वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

मेस्सीको गोलमा उपाधि दावेदार बार्सिलोनाको महत्वपूर्ण जित

मेस्सीको गोलमा उपाधि दावेदार बार्सिलोनाको महत्वपूर्ण जित

एजेन्सी ।आफूलाई उपाधि दाबेदारका रुपमा कायम राखेको बार्सिलोनाले संघर्षपूर्ण जित दर्ता गरेको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ को जित दर्ता गरेको हो । पहिलो हाफमा कुनै पनि गोलरहित बराबरीमा रहे पनि दोस्रो हाफमा समग्रमा पाँच गोल भयो ।

बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे । भ्यालेन्सियाका लागि गाब्रिएल र कार्लोस सोलेरले एक–एक गोल गरेका हुन् । ५० औँ मिनेटमा गाब्रिएल र ८३ औँ मिनेटमा सोलेरले गोल गरेका थिए ।

बार्सिलोनाका लागि मेस्सीले ५७ र ६९ औँ तथा ग्रिजम्यानले ६३ औँ मिनेटमा गोल गरेका हुन् । दुई गोल गरेका मेस्सीले पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building