वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

हुन सेन पथमा ओलीको यात्रा रोक्ने कि सती जाने

हुन सेन पथमा ओलीको यात्रा रोक्ने कि सती जाने

सन् १९८५ पछि कम्बोडियाका प्रधानमन्त्रीको रुपमा रहि आएका मानिस हुन् हुन सेन । समकालिन विश्वमा सबैभन्दा धेरै लामो समय प्रधानमन्त्रीको रुपमा रहने नेताको रुपमा हुन सेनलाइ लिइन्छ । कुनै ब्यक्ति लामो समय प्रधानमन्त्री हुनुलाई मात्र प्रवृत्तिका रुपमा लिन सकिदैन । त्यसकारण हुन सेन पथ भनेको के हो ? त्यसको बारेमा केही चर्चा गरौँ

हुन सेनको राजनैतिक यात्रा सन् १९७२ मा कम्बोडियामा पोल पोटको नेतृत्वमा चलेको खमेरुज आन्दोलनको छापामार कार्यकर्ताको रुपमा भर्ति भएदेखि शुरु भएको हो । सन् १९७५ मा शुरु भएको पोल पोटको शासन त्यसको ४ बर्ष पछि ढल्यो । कम्युनिस्ट जनमतको अपहरण गर्न कम्युनिस्ट पार्टी नै आवश्यक हुन्थ्यो । हुन सेन कम्बोडियन पिपुल्स पार्टीका नेताका रुपमा क्रियाशिल रहे । जुन पार्टी सन् १९९१ सम्म आफूलाई माक्र्सबादी लेनिनबादी भन्थ्यो । तर, अहिले त्यो पार्टी बामपन्थी समेत छैन ।

सन् १९८५ मा पहिलो पटक प्रधानमन्त्रीको रुपमा हुन सेन निर्वाचित भए । सन १९९३ मा ‘हङ पारल्यामेन्ट’ बन्यो । निर्वाचनको परिणामलाई हुन सेनले अस्वीकार गरे । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्तामा एकैपटक दुई प्रधानमन्त्री रहने गरि सहमति भयो । त्यहाँका राजकुमार नरोद्दम रनरिद्द पहिलो बरियताका प्रधानमन्त्री र हुन सेन दोस्रो बरियताको प्रधानमन्त्री रहने गरि सहमति भयो । हुन सेनले प्रथम प्रधानमन्त्री बिदेश भ्रमणमा गएका बेला ‘कू’ गरेर सम्पूर्ण सत्ता आफ्नो हातमा लिए ।

सेना ,प्रहरी, न्यायालय लगायतका राज्यका अंगहरुमा आफ्नो अनुकुलको सेटिङ मिलाउने,नियन्त्रित चुनाव गराउने र आसेपासे पोस्ने अर्थनीति नै हुन सेनपथको प्रमुख बिशेषता रहि आएको छ । आलोचकरहित पार्टी, प्रतिपक्षरहित देश र अकन्टक पद नै यो प्रवृत्तिको बिशेषता रहि आएको छ ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा निर्वाचित भए पछि के.पी शर्मा ओलीको जोड नेपाली हुन सेन बन्नेमा नै रहेको देखिन्छ । सम्बृद्धि र विकासको नारामा कम्बोडियाको शासनमा सत्तामा पुगेका हुन सेनको यो लामो कार्यकालमा के प्राप्त भयो जगजाहेरै छ । ३६ वर्षिय लामो शासनकालमा हुन सेनले कम्बोडियाको कुल ग्राहस्थ उत्पादन करिब २६ विलियन अमेरिकी डलर मात्रै पु¥याएका छन् । जबकि राजनीतिक अस्थिरताको विचपनि नेपालको कुल ग्राहस्थ उत्पादन ३६ विलियन अमेरिकी डलरको वरिपरि पुगेको छ ।

नेपालमा पनि सम्बृद्धि र बिकासको नारामा प्रधानमन्त्री बनेका ओलीको तीन वर्षे कार्यकालमा अधिकांस आर्थिक परिसूचकहरु निरन्तर नकारात्मक हुँदै गइरहेका छन् । शुसासन भन्ने शब्दकै चीरहरण भएको छ । आलोचक बिनाको पार्टी बनाउन उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिभाजन गरे ।

अहिले नेकपा एमाले बिभाजन गर्न लागि परेका छन् । आलोचक विनाको पार्टी निर्माण पछि ओलीको अर्को ‘मिसन’ प्रतिपक्षरहित देश बनाउने रहेको देखिन्छ । जसका लागि देशमा नियन्त्रित चुनाव गराउन चाहन्छन् । नियन्त्रित निर्वाचनको बैधताको लागि एउटा भरपर्दो बैदेशिक शक्तिको सहयोग चाहिन्छ । त्यसका निम्ति आलीले इन्डो अमेरिकन शक्तिको चाकडि गरिरहेको देखिन्छ । ‘एमसीसी’ का बारेमा हालै ओलीका अभिब्यक्ति त्यसकै परिणाम हुन भन्दा अन्यथा हुदैन ।

इन्डो अमेरिकन शक्तिका लागि नेपालमा एउटा भरपर्दो दलाल शक्तिको आवश्यक रहेको देखिन्छ । त्यस प्रकारको शक्तिकोलागि उनीहरुले आलीलाई नै अगाडि सारेको देखिन्छ । ओलीको पथ भनेको हुन सेन कै पथ हो । जो बिकास र सम्बृद्धि नारामा जन्मन्छ र आसेपासेहरुलाई पोस्दै देशको विकासको गतिलाई रोक्दछ । यो प्रवृत्तिले लोकतन्त्रको आत्मालाइ पनि मार्दछ र नियन्त्रित कथित लोकतन्त्रको बाटोमा लैजान्छ । नियन्त्रित लोकतन्त्र र क्रोनी क्याटिलिजम कम्युनिस्ट आन्दोलनको हिसाबले मात्र होइन सबै हिसाबले मुलुकलाई बर्वादीको दिशामा लैजाने ‘कू’ बाटो हो । ओलीले अहिले मुलुकलाई हिडाई रहेको बाटो भनेको कम्बोडियाकै नियन्त्रित लोकतन्त्रको बाटो हो । जुन बाटोबाट मुलुकको लोकतन्त्र धरापमा पर्ने निश्चित छ । आलीले अहिले हिडाई रहेको आर्थिक बाटो भनेको आसेपासे पोस्ने दलाल नोकरशाही पूँजीबादकै बाटो हो । यो बाटो बाट न कुनै सम्बृद्धि हासिल हुन्छ न कुनै समाजबाद ।

इतिहासको एउटा दुखान्त अध्यायको पुनरावृत्ति नचाहनेहरुले गम्भीर भएर सोच्ने बेला आएको छ । नेपालको राष्ट्रियता ,अर्थतन्त्र र लोकतन्त्रको रक्षा चाहाने हो भने ओली प्रवृत्तिको विनास बाहेक अर्को बिकल्प देखिदैँन । ओली प्रवृत्तिको बिनास स्वयं ओलीकै लागि पनि सुखद हुनेछ । ओली प्रवृत्तिलाइ पराजित गर्न ओलीको सरकारबाट बहिरगमन पहिलो शर्त हो ।

नेपाली कांग्रेस, माओबादी केन्द्र र जसपा लगायतका राजनीतिक शक्तिले मुलकलाई हुन सेन पथमा लाने ओलीको आकांक्षालाई रोक्ने कि रमिते हुने भन्ने प्रश्नको जवाफ दिनपर्नेछ । किन कि, इतिहासले हुन सेन पथमा लानेलाई मात्रै होइन रोक्न सक्ने शक्तिहरुलाईसमेत प्रश्न गर्नेछ ।

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी