वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

लकडाउन र निषेधाज्ञा आतंकमा जनता

लकडाउन र निषेधाज्ञा आतंकमा जनता

नेपालमा कोरोना भाइरस ‘कोभिड–१९’को नयाँ भेरियन्टले आतंक मच्चाइरहेको छ । झण्डै एक वर्ष लकडाउन र निषेधाज्ञाको मार खेपेका नेपालीहरुले पुनः लकडाउन र निषेधाज्ञा भोग्नु पर्ने भएको छ ।

सरकारले लगाउने लकडाउन र निषेधाज्ञाले कारोना नहट्ने सर्वसाधारणको टिप्पणी छ । उसोतः मन्त्रीहरु प्नि लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा दोस्रो मत राख्दै आएका छन् । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र गृह मन्त्रालयका प्रतिनिधीबीच छलफल गरी बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने जनाइएको छ । मन्त्री परिषदद्बारा निर्णय आउन मात्रै बाँकी हो ।

पछिल्लो समय सरकारले नै खाना पकाउने एलपी ग्यासको जोहो गर्न भनेपछि मानिसहरुले घरमा २÷४ वटा वा त्यो भन्दा बढी ग्यास सिलिण्डर भरेर राख्न थालिसकेका छन् । तीन/चार को अवधिमा बजारमा खान पकाउने ग्यासको अभाव हुन थालेको छ । आज की भोलि लकडाउन भन्ने चपेटामा परेका सर्वसाधारणहरुले ‘शहरमा बस्ने सर्वसाधारणहरुले दाल, चामल, नुन र ग्यासनको जोहो गर्न पाए, लकडाउन टर्थ्याे’ भन्ने आशामा दौड धुपमा लागेका छन् ।

विहान साँझको रोजीरोटीका लागि दिनभरी श्रम गर्नेहरु कोरोनाको आतंक भन्दा पनि सरकारले लकडाउन र निषेधाज्ञा कहिले जारी गर्छ भन्ने कुरामा बढी चिन्तित बनेका छन् ।

गत वर्ष दुई जनामा कोरोना देखिनासाथ कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि भन्दै सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । उक्त लकडाउन, निषेधाज्ञा, सटडाउन हुँदै करिब आठ महिनासम्म पुग्यो । त्यसपछि सरकारले आफ्नो सुरक्षा आफै गर भन्दै सम्पूर्ण नियमहरुबाट हात झिकेको थियो । त्यतिबेलासम्म कोरोना संक्रमितहरु निकै बढेका थिए ।

यो वर्ष नयाँ भेरियन्टको कोरोनाले भारतमा तहल्का मच्चायो । नेपाल भारत खुला सीमानाका कारण उक्त कोभिड नेपाल भित्रिनु ठूलो कुरा थिए । तर नेपाल सरकारले सीमा क्षेत्रमा सुरक्षाका लागि खासै चासो देखाएन । अहिले दिन दिनै उक्त नयाँ भेरियन्टको कोरोना बढ्दो छ । आइतबारसम्मको तथ्यांक हेर्ने हो भने नेपालमा २४ घण्टामा ३१ सय २२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा जानकारी दिएका छन् । हालसम्म १९ हजार ३८२ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४९८ जनामा कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, बाँके, कास्की, रूपन्देही र सुर्खेतमा सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यता सरकारले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सोही अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न छलफल अझै जारी छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । अब मन्त्रीपरिषद्बारा सदर हुन मात्रै बाँकी छ । यसले जनतामा निकै पीडा थपेको छ । सर्वसाधारणका लागि भने यतिबेला निकै ठूलो चुनौती खडा भएको छ । आफ्नो र परिवारका लागि गाँस बास जुटाउनु कि कोरोनासँग लड्नु भन्ने समस्याको पहाड नै अगाडि ठडिएको छ ।
त्यस्तै व्यापार व्यवसाय गरी गुजारा गरेकाहरुलाई झन् आपत । गत वर्ष ८ आठ महिना बन्दा बन्दीको मार खेपेको व्यापार व्यवसायीहरुले पसलको भाडा तिर्न नसकेर कति विस्थापित नै बनेका थिए । कोरोना कहर न्युनिकरण बन्दै गएपछि विस्तारै पुनः व्यापारको जग बनाएकाहरु पुन विस्थापित हुने अवस्थामा पुग्नेछन् ।

कोरानाको नयाँ भेरियन्ट नेपाल भित्रिएपछि सरकारले कोरोना संक्रमण न्यूनिकरणका लागि भन्दै रात्रीकालिन व्यापार व्यवसायहरु बन्द ग¥यो । कपडा र किराना र तरकारी पसल समेत साँझ ८ बजेपछि बन्द गर्न चौतर्फी प्रहरी परिचालन गरिरहेको छ । ‘हजुर ९ बजे पक्कै बन्द गर्छु, एक मिनेट पनि ढिला गर्दिन्’ भन्दै हात जोड्दै थे ठमेल सात घुम्तीमा कपडा संचालन गरेका एक व्यापारी । प्रहरी जवान ‘खुरुक्कन बन्द गर्ने कि म आउँ ?’ सडकको वल्लो किनाराबाट कराउँदै थे प्रहरी। ‘हस् हस्’ कोही पर्यटक ‘खैरे’ जस्तै एक जना ग्राहकलाई ‘You may go out please’ बाहिर निस्कन आग्रह गर्दै मलिन अनुहारमा ती व्यापारीले घ्यार्र सटर ताने ।

अचम्म लागेको कुरा बैशाख ११ गते मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरको उद्घाटन गर्न जम्बो टोली लिएर पुगे । बैशाख ६ गते सोमबार एमालेको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बालुवाटारमा डाकियो । जहाँ सयौंको संख्यामा मन्त्रीहरु उपस्थित भए ।

त्यस्तै घटना भयो काठमाडौंको तारकेश्वर नगरपालिका ६ स्थित जरंखुमा संचालित दुई वटा रेष्टुरेन्ट/क्याफेमा पनि । ती नयाँ क्याफे करिब ४ महिनाजति भयो होला खुलेका पनि । एउटा त झन् मैले देखेकै एक डेढ महिना भन्दा बढी भएको छैन । सडक छेउमै रहेका ती क्याफे टाढाबाटै देखिन्छन् । साँझ ९ बजेतिर म कार्यालयबाट काम सकेर घर फर्किँदा त्यही बाटो हुँदै घर जान्छु, टाढाबाटै झिलिमिली देखिन्छ, नजिक पुग्छु, एक तला माथि छ, साना बालबालिकादेखि बुढाबुढीसम्म त्यहाँ हुन्छन् । नाचगान पनि गर्छन् क्यार गीत बाहिरसम्म घन्किन्छ । त्यहाँ गाइएको गति म गुन्गुनाउँदै एक टुक्का भन्दा घर पुग्ने गर्छु । दुई दिन अघि ती दुवै क्याफेका म्यानेजरहरुलाई बालाजु प्रहरीले लिएर गएछ । साँझ सुनसान थियो, भोलिपल्ट वरिपरि चर्चा चल्यो, सरकारको नियमको उल्लंघन गरेको हुनाले बालाजुबाट आएको प्रहरीले ती दुवैका म्यानेजरहरुलाई लिएर गएछ । अहिले पनि साँझ भएपछि प्रहरीले ठूलो साइरनमा गाडी हुइँकाउछन् । प्रहरीको त्यो साइरले न कुनै ग्राहक पसलमा जान सक्छन् न कुनै व्यापारी नै पसल खोलेर बस्न ।

अचम्म लागेको कुरा बैशाख ११ गते मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरको उद्घाटन गर्न जम्बो टोली लिएर पुगे । बैशाख ६ गते सोमबार एमालेको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बालुवाटारमा डाकियो । जहाँ सयौंको संख्यामा मन्त्रीहरु उपस्थित भए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकको तस्वीरले सामाजिक सञ्जालहरु निकै चर्चा पनि पायो । रमाइलो कुरा के छ भने प्रधानमन्त्री ओलीकै नेतृत्वमा सोमबार विहान बसेको मन्त्रिपरिषद्ले कोरोना महामारी बढ्दै गएकाले थप सुरक्षा सतर्कता अपनाउनुपर्ने निर्णय ग¥यो । त्यसका विभिन्न नियमहरु समेत सार्वजनिक गरियो । जसमध्ये २५ जनाभन्दा बढी कुनै सार्वजनिक स्थानमा भेला हुन नपाइने निर्णय पनि एक थियो । त्यसको तीन घण्टा पनि वित्न नपाउँदै प्रधानमन्त्रीले नै उक्त नियमको उल्लंघन गरे । बालुवाटारमा मन्त्रीहरु बोलाएर बैठक सुचारु गरे ।

यो मात्रै होइन, यस्तो अरु पनि उदाहरणहरु छन्, जसले मन्त्रिपरिषद्को निर्णयलाई उल्लंघन गरेका छन् । तर सर्वसाधारणलाई भने प्रहरीले धरपकट गरिरहेको छ । नियम लाद्नका लागि । हुन त यो भयावह स्थिती आउनु अगावै सरकारले त्यसतर्फ केही सतर्कता अपनाएको भए यो दिन आउन सक्ने थिएनन् कि भन्ने अड्कल गर्न सकिन्छ । किनकी कोरोनाको महामारीले ढाकिसकेको छ । अब आफै सतर्क हुनुको विकल्प छैन । तर नेपाली जनताको विहान–साँझको रोजी-रोटी जोहो गर्नुपर्ने पीडाले कोरोनाकाे आक्रमण सामान्य मान्नुपर्ने बाध्यता छ ।

अर्को बिडम्बना मान्नुपर्छ, नेपालका अधिकांश जिल्लाहरुमा अहिलेसम्म पनि कोरोनासम्बन्धि सतर्कता अपनाइएको छैन । यतिसम्म की क्वारेन्टाइन र आईसोलेनको व्यवस्था गरिएको छैन । केन्द्र सरकारले जारी गरेको सुरक्षा मापदण्डलाई लागू गर्ने निर्णय गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जिल्लास्तरमा नभई स्थानीय तहहरूले आ–आफ्नो हिसाबले आइसोलेसन बनाउने निर्देशन गरे पनि अहिलेसम्म बनेका छैनन् । यसको ज्वलन्त उदाहरण हो रोल्पा जिल्ला । त्यहाँ कुनै सुरक्षा मापदण्ड अपनाइएको छैन भारत तथा खाडी मुलुकहरुमा गएकाहरु फर्किएसँगै जोखिम बोकेर आउने भएपनि उनीहरुलाई बस्नका लागि होम आईसोलेसन भन्दा अरु विकल्प छैन । यतिसम्म कि बाहिरी जिल्लाबाट जानेहरुलाई पनि आवश्यक सुरक्षा मापदण्ड अपनाउन वा सामान्य ज्वरो पनि नापजाँच गरिँदैन । स्थानीय तहहरूले स्वाब संकलनका लागि कुनै तयारी गरेका छैनन् भने कोरोना सतर्कता शून्य रहेको यहाँ संक्रमण बढेपछि थेग्न गाह्रो हुनेछ । नेपालका अधिकांश जिल्लाहरुको अवस्था यही छ ।
आगामी असारसम्म दुई लाख संक्रमित हुन्छ भन्ने स्वास्थ्य मन्त्रालयले आशंका व्यक्त गरिसकेको छ । त्यसैले जहाँ रहनुहुन्छ सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् ।

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

चितवनमा आजदेखि निषेधाज्ञा थप कडाई (फोटोफिचर)