वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

सर्वाधिक लोकप्रिय एप टिकटकमाथि करोडौँ बालबालिकाको डाटा प्रयोग गरेको आरोप

सर्वाधिक लोकप्रिय एप टिकटकमाथि करोडौँ बालबालिकाको डाटा प्रयोग गरेको आरोप

एजेन्सी । विश्वको सर्वाधिक लोकप्रिय एप टिकटकमाथि बेलायत र इयु देशहरुका करोडौँ बालबालिकाको डाटा संकलन गरी प्रयोग गरेको आरोप लागेको छ ।

इङ्ग्ल्याण्डका लागि बालबालिका पूर्व आयुक्त एने लङफिल्डले उक्त बालबालिकाको तर्फबाट टिकटक विरुद्ध मुद्दा दायर गरेको बिबीसीले जनाएको छ ।

यदि यस मुद्दाको फैसला बालबालिकाको पक्षमा आएमा टिकटकले प्रभावित बालबालिकालाई हजारौँ पाउण्ड तिर्नुपर्ने हुन्छ । यद्यपि, टिकटकले भने यो आरोप बिना प्रमाण लगाइएको र यसको सामना गर्ने बताएको छ ।

अब वकिलहरुले टिकटकले बिना चेतावनी वा पारदर्शी वा कुनै कानुनी आधार बिना नै बालबालिकाको फोन नम्बर, भिडियो, स्थान र बायोमेट्रिक डाटा व्यक्तिगत सुचना लिने आरोप लगाउन सक्नेछन् ।

यसको प्रतिक्रियामा टिकटकले भनेको छ, ‘हाम्रो लागि गोपनीयता र सुरक्षा उच्च प्राथमिकता हुन् र हामीसाग सबै प्रयोगकर्ता, विशेष रुपले किशोर–किशोरी प्रयोगकर्ताको सुरक्षाका लागि बलियो नीतिहरु, प्रक्रियाहरु र प्रविधिहरु छन् । हामीलाई लाग्छ, यी दावीहरुमा प्रमाण छैनन् ।’

विश्वभर टिकटकका ८० करोडभन्दा बढी प्रयोगकर्ता छन् । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यस एप सर्वाधिक लोकप्रिय भएका बाबजुत प्रयोगकर्ताको सुरक्षालाई लिएर प्रश्न उठ्ने गरेको छ ।

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राखिने

विधान विपरित राजेन्द्र महतोलाई दलको नेता मान्दैनौं– जसपा (बाबुराम–उपेन्द्र पक्ष)

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा !

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै