वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

जलजलाको विकास, सम्भावना र चुनौती : एक अवधारणा

जलजलाको विकास, सम्भावना र चुनौती : एक अवधारणा

2१. बिषय प्रवेश :

प्राकृतिक सुन्दरताले भरिपूर्ण जलजला पहाड रोल्पा जिल्लाको थबाङ गाउँपालिकामा पर्दछ । संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल निर्माणमा निर्णायक भूमिका खेलेको दश वर्षे जनयुद्घको प्रतिकका रुपमा सुपरिचित जलजला प्रश्रवण क्षेत्र; साविकको थबाङ, मिरुल, धबाङ, जेलबाङ, र उवा गाविसको मध्य शिरबिन्दुमा पर्दछ । जलजला समुन्द्र सतहदेखि ३५७६ मिटरको उचाईमा रहेको छ । यो पहाड कोणधारी जङ्गल, बुकी तथा जैविक विविधताको सम्पदाले सजीएको छ । हालको राजनैतिक प्रशासनिक विभाजनमा जलजला पुर्वमा सुनछहरी गाउँपालिका, दक्षिणमा रोल्पा नगरपालिका, पश्चिममा परिवर्तन स्मृति गाउँपालिका र उत्तरमा पुर्वी रुकुमको भूमे गाउँपालिका पर्दछ । जलजला क्षेत्र जैविक विविधता र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण, मनोरम भू–दृश्य, भौगोलिक विविधताले सुसम्पन्न रहेको छ । पृथक र विशिष्ट ऐतिहासिक पहिचान बोकेको सामाजिक–सांस्कतिक, भाषिक तथा धार्मिक सम्पदालाई जिवित राख्दै आएको यो क्षेत्र, नेपालको सामाजिक, आर्थिक र राजनैतिक परिवर्तन गर्ने क्रान्तिको ऐतिहाँसिक केन्द्र हो भन्दा फरक पर्दैन । यसैले, जलजला क्षेत्र प्राकृतिक, धार्मिक, साँस्कृतिक र युद्घ पर्यटनको प्रचुर संभावना बोकेको नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।

१.१ जलजला क्षेत्रको ऐतिहाँसिकता :
रोल्पा जिल्ला सँगै जलजला पहाड तत्कालिन नेकपा (माओवादी)द्वारा संचालिन १० बर्षे सशस्त्र जनयुद्धको उद्गमको स्थल हो । नेपाली क्रान्तिको केन्द्र हो । तत्कालिन राज्यसत्ताको तर्पmबाट भिषण दमन खेपेको यस क्षेत्र तत्कालिन माओवादीको केन्द्रीय आधार इलाका पनि हो । आमुल परिवर्तनको लागि भएको सशस्त्र जनयुद्घको बेला ठूल्ठुला विभत्स र सामुहिक हत्याकाण्डहरु घटेको सबैभन्दा बढी प्रभावित रोल्पा जिल्ला नेपालकै सबैभन्दा बढी बीर सहिदहरुले बलिदान गरेको जिल्ला पनि हो । नेपाली जनयुद्घमा ८२५ जना बिर रोल्पालीहरुले ज्यानको आहुती दिएर बिरगति प्राप्त गरेका थिए । यसको अलावा, हजारौंको संख्यामा बेपत्ता, घाइते अपाङ्ग र घरवारविहिन भएका थिए । रोल्पा र जलजला पहाड प्रश्रवण क्षेत्र माओवादी जनयुद्ध र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहाससँग गाँसिएको छ ।

रैथाने आदिवासी मगरहरुको विश्व दृष्टिकोणमा जलजला पहाड मानिसहरुको उत्पत्ती भएको क्षेत्र हो । यो क्षेत्रमा पर्ने जलजलाको भामा पुप (ओडार)मा १२ भाई बराह र २२ बहिनी बराह–बजुहरुको जन्म भएको भन्ने रैथाने आदिवासीहरुको जनविश्वास रहेको पाइन्छ । अर्कोतर्फ, मानव सभ्यताको विकासका क्रममा कबिला वा गणतन्त्रात्मक व्यवस्था हुँदा कुमाउ गढवालदेखि सिक्किम भुटान सम्मका १२ वटा पुरुष राज्य प्रमुख र २२ वटा महिला राज्य प्रमुखहरु भेला भएर सङ्घ बनाएको क्षेत्र भनेर पनि विश्वास गरिन्छ । तिनै पुर्खाहरुलाई बराह भनिएको भन्ने तर्कहरु पनि पाइन्छ । यो क्षेत्रलाई मगर खाममा गोङ वा गामागोङ भनेर पनि भन्ने गर्दछन् ।

१.२. मनमोहक जलजला र प्राकृतिक विविधता :
जलजला जैविक, प्राकृतिक र भौगोलिक विविधताको सम्पदाले भरिपूर्ण, अत्यन्तै मनमोहक सुन्दर पहाड हो । यो पहाडबाट सिस्ने हिमाल, पुथा हिमाल, धौवलागिरी, माछापुछ्र्रे लगायतमा मनोरम हिमश्रीङखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ मौसम अनुसार प्राकृतिक रुपमा सयौं प्रजातिका फुलहरु बर्षभरी नै फुल्ने गर्दछन् । माघ देखि चैत्र, बैसाख सम्म लालीगुुँरास, कवैं, चेमला, गन्दवैं, हाङ्गवै, जिलावै लगायत प्रजातिका फुलहरु रुख, भिरपहरा र वनैभरि ढकमक्क फुल्ने गर्दछ । जेठ, असार देखी भदौ, असोज सम्म लेटपातवै, रथबिरथवै, बाक्राखुर्सानीवै, ढल्कनीवै, बिनजौरीवै लगायत विभिन्न प्रकारका बुकी फुलहरु समथल बुकी पाटनभरि रङ्गीबिरङ्गी फुलेको पाइन्छ ।

यस क्षेत्रमा लौठ सल्ला, धुपीसल्ला, सेतो गुराँस, भोजपत्र, चन्दन, चाँप, लगायत ४०० भन्दा वढी प्रजातिका बोट विरुवाहरुका साथै बहुमुल्य जडीबुटीहरु पाइने गर्दछ । यहाँ पदमचाल, समायो, चिराइतो, गुच्ची च्याउँ, सेतकचिनी, पाँचऔले, जटामसी, बिखमा लगाययतका महत्वपुर्ण जडीबुटीहरु पनि पाइन्छ । त्यसैगरी रेडपाण्डा, मृग, चितुवा, बदेँल, बाघ, भालु, बाँदर, कस्तुरी, चितुवा लगायतका २२ भन्दा बढी प्रजातिका स्तनधारी जनावरहरु पाइन्छन् । यहाँ डाँफे, मुनाल, कालिज, लाटोकोेसेरो, ढुकुर, न्याउली, कोइली, सारस, सुगा लगायत २०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी समेत पाइने गर्दछ ।

जलजला पहाड राप्ती क्षेत्रमा पानीको प्रमुख स्रोत पनि हो । याहाँबाट सानाठूला गरी करिब ३९ वटा खोला नालाहरुको उत्पत्ति जलजला पहाडबाटै भएको छ । माडी र लुङरी नदिको मुुहान पनि यही जलजला क्षेत्र नै हो । बग्दै जाने क्रममा तल पुगेर यसले राप्ती नदिको रुप लिएको छ । यस क्षेत्रबाट थबाङतिर बग्ने गोङखोला, फिँभै, रिखोला लगायतका खोलाहरु सानीभेरीमा बग्दछन् भने, उवाखोला र जेलबाङबाट बग्ने खोला लुङरी खोला भएर बग्दछ, मिरुलतिर बग्ने जिबैखोला, बाङमा खोला र धबाङबाट बग्ने धाङसीखोला माडी भएर बग्दछ ।

यहाँको भौगोलिक र प्राकृतिक सुन्दरता, बहुमुल्य जाडीवुटीहरु, बनजँगल, खानिजन्य पदार्थ, पानीको मुहान तथा खोलानालाहरु विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी यस प्रश्रवण क्षेत्रको सम्पदाहरु हुन् । यि सम्पदाहरु तथा प्राकृतिक स्रोत साधनहरु यस पहाडको वरिपरि बसोबास गर्ने आदिवासीहरुको जीवन यापन गर्ने मुख्य स्रोत पनि हो । तर, बढ्ढो भौतिक विकास र शहरीकरण, दलाली पुँजीबादी अर्थतन्त्र, जनसंख्याको बृदि, अव्यवस्थित विकास, आदिवासीय ज्ञान र सिपको क्षयीकरण आदिले गर्दा वनजंगलको जथाभावी फँडानी, चोरी शिकारी, आगलागी हुँदै आएकोे छ । अनि जलवायु परिवर्तनका कारण जैविक विविधतामा फरक आएको छ । यस क्षेत्रको बहुमुल्य रुखविरुवा, जडीवुटी, र वन्यजन्तुहरु नासिदै, मासिदै जाने क्रम जारी छ । त्यसैले यी जैविक विविधता र प्राकृतिक स्रोतको आदिवासीय ज्ञान र सिपको विधीबाट संरक्षण गरेर यस क्षेत्रमा पर्यटनको प्रबद्र्दन गरी समग्र विकासका लागि ध्यान दिनु आवश्यक देखिन्छ ।

२. पर्यटकीय सम्भावनाहरु :
जलजला प्रकृतिक, धार्मिक, सांस्कृतिक र युद्घ पर्यटनको संभावना बोकेको, क्रान्ति, परिवर्तन र शान्तिको संभाहक पनि हो । यो क्षेत्रमा प्राकृतिक रुपले बुकी पाटन, मौसम अनुसारको सयौं प्रकारका रङ्गीबिरङ्गी फुलहरुसँगै रमाउन पाइने, सेताम्य हिँउ खेल्न पाईने, विभिन्न हिमश्रीङखलाहरु दृश्यावलोकन गर्न सकिने, बराह थान, भामा पुप, चेमला फल्स, लामुईखार, सुनफुलुप, भ्यूटावर, धरमपानीमा सिज स्तम्भ लगायत घुम्न र हेर्न सकिने आर्कषक ठाँउहरु हुन ।

२.१ प्राकृतिक तथा भौगोलिक दृष्यावलोकनको सम्भावना :
जलजला प्रश्रवण क्षेत्र समुन्द्र सतहदेखि ३५७६ मिटर उचाईमा रहेकोले माथी उल्लेख गरिएका हिमश्रृङखला, पहाड, नदीनाला, बनजँगल र गाउँठाउँको दृश्यावलोकन गर्ने स्थानको रुपमा विकास गर्न सकिने सम्भावना बोकेको छ ।

२.२ जैविक विविधता (पर्या) पर्यटनको सम्भावना :
जलजला क्षेत्र जैविक विविधता बोकेको क्षेत्र हो । जैविक विविधता अवलोकन, दृष्यावलोकन, अध्ययन अनुसन्धानका लागि जलजलामा पर्यटनको सम्भावना बलियो छ ।

२.३ धार्मिक पर्यटनको संभावना :
धार्मिक रुपमा १२ भाई बराह र २२ बहिनी बजुहरुको जन्म जलजलाको भामा पुप (ओडार) मा भएको भन्ने जनविश्वास रहेको पाइन्छ । जहाँ पुजा गर्दा आफुले मागेको प्राप्त हुने विश्वास गरिन्छ । कैलु बराह, सिद्घ बराह, बजु बराह लगायत सबै बराह देवता र सम्पुर्ण देवि बजुहरुको नाममा वर्षमा ४ चोटी पुर्णिमामा हजारौंको संख्यामा भेडा, साँधा र कुखुराले बलि दिएर पुजा गर्ने गरिन्छ । मेलामा हजारौंको संख्यामा श्रदालु भक्तजनहरु विभिन्न जिल्लाबाट आउने गर्दछन् ।

३१३५ मिटरको उचाँइमा रहेको बामा पुप (ओडार) मा बराह र बुजुहरुको बुुबाआमाको बासस्थान हो । मगर खाममा बामा पुप भनिने ओडार जलजला बाङ भन्दा तल्लो भागमा खोलादेखि करिब १०० मिटर माथि जंगलको बिचमा ठूलो ओडार रहेको छ । जसमा करिब ३० मिटर लामो भित्रगुफा रहेको छ । गुफा भित्र सानो पानीको कुवा रहेको छ । जहाँ वर्षभरी पानी भरि रहेमा त्यसवर्ष अनिकाल हुँदैन भन्ने जनविश्वास छ, भने पानी सुकेको खण्डमा अनिकाल हुने भोकमरी हुने जनविश्वास रहेको पाइन्छ ।

‘‘किम्बदन्ती अनुसार परापुर्वकालमा एक गोठालोका भेडाहरु त्यो बामा पुपमा राख्ने गर्दथे । एक दिन ति सबै भेडाहरु त्यो ओडारबाट हराएछन् । गोठालोले २, ३ दिन सम्म सबैतिर खोजे तर भेटेनन् । कतै पनि नभेटेपछि फर्केर ओडारमै आए गोठालालाई आश्चार्य लाग्यो र साह्रै चिन्तित पनि भए । त्यही दिन राती सपनामा त्यो गोठालो लाई देवताहरुले तिमिहरुले हाम्रो बासस्थानमा जुठो बनाईदियो, हाम्रो नाउँ झोपनाउँ गरेनौ, हामीलाई क्षती गर्‍यो त्यसैले तिम्रो सबै भेडाहरु लुकाईदिएका छौं । अब उपासेर, चोखो भएर, चोखो पानी र पाती लिएर धारधुप हालेर १२ भाई बराह र २२ बहिनी बुजुहरुको नाममा, बगालको सबैभन्दा ठूलो साँधा बलि दिएर हाम्रो पुजा गरेपछि मात्रै तिम्रो भेडाहरु दिन्छौं भनेर भनेछन् । त्यसपछि त्यो गोठालोले साँच्चिकै त्यो सपनामा भनेको जस्तै गरि ‘तिम्रो नाउ भयो, तिम्रो जोपनाउँ भयो गोस्यापरमस्र, देश खोजी बगाल रोजी तिम्रो नाममा मेधो दिएँ अब मेरो भेडाहरु निकालीदिउ भनेर पुजा गरेछ । त्यसपछि साँच्चिकै ति सबै भेडाहरु त्यही पहिलेकै ठाँउमै देखिएछन् । त्यसपछि गोठालो खुशीले ढङ्ग परेछ । त्यसपछि गोठालोले प्रत्येक वर्ष पुर्णिमामा बगालको बसैभन्दा ठूलो साँधा बली दिएर पुजा गर्न थालेछ । आफुसँग छोरा नभएकोले छोराको बर पनि मागेछ । त्यसपछि उसले सोँचेको, चाँहेको सबै कुराहरु पुग्दै गएछ, छोरा पनि जन्मिएछ । भन्ने कृम्बदन्ती रहेको पाइन्छ । त्यसरी नै जलजलामा बैशाख, जेष्ठ र श्रावणको पुर्णिमामा बराह देवता र बुजुहरुको नाममा बली दिने चलन चल्दै गएको भन्ने किम्बदन्ती रहेको पाईन्छ । किम्बदन्तीअनुसार १२ भाइ बराह मध्ये सबै दाजुभाई छुट्टिए जसमध्ये जेठो कैलु बराह, साइलो सहदेउ बराहा र कान्छो बराहा जलजलामै बसे अरु भाईहरु कोही पुर्व कोही पश्चिम तिर गए त्यसैगरी २२ बहिनी बुजुहरु पनि कोही बिहे गरेर पुर्व पश्चिम गए कोही बिहे नगरेर त्यही बसे भन्ने जनविश्वास रहेको पाइन्छ ।’’

त्यसरी अहिले जलजलाको भामा पुपमा १२ भाई बराहा र २२ बहिनीहरुको नाममा छुट्टा छुट्टै कुनामा बली दिएर पुजा गरिन्छ । त्यसैगरी भामा ओडारको करिब २०० मिटर माथी अर्को गुफा पनि रहेको छ । अलि माथी जलजलाको मैदानमा कैलु बराहा थान, झाँक्री थान र बुजु थानमा बैसाख पुर्णिमा, जेष्ठ पुर्णिमा र साउने पुर्णिमामा हजारौंको संख्यामा भेडा, साँधाको बलि दिने गरिन्छ । यती मात्र नभएर जलजलाका ठू–ठुला रुखविरुवा, पानीका मुहान, ढुङ्घा र ओडामा धजा धुप हाली पुजा गर्दै जाने चलन छ । मगर जातिमा ठूलो देवताका रुपमा बराहा देवताहरुलाई लिई थानमा बली दिएर पूजा गर्ने गरिन्छ । १२ भाइ बराहाहरु मगरहरुका पवित्र देवता हुन, भने २२ बहिनी बज्यूहरु मगरहरुका पवित्र देवी हुन । त्यसकारण इसाई धर्ममा विश्वास गर्नेहरु मक्कामदिनामा पुग्नु नै पर्ने मान्यता राख्दछन् । हिन्दु धर्ममा विश्वास गर्नेहरु एक न एकचोटी पशुपतिनाथमा दर्शन गर्नु नै पर्ने थान्दछन् । बौद्घ धर्ममा विश्वास गर्नेहरु बुद्घको जन्मस्थल लुम्बिनी पुग्नै पर्ने मान्यता राखे जस्तै प्रकृतीपुजक र बराहा देवतामा विश्वास राख्नेहरुका लागि जलजला एउटा धार्मिक केन्द्रको रुपमा पनि विकास हुनसक्ने संभावना देखिन्छ ।

तर अहिले जलजलामा ३, ४ चोटी पुर्णिमाको मेला लाग्ने बाहेक मानव चहलपहल छैन । त्यहाँ पुग्न मोटर बाटोबाट ३, ४ घण्टाको कठिन पैदल यात्रा गर्नुपर्ने हुन्छ । मोटर बाटोको सुविधा पुगिसकेको छैन । त्यसैले समय समयमा घुम्न जाने पर्यटकहरुका लागि नियमित खाने बस्नेको व्यावस्था छैन । पर्यटकका लागि आवश्यक पुर्वाधारहरु प्रयाप्त देखिदैनन् । त्यसैले धेरै मानिस घुम्न जान खोजेतापनि को सँग जाने ? के खाने ? कहाँ बस्ने ? भन्ने प्रश्नले पिरोल्ने गरेको अधिकाँशको भनाई रहेको पाइन्छ ।

२.४ युद्घ पर्यटनको संभावना :
रोल्पा, जलजला अनि थबाङलाई नेपाली जनयुद्घको उद्गम थलोका रुपमा चिनिन्छ । मुक्तिकामी जनताले गरेको बिद्रोहको बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि एक खुल्ला विश्वविद्यालय पनि हो । जहाँ सयौं बीर सपुतहरुले रगत बगाएका छन् । निरंकुश राजतन्त्रको अन्त्य गरि सर्वहारा वर्गको अधिनायकत्वमा नौलो जनवाद हुदै समाजवाद सम्म पुग्ने लक्ष्का साथ व्यावस्था परिवर्तनको लागि शुरु भएको जनयुद्धको तयारी, ठूल–ठुला फौजी कारवाहीका लागि सैन्य तालिमहरु संचालन भएको क्षेत्र हो । यस क्षेत्र राज्यबाट उत्पिडित, भिषण दमन खेपेको र सयौंको वलिदानी, हजारौं घाइते अपाङ्घ, भएर व्यावस्था परिवर्तनको लागि गरेको त्याग र हाँसी हाँसी वलिदानी दिएको कम्युनिष्टको किल्ला हो ।

युद्घ पर्यटनको रुपमा नेपालमा अहिले भएको राजनैतिक परिवर्तन गर्ने नेपाली जनयुद्घको तयारीका लागि वर्गसंघर्षका बेला तत्कालिन नेकपा (माओवादी) पार्टीद्वारा रोल्पा र रुकुमलाई क्रान्तिकारी किल्लाको रुपमा मानिएको थियो । जलजला पहाड र सिस्ने हिमाललाई नेपाली क्रान्तिको प्रतिकको रुपमा प्रतिबिम्वित गरेर “सिज मितेरी अभियान” चलाएको थियो । जुन समयमा जलजलाको ३५७६ मिटरको उचाँइ रहेको धरमपानीमा कलात्मक र निकै आकर्षक त्रिकोणात्मक ‘सिज स्तम्भ’ को निर्माण गरिएको थियो । जसलाई नेपाली जनयुद्घको प्रतिकका रुपमा पनि चिनिने गरिन्छ । जनयुद्घको क्रममा शाही नेपाली सेनाले भत्काएको थियो । पछि पुन निर्माण गरिएको छ । जहाँबाट सशस्त्र जनयुद्घको बेला भूमिगत रुपमा रेडियो जनगणतन्त्र पनि संचालन गरिएको थियो । जनयुद्घको तयारीको बेला पहिलो गुरिल्ला टे«निङ पनि यसै जलजलाको लामुईखार भन्ने ठाउँमा सम्पन्न भएको थियो । त्यसपछि यस जलजलाको सेरोफेरो पखेरुहरुमा सयौं पटक माओवादी जनमुक्तिसेनाहरुको सैन्य तालिमहरु, पार्टीको केन्द्रीय बैठकहरु संचालन भएको थियो । दर्जनौ पटक राज्य पक्ष र माओवादीहरु बिच भिषण भिडन्त पनि भएको थियो । यस क्षेत्रमा राज्यको तर्पmबाट भिषण दमन गरिएको थियो । निरंकुश राजतन्त्र फालेर मुक्तिकामी जनताको शासन व्यावस्था ल्याउनका खातिर शंषघोष गरिएको नेपाली जनयुद्घलाई जन्माउन, पालन पोषण गरि हुर्काउन, हिडाउन र परिपक्क गराउनका लागि यस क्षेत्रको महत्वपुर्ण भूमिका रहेको पाइन्छ । त्यसैले यस जलजला र थबाङ नेपाली कम्युनिष्ट आन्दोलनको आस्थाको केन्द्रको रुपमा चिनिन्छ ।

२.५ साँस्कृतिक रुपमा पर्यटनको संभावना :
साँस्कृतिक रुपमा यस क्षेत्र वरिपरि आदिवासी मगरहरुको बाक्लो बसोबास रहेको छ । यहाँका मगरहरुको भाषा, संस्कार, संस्कृति, रहनसहन र भेषभुषा पृथक खालको पाइन्छ । मौलिक र परम्परागत संस्कृतिमा रमाउने याहाँका मगरहरुले भूम्या नाच, नचाउरु नाच, ढिकुर्‍या नाच, छुरे पैस्यारु, मयुर नाच, सिंगारु नाच माघे सकराँती, राँके तिवार, दवारा, जनयुद्घको वार्षिकोत्सब लगायतका चाडपर्व तथा मेलाहरु यस क्षेत्रका मौलिक संस्कृतिहरु हुन ।

यस जलजला क्षेत्रको वरिपरि आदिवासी मगरहरुको बाक्लो बसोवास भएकोले यहाँका मगरहरुको भाषा, संस्कार, संस्कृति, भेषभुषा, रहनसहन, चाडपर्व, मेला महोत्सव, पाहुनालाई गरिने सत्कार फरक खालको मौलिक र परम्परागत रहेको पाईन्छ । त्यसैले यस क्षेत्रमा आउने पर्यटकहरुका लागि यी संस्कार, संस्कृति र भेषभुषा नयाँ अनुभव हुन सक्दछ । गाउँमा पर्यटकहरुलाई मनोरञ्न प्रदान गर्न र मौलिक संस्कृति, युद्वकालिन संस्कृतिहरु देखाउनका लागि मौलिक तथा साँस्कृतिक नाचहरु, रात्रिकालिन जनवादी साँस्कृतिक कार्यक्रमहरु देखाउनका लागि नाचघर, युद्व संग्रहालय र जातिय संग्रहालयहरुको निर्माण गरेर पर्यटकहरुलाई मनोरञ्जन प्रदान गरि थप आकर्षिक गर्न सकिन्छ ।

२.६ अन्य सम्भावनाहरु :
जलजलालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराएर प्रचार प्रसार गर्न सकिएको खण्डमा नेपाली जनयुद्घको अध्ययन अनुसन्धान गर्न, मगरहरुको मौलिक संस्कृतिको अध्ययन र मनोरन्जन लिन, मध्ये पहाडी रेन्जमा मनोरम हिमश्रीङलाको दृश्यावलोकन गर्दै गुरील्ला पदमार्गमा यात्रा गरि रमाउन, हिउँसँग खेलेर आनन्द लिउनका लागि विदेशी तथा आन्तरिक पर्यटकहरु लाई आकर्षण गर्न सकिन्छ । यसरी प्राकृतिक, धार्मिक, साँस्कृतिक र युद्घ पर्यटनको बहुआयामिक संभावना बोकेको क्षेत्रमा एकीकृत पर्यटन प्रवद्र्दन गर्न सकिने संभावनाहरु देखिन्छ । जसबाट यस समुदायको आयआर्जन, रोजगारी सृजना हुनुको साथै आर्थिक संमृद्दी हाँसिल गर्न योगदान पुग्ने देखिन्छ ।

यसरी समग्र जलजला क्षेत्रको विकास गरेर पर्यटकहरुको आगमनलाई बृदि गर्न र आर्थिक संमृद्दि हाँसिल गर्नका लागि निम्न कुराहरुको दिर्घकालिन गुरुयोजना निर्माण गरि कार्यन्वयन गर्न सकिने संभावनाहरु देखिन्छ ।

३. दिगो पर्यटनका लागि संरक्षण र व्यवस्थापन गर्नुपर्ने कुराहरु :

३.१ वन र वन्यजन्तुको संरक्षण :
सर्वप्रथम जलजलाको सुन्दरतालाई कायम राख्न र पर्या पर्यटनको प्रवद्र्दन गर्नका लागि त्याहाँको वनजंगल र वन्यजन्तुको संरक्षण गर्नुपर्ने नितान्त आवश्यक देखिन्छ । हाल भौतिक विकासका लागि सडकहरु निर्माण भैरहदा हजारौं रुखविरुवाहरु नासिने गरेको पाईन्छ । त्यसको अलावा जथाभावी रुख कटान, चोरी शिकारी, आगलागी, चौरीचरण जस्ता मानवीय क्रियाकलापले गर्दा भू–क्षय हुने, पहिरो जाने बन्यजन्तुहरु लोप हुँदै जाने खतरा देखिन्छ त्यसैले सर्वप्रथम यस क्षेत्रको संरक्षणको लागि नेपाल सरकार बाट समुदायमा आधारित संरक्षण क्षेत्र बनाउनु पर्ने आवश्यक देखिन्छ । जलजलामा सबैको पहुँचमा पुर्‍याउनका लागि कुनै एक ठाँउबाट सडक त पुर्‍याउनै पर्ने देखिन्छ । जसको लागि कम क्षति हुने ठाउँको पहिचान गरि कार्यन्वयन गर्नु पर्ने देखिन्छ ।

वनपैदवारको उचित प्रयोग गरि आयआर्जन गर्न वैज्ञानिक वन व्यावस्थापन गरेर काम नलाग्ने वा वुढो रुखलाई कटान गरी नयाँ वृक्षरोपण गर्नुपर्ने देखिन्छ । साथै जलजलामा पाइने विभिन्न प्रजातिका फुल फुल्ने क्षेत्र र बाक्लो गुराँसहरु फुल्ने क्षेत्रहरुमा लेटपाट गार्डेन, बिनजौरी गार्डेन, र गुराँस गार्डेनहरु लगायतका बगैचाहरुको नामाकरण गरि संरक्षण गर्न सकिन्छ । जहाँ फुल फुल्ने मौसममा पुग्ने पर्यटकहरु फुलैफुलको बगैचामा रमाउन सकुन, आनन्द लिएर सेल्फी फोटो खिच्दै प्रचार प्रसार गर्न सकुन ।

बन्यजन्तुको संरक्षण र बृदिका लागि चोरी शिकारीलाई निरुत्साहित गर्ने, मृग, कस्तुरी लगायतका बन्यजन्तुको व्यावस्थीत पालन गर्ने, निश्चित समय र तोकिएका जनावरलाई मात्र शिकार गर्न सकिने, लाइसेन्स लिएर मात्रै शिकार खेल्न सकिने व्यावस्था मिलाउन सकेमा यसवाट स्वदेशी तथा विदेशी पर्यटकहरु आकर्षित गर्न सकिने संभावना पनि देखिन्छ ।

३.२ पूर्णिमाका बेला मेलाको व्यावस्थापन :
जलजलामा पुर्णिमाका बेला निकै ठूलो मेला लाग्ने गर्दछ । अहिले निश्चित ठाउँमा, निश्चित क्षेत्रमा क्रियाकलापहरु गर्ने भनि ठाउँको पहिचान गरेर कार्यन्वयन नहुँदा निकै समस्या रहेको पाईन्छ । जुन मेलाको समयमा होटेल व्यावसाय, श्रदालु भक्तजन, मेला अध्ययन र अवलोकन गर्न आउने, टाढाबाट घुम्न आउने पर्यटकका लागि छुत्ताछुत्तै ठाउँ नहुँदा उही ठाउँमा होटेल, उही पर्यटक, उही झक्तजन, उही मेला भर्न आउने मानिस हुँदा केही अराजक र उत्श्रीङखल क्रियाकलाप हुँदा कतिपय पुजा गर्न आउने र घुम्न आउने मानिसहरुलाई जलजला प्रति नकारात्मक दृष्टिकोण पनि भएको पाईन्छ ।

त्यसैले जलजला क्षेत्रको संरक्षण, व्यावस्थापन र पर्यटन विकासको लागि सम्बन्धित स्थानिय तह, राजनैतिक दल, त्यहाँको समुदाय र राज्यको तर्पmबाट विस्तृट योजना र प्रभावकारी कार्यन्वयन हुन जरुरी छ । यसका लागि सर्वप्रथम जलजला क्षेत्रलाई विभिन्न भौगोलिक भागमा बर्गिकरण गरेर व्यावस्थीत भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ । जस्तै जलजलाको भामा पुप र हाल पुजा हुने थान भएको भागलाई धार्मिक रुपमै व्यावस्थीत गर्ने, जलजलाको सुन्दरता नबिग्रिने गरेर, समथर मैदानमा ठूला संरचना नभनाएर छेउ छाउ अथवा कुना कुनाको भागलाई विभिन्न ठाउँमा विभाजन गर्ने, होटेल तथा रिर्सोटको क्षेत्र, पुजा गर्न आउने भक्तजनहरुको लागि छुत्तै क्षेत्र, घुम्न आउने मानिसहरुको लागि छुत्तै क्षेत्र, मेला संचालन र सुरक्ष निकायका लागि छुत्तै क्षेत्र, स्थानियहरुका लागि छुत्तै क्षेत्र, भि.आई.पी. का लागि छुत्तै क्षेत्र टोकेर राती सुत्नको लागि अलग अलग ठाँउमा बासस्थानहरु बनाउन सके राम्रो हुने देखिन्छ ।

३.३ १२ वटा बराहा थान र १२ वटै दहको निर्माण :
अहिले जलजलामा भामा पुप, र अन्य ३ वटा थानहरु रहेका छन् । भने एउटा दह रहेको छ । जसमध्ये अहिले बुजु थान राज्यको बजेतबाट र कैलु बराहाको थान व्याक्तिगत लगानीमा पुरानो थान लाई भत्काएर मन्दिरको स्वरुपमा नयाँ निर्माण गरिएको छ । जसले बराहा थानको पहिचान मेटेर हिन्दुकरण गरिए जस्तै मन्दिर बनाईयो भनेर स्थानियहरुले गुनासो गर्दै आएको पाईन्छ । भने झाँक्री थान पुरानै स्वरुपमै नयाँ निर्माण गरिएको छ ।

यो सँगै अब १२ भाई बराहाहरुकै नाममा १२ वटा थानहरु निर्माण गर्न सकिने आधारहरु छन् । जुन अहिले २ वटा बराहा थान र १ बुजु थान रहेको छ । बाँकी १० वटा बराहा थानको पुरानै शैलीमा निर्माण गर्न सकिन्छ । साथै जलजलामा हिड्दा खुत्ता टेक्दा तलबाट पानि निस्कने डलडले रहेको छ । जताततै पानि निस्किन्छ । वारीपारी जमिन हल्का स्लोप रहेको छ भने बिचमा चिरा चिरा परेको, खाल्डाखुल्डीमा सा–साना खोला बग्दछ । त्यसैले भौगोलिक अनुकुलतासँगै खोलाको वारीपारी बराहा थान बनाउने र थान सँगसगै तलतिर वा छेउमा १२ वटै पोखरीहरुको निर्माण गर्न सकिन्छ । जसमध्ये बुुजु थान भन्दा तर र भामापुप भन्दा माथी व्यास्थीत र निकै आकर्षक ठूलो तालको निर्माण गर्न सकिन्छ । पोखरीको माथी काठे पुलहरु राख्न सकिन्छ । जसले गर्दा त्यहाँ हुने भू–क्षयलाई रोक्न सक्छ, बन्यजन्तु र चराचुरुङ्घीको लागि पानी खाने सुविधा हुनसक्छ । निरन्तर पानीको स्रोतको लागि पानी संकलन भएर मुहान संरक्षणमा टेवा पुग्न सक्छ । भने पर्यटकिय दृष्टिले जलजलाको सुन्दरतामा थप आकर्षण थपिन सक्छ ।

यसरी जलजलामा थप थानको निर्माण सँगै नियमित खाना र आवासको लागि व्यावस्थीत होटेल वा रिर्सोटको निर्माण, नियमित पुजारु बस्ने र जुनसुकै बेलामा पनि दर्शन गर्न, पुजा गर्न र बर माग्न आएका भक्तजनलाई पुजा गरिदिने व्यावस्था मिलाउने, सुरक्षाको ग्यारेन्टी, पर्यटन सुचना केन्द्रको निर्माण, नयाँ पर्यटकहरुको पदप्रदर्शकको व्यावस्था र मानिसहरु जुनसुकै मौसममा पनि कुनै एक ठाउँबाट सहजै आउजाउ गर्न सक्ने मोटर बाटोको निर्माण र जलजलाको चारैतिर जेलबाङ, ओखरेनी, मिरुल, थबाङ र उवाबाट पदयात्राको लागि चौडा बाटो, खानेपानीको सुुविधा, विश्राम स्थल, भ्यू प्वाइन्ट, फोटोग्राफी लिउने ठाउँ आदिको व्यावस्थीत निर्माण गर्न सकेको खण्डमा बर्षेनी हरेक सिजनमा हजाँरौं पर्यटकहरुको रोजाईमा गन्तव्य जलजला पर्न सक्ने संभावना देखिन्छ ।

३.४ धरमपानीमा सिज स्तम्भको संरक्षण तथा सहिद स्मारकको निर्माण :
जलजलाको धरमपानी पहाडमा नेपाली क्रान्तिको प्रतिकको रुपमा त्रिकोणात्मक सिज स्तम्भ बनाइएको थियो । तत्कालिन शाही नेपाली सेनाले भत्काएका थिए भने, फेरी पाँचकुने आकारमा पुननिर्माण गरिएको छ । स्तम्भको छेउमा भूमिगत सुरुङ्ग भनाईको थियो, जहाँबाट तत्कालिन बिद्रोही पक्षबाट रेडियो जनगणतन्त्र संचालन गरेको थियो । त्यसैले यस धरमपानी क्षेत्र र पहिलो गुरिल्ला ट्रेनिङ भएको ठाउँ लामुईखारलाई युद्घ पर्यटनको रुपमा विकास गर्न सकिन्छ ।

जसको लागि भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने देखिन्छ । धरमपानिमा रहेको सिज स्तम्भलाई मर्मत गर्ने, अलि पर ३५७६ मिटरको उचाईमा यो व्यावस्था परिवर्तनको लागि नेपाली जनयुद्घमा राज्य र बिद्रोही दुवै पक्षबाट ज्यान गुमाउने करिब १७ हजार महान सहिदहरुको सम्झनामा सबैको नामावली अत्नेगरी कलात्मक सहिद स्मारक बनाउने, विश्व सर्वहारा वर्गका लागि योगदान दिने महान विचारकहरु विश्व कम्युनिष्टका प्रणेता कार्ल माक्स, मेक्सीङ गोर्की, लेनिन, स्तालिन, माओत्सेतुङ, च्वेगोबारा लगायतका प्रतिमाहरु निर्माण गर्ने, त्यसैगरि नेपाली जनयुद्घमा तत्कालिन नेकपा माओवादीकाको तर्पmबाट उच्च स्तरका नेतृत्व, उच्च सैन्य कमाण्डरहरुको प्रतिमा निर्माण गर्ने, गौरव र विरताको इतिहाँस बोकेको जनमुक्ति सेनाको लोगो, कम्युुनिष्ट पार्टीको झण्डा, नेपालको झण्डा जस्ता लोगो र राष्ट्रियता झल्काउने जस्ता भौतिक संरचनाहरु निर्माण गर्न सकिएमा पर्यटकको लागि थप आकर्षण बढ्न सक्नेछ ।
यसैगरि सिज स्तम्भको मूनि निकै टाढाबाटै देख्न सकिने ‘प्यारो जलजला’ लेखिएको फलामे आकृति बनाउन सकिन्छ । जुन रातिको समयमा बत्ति बाल्दा पनि त्यो शब्द पढ्न सकियोस । त्यसका साथै तल छेडामा विश्राम स्थल, भोजनालय र आवस, हेलिप्याड लगातका संरचना बनाउन सकिएको खण्डमा देश विदेशका पर्यटकहरुलाई लोभ्याउन सकिने प्रचुर संभावनाहरु देखिन्छ । पहिलो गुरिल्ला तालिम भएको लामुईखारलाई संरक्षण गरि उहीले गरिएको तालिमको स्वरुपमै निर्माण गरि हेर्न, सिक्न, र इतिहास बुझ्नको लागि टेवा पुर्‍याउने छ । यसका अलावा तत्कालिन माओवादीको कन्द्रीय कमिटिको बैठक बसेको फुन्टिबाङ बैठक स्थल, चलाबाङ भिडन्त, झेम्नेता, मिरुल, धबाङको पेवा, जेलबाङको ओखरेनी, उवा लगायतका सैन्या तालिम स्थल, बैठक स्थल, भिडन्त भएको ठाउँ लगायतका क्षेत्रमा पार्क, स्मारक, स्तम्भ, प्रतिमा, सहिद गेट लगायतका संरचनाहरु बनाउनु पर्ने आवश्यक देखिन्छ ।

४. चुनौतीहरु :
यस अबधारणलाई कार्यन्वयन गर्नका लागि निकै चुनौतिहरु देखिन्छन् । प्रथम त जलजलाको पर्यटन विकासका लागि संभाव्यता अध्ययनका साथै व्यावस्थित, एकिकृत गुरुयोजना निर्माण गर्न आवश्यक देखिन्छ । वन्यजन्तुको संरक्षण सँगै प्रया–पर्यटनको विकास र प्रवद्र्वनका लागि समुदायमा आधिारित संरक्षण क्षेत्र बनाउनु पर्ने देखिन्छ । त्यसको लागि योजना र बजेतको व्यावस्था गर्नु प्रमुख चुनौतीको रुपमा देखिएको छ । त्यसका साथै समुदायलाई पर्यटन सम्बन्धि जनचेतनाको अबिबृदि गर्र्न, पर्यटनका आधारभुत आवश्यकताहरु पुरा गर्न, संस्कार, संस्कृतिसँग जोडिएका कतिपय सामाजिक प्रथाहरुका साथै वन लगायतका कानुनी जतिलता, भौगोलिक सिमानामा पर्ने स्थानिय सरकारसँग समन्वय गरि एकिकृत तथा साझा योजना निर्माण गर्न, भौगोलिक प्रतिकुलताकारण संरचनाहरु बनाउन निकै खर्चिलो हुने लगायतका चुनौतिहरु देखिन्छ ।

तरपनि यो अवधारणालाई कार्यन्वयन गर्नका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट यी योजना र गुरुयोजनाका लागि पहल गर्न सकिन्छ । त्यसको लागि सर्वप्रथम त्याहाँका समुदाय, राजनितिक दल, बुद्विजीविहरुले पहल गर्न सकेको खण्डमा यी योजनाहरु सफल हुन सक्दछ । राज्यका अलावा राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरु कहाँ पनि यी योजनाका लागि पहल गर्न सकेमा केही आर्थिक सहयोगहरु प्राप्त गर्न सकिन्छ । यसका साथै आफ्नौ मौलिक संस्कार तथा धार्मिक रुपमा आस्था र विश्वास गर्ने महानुभावहरु बाट आवश्यक आर्थिक सहयोगका लागि अपिल गरेमा बराहा थान, पोखरी निर्माण र धर्मशाला निर्माण जस्ता योजनाहरु व्यक्तिगत सहयोग बाट पनि प्राप्त गर्न सकिने संभावनाहरु रहन सक्दछ ।

त्यसैले यी अवधारणा लाई कार्यन्वयन गर्नका लागि सम्बन्धित स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार, राजनैतिक दल, बुद्विजिवि लगायतका सरोकारवालाहरु अग्रसर हुनुपर्ने आवश्यक देखिन्छ ।

५. अन्त्यमा :
स्थानीय आदिवासीहरुले गोङ वा गामागोङ भन्ने ‘जलजला’ प्रश्रवण क्षेत्र हरेक कोणबाट हेर्दा पर्यटनको प्रवल संभावना भएको क्षेत्र हो । प्राकृतिक तथा भौगोलिक दृष्यावलोकन गर्न, जैविक विविधताले भरिएको पर्या–पर्यटन, आदिवासी मगरहरुको बसोबास रहेकोले साँस्कृतिक पर्यटन, बाह्र भाई बराह र बाइस बैनी बजु बराहको जन्म स्थल भएको ओडार भएकोले पनि परम्परागत धार्मिक पर्यटनको संभावना यहाँ छ ।

संघिय गणतन्त्र नेपालको लागि जनयुद्धको विगुल फुकेको ठाउँ र हजारौ शहिद भएको तथा जनयुद्धका विभिन्न प्रतिकहरु रहेकोले युद्ध पर्यटनको संभावना बोकेको स्थान हो ।

बदलिँदो परिस्थीति, विकास निर्माण तथा अव्यवस्थीत बसाईसराई, दलाली पुँजीपति मानसिकताको विकास आदिले गर्दा सो क्षेत्रको सम्पदाहरु पनि मासिने क्रम जारी छ । आदिवासीय संस्कार संस्कृति तथा ज्ञान र सिपहरुको अभ्यास मासिँदै गएको अवस्था पनि छ । त्यसैले यो स्थानको पर्यटन प्रवद्र्दन गरि दिगो विकास गर्नको लागि सबै निकाय र जनताहरु जागरुक हुनुपर्ने देखिन्छ । सो क्षेत्रमा दिगो पर्यटनको विकास गर्न सकियो भने त्याँका स्थानीय बासीहरुको आर्थिक आम्दानी बढ्ने, स्थानीय संस्कार र कला संस्कृति विश्वमा परिचित हुने, जनयुद्धको ऐतिहासिकता चिनाउने राम्रो मौका पनि हुने संभावना देखिन्छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित