वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

बैंक चार घण्टामात्र खुल्ने

बैंक चार घण्टामात्र खुल्ने

दमौली । कोभिड–१९ को दोस्रो लहरको प्रकोप बढ्दै गएपछि तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टामात्रै खुल्ने भएका छन् । कोरोनाको जोखिम न्यूनीकरण गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग आज सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । व्यास नगरपालिका पनि कोभिडको उच्च जोखिममा रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड कडाइका साथ पालना गर्दै बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै बैंक तथा वित्तीय संस्था खुल्ला रहने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

कोभिड सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थामा अनावश्यक भीडभाड नगर्न साथै डिजिटल बैंकिङ प्रणालीको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई नगरपालिकाले आग्रह गरेको छ ।

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राखिने

विधान विपरित राजेन्द्र महतोलाई दलको नेता मान्दैनौं– जसपा (बाबुराम–उपेन्द्र पक्ष)

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा !

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै