वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

विदेशबाट बाकसमा फर्किए... पशुपतिमा देखियो हृदयविदारक दृष्य...!

विदेशबाट बाकसमा  फर्किए... पशुपतिमा देखियो हृदयविदारक दृष्य...!

काठमाडौं । कलम समाउने कलिलो हातमा पाँच वर्षीया सुस्मिता घर्ती मगरसँग धिपधिप बलिरहेको काठको टुक्रा थियो । उनको यो उमेर स्कुलको आँगनमा साथीसंगीसँग रमाउनु पर्ने बेला हो । तर उनी भने खाली खुट्टै पशुपतिको आर्यघाटमा लास वरिपरि व्यवस्थापनमै छिन् ।

पूर्वी रुकुम पुथाउत्तरगँगा गाउँपालिका– ५ हुकामका मिलन घर्तीका खुट्टाले ४ महिनाअघि विदेशी भूमिमा पाइला टेके । पूर्वी रुकुमको विकट मानिने गाउँमा रोजागरीको कुनै उपाय नभएपछि पछि बाध्य देश छोड्न । अनि दुबईको उडान भरे, ५ वर्षकी सानी छोरी सुस्मिताको भविष्य सुन्दर बनाउने सपना बुन्दै । दुबई हान्निएका मिलन एउटा रेष्टुरेन्टमा काम पाए र सुरु गरे । काम अनि कमाई ठिकै चल्दै थियो ।

तर…. सानी नानीको राम्रो शिक्षा, परिवारको लागि केही सहज जीवन अनि सुनौलो भविष्यका लागि भनेर दुबइको जमिन टेकेका मिलन ४ महिना पछि नेपाल फर्किए । तर कफिनभित्र बन्द भएर । निर्जीव भएर ।
दुबइ पुगेर काममा लागेदेखि रेष्टुरेन्ट काममा जाने । बेलुका बस्ने ठाउँ फर्कने । एकछिन थकाई मार्ने अनि खाना खाएर सुत्ने । विदेश पुगेको दुई महिनादेखि त्यहि नियमित समय तालिका चलिरहेको थियो तर एक दिन त्यो समय तालिकामा ‘ब्रेक’ लाग्यो । त्यो पनि सधैँका लागि । कामबाट फर्केर खाना खाईबरी सुतेका उनी त्यसपछि कहिल्यै ब्युँझिएनन् ।

परिवारका लागि धन कमाउन विदेश हिँडेका खम्बा नै ढलेपछि मनको बुढा घर्तीको जीवनमा बज्रपात प¥यो । कल्पनामा पनि नचिताएको श्रीमानको मृत्युको खबरले मन्कोको न मनमा घाम लाग्यो न तनमा । न त उनि त्यो कुरा मान्न नै तयार थिइन् । तर नमानि सुखै थिएन, वास्तविकता त्यहि थियो ।

अपत्यारितो वास्तविकतालाई स्वीकारेर जीवनलाई अघि बढाउनु त थियो नै । त्यो भन्दा पहिले श्रीमानको लास विदेशबाट गाउँ झिकाउनु थियो । सासको मायाँ मारेर पनि अन्तिम पल्ट हेर्ने धोकोसहित लास ल्याउनतर्फ मनको र उनका आफन्त लागि परे ।

मिलनको मृत्युपछि कुनै राहत तथा वीमा पाउनु त परैको कुरा परिवारले समयमै शव ल्याउन पनि पाएनन् । उल्टै शव झिकाउन ३ लाख ५० हजारको जोहो गर्नुपर्ने अवस्था आयो । सबै डकुमेन्ट अनि प्रक्रिया पूरा गरि ऋण लिएर परिवारले नेपालबाट साढे तीन लाख रुपैयाँ पठाएपछि मृत्यु भएको दुई महिनामा बल्ल मिलनको लास नेपाल आयो ।

कोरोनाको दोस्रो लहरमा उपत्यकामा निषेधाज्ञा जारी भएको पहिलो दिन १६ वैशाखमा मिलनको शव नेपाल आइपुग्यो । गाडी मै पनि २ दिनभन्दा बढी लाग्ने हुँदा उनको लास गाउँ लान सम्भव भएन । त्यहि दिन थोरै आफन्तको उपस्थितिमा परम्परा अनुसार पशुपति आर्यघाटमा उनको दाहसंस्कार संस्कार गरियो ।

शव जलाउनु अघिको एउटा दृष्यले विक्षिप्त बनायो । एउटी अवोध बालिका । हातको दागबत्ती लिएर चितामाथि चीर निन्द्रामा निदाइरहेका बाबुको फेरो लगाइन् । भावबिह्वल अवस्थामा छोरी सुस्मितासँगसँगै पछ्याउँदै थिए ४० वर्षीया आमा मन्को । उनलाई सम्हाल्दै थिए दुई देवरहरु र साथमा सानी भतिजी सस्मितालाई पनि अह्राउँदै थिए । काकाहरुले जसो भने त्यसै गर्दै थिइन् सुस्मिता । अनि अन्तिममा मृतक बुवाको खुट्टा ढोगिन् र दिइन् दागबत्ती । यो दृष्यले दाहसंस्कारमा सहभागी सबैलाई स्तब्ध बनायो । देशमा रोजगारी नहुँदा विदेश जाने र उतै प्राण त्याग्ने एक युवाको परिवारको सन्तानको यस्तो कारुणिक अवस्थालाई नजिकबाट नियालिरहेका थिए, उनका शुभचिन्तक ।

………………….

बाराका १६ बर्षे युवक, आफ्नी आमाका साथ पशुपतिको शवदाहगृहमा थिए । उनी आफ्ना बाबुको शव बुझ्न काठमाडौं आएका थिए । काठमाडौं झरेको दुई दिनपछि उनले आफ्ना बाबुको शव बिमानस्थलमा बुझेका थिए । चरम आर्थिक अभाव झेलेका उनका परिवारले शवलाई पशुपतिमा अन्तिम संस्कार गर्ने निर्णय लिएका थिए । शवदाहगृहमा उनको बाबुको शव खरानीमा परिणत भइरहदा उनी भने आमासंग शवदाहगृहको बाहिर रुदै बसेका थिए । केवल एक मुठ्ठी अस्तुको पर्खाइमा……
करिव डेड बर्ष अघि बिमानस्थलबाटै बिदाई गरेका उनले अव आफ्नो बाबुलाई कहिल्यै भेट्न पाउदैनन् । उनको बाबुको मलेसियामा मृत्यु भएको थियो ।

यस्तो छ बैदेशिक रोजगारमा जीवन गुमाउनेको तथ्याङ्क

कोरोना सङ्क्रमणको जोखिमकै अवस्थामा पनि वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छैन। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गएको चैतमा मात्रै ३२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

नेपाली युवाहरु बाध्यताका कारण विदेशिन बाध्य हुनुपरेकोछ तनचाद्ध समाचार बिलरै आउँछन् तर मृत्युपछि बाकसमा प्याक भएर नेपाल ल्याइएका समाचार भने सञ्चारमाध्यममा धेरै आउँछन् । दैनिक औषत दुई÷तीनवटा शव विमानस्थलमा आउने गरेका छन् ।

सबैभन्दा बढी नेपालीको शव मलेसियाबाट ल्याइएको छ । यस अवधिमा मलेसियाबाट १८६ जनाको शव नेपाल ल्याइएको छ दोस्रो ठूलो संख्यामा शवमा साउदी अरबबाट नेपाल ल्याइएको छ, साउदीबाट १२६ जनाको शव नेपाल ल्याइएको छ । यस्तै, कोरोना महामारी सुरू भएपछि ओमान, कतार , कुवेत बहराइनबाट पनि नेपालीको शव ल्याइएको छ । आर्थिक वर्ष २०७६÷७७ मा काम गर्ने सिलसिलामा विदेशमा मृत्यु भएका १७ जना महिलासहित ६५६ जनाको परिवारलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको थियो ।

सरकारले मुलुक भित्र रोजगारीका पर्याप्त अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पु¥याउने तथा सबैका लागि न्यूनतम रोजगारी सुनिश्चित गरी सामाजिक सुरक्षाकोव्यवस्था गर्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । तर रोजगार कार्यक्रम प्रभावकारी हुन नसक्दा अहिले पनि दैनिक हजारौ युवाहरु विदेशिन र ज्यान गुमाउन बाध्य भएका छन् ।

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राखिने

एकलौटी ढंगले गरिएको दलको नेता चयन मान्य हुँदैन– जसपा (बाबुराम–उपेन्द्र पक्ष)

यी १४ खेलाडी बेच्दै बार्सिलोना, मेसी भन्दा हल्याण्ड प्राथामिकतामा

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै