथा वास्तुविद् हुन् ।)

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

चितवनमा आजदेखि निषेधाज्ञा थप कडाई (फोटोफिचर)