वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

पाल्पामा २६ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पामा २६ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पामा थप २६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले दिएको जानकारी अनुसार आज गरिएको ६७ जनाको पिसिआर परीक्षणमा तानसेन नगरभित्रका १५ सहित थप २६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक थपिएकामा रैनादेवी छहरा गाउँपालिकाका ३ जना, रिब्दीकेट,माथागढी रतिनाउ गाउँपालिकाका २/२ जना तथा पूर्वखोला र बगनासकाली गाउँपालिकाका १/१ जना रहेका छन् ।

पछिल्ला दिनहरुमा भारतबाट जिल्लामा भित्रिनेहरुको संख्यामा वृद्धि भएसंगै जिल्लामा दैनिक रुपमा संक्रमित बढेको स्वास्थ्य कार्यालय पाल्पले जनाएको छ । पाल्पामा हाल एक सय ६७ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये ९ जना अस्पतालको आइसोलेशन तथा अन्य संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building