वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

राष्ट्रिय वाणिज्य बैंकका सिइओसहित ५२ जनामा कोरोना संक्रमण

राष्ट्रिय वाणिज्य बैंकका सिइओसहित ५२ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस ‘कोभिड–१९’ ले नेपालमा पछिल्लो समय आतंक मच्चाइरहेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि कोरोनाको प्रभावमा पर्ने गरेका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि भोलिदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपनि बैंक तथा वित्तिय संस्थाहरुले भने सुरक्षा सावधानीको नियम पालना गरेर बैंक तथा वित्तीय संस्थाहरु सुचारु गर्ने बताउँदै आएका छन् । यस्तैमा पछिल्लो पटक राष्ट्रिय वाणिज्य बैंकका सिइओसहित ५२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैंकका सिइओ किरणकुमार श्रेष्ठ कोरोना संक्रमणपछि विगत एक हप्तादेखि होम आईसोलेसनमा छन् । पहिले अन्य शाखाहरुमा मात्रै कर्मचारीहरु संक्रमित देखिएपछि यो पटक भने बैंकको केन्द्रीय कार्यांलयका कर्मचारीहरु नै संक्रमित बनेका हुन् । पिसिआर परीक्षण गर्दा ५२ कर्मचारीमा संक्रमण देखिएको जसमध्य आधा भन्दा बढी कर्मचारी केन्द्रीय कार्यालयमा कार्यरत रहेका उनले बताए ।

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी