वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

नासाले मंगल ग्रहमा बनायो अक्सिजन !

नासाले मंगल ग्रहमा बनायो अक्सिजन !

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग गरेको जनाएको छ ।

यसै साता मंगल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट ‘मोक्सी’ नामक यन्त्रले एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन सफलता हासिल भएको हो ।

नासाले सो प्रयोग भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानव सहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको छ।

नासाले बिहीवार मात्रै मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण गरेको छ ।

‘इन्जुन्यूटी हेलिकप्टरू दोस्रो पटक उड्दा पाँच मिटर माथि उठेको, दुई मिटर हावामा सीधा अघि बढेको त्यसपछि पुरानै स्थानमा फर्केर अवतरण गरेको थियो ।

नासाले हेलिकप्टरको प्रत्येक उडानलाई लामो, टाढा र छिटो बनाउने गरी परीक्षण गरिरहेको छ । – बिबीसी

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी