वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

सरकारलाई गालि गरेर दोस दिनु भन्दा आत्म–अनुसाशनमा बसौँ –पूर्व मन्त्री रावल

सरकारलाई गालि गरेर दोस दिनु भन्दा आत्म–अनुसाशनमा बसौँ –पूर्व मन्त्री रावल

सुर्खेत । कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री दल रावलले कोरोना महामारीको बेला सरकारलाई गालि गरेर दोस दिनु भन्दा सबैले आत्म अनुसाशनमा बस्न जरुरी भएको बताएका छन् ।

सामाजिक संजाल आफ्नो आधिकारीक फेसबुक पेज मार्फत रावलले भनेका छन्, ‘कोरोना महामारीले नेपालका विभिन्न जिल्लाहरु अति प्रभावित भैरहेका बेला । यस्तै गरि हाम्रो प्रदेशको राजधानी सुर्खेत र छिमेकी शहर नेपालगन्ज धेरै प्रभावित भएकाछन् । समयमा ध्यानदिन सकियन भने हाम्रो जस्तो प्रदेशमा भोलि हाम्रो स्वास्थ प्रणालीले नै धान्न नसक्ने अबस्था सिर्जना हुनसक्छ ।’

पूर्व मन्त्री रावलले अगाडि लेखेका छन्, ‘प्रचारमुखी भन्दा स्थानीय, प्रदेश र संघिय सरकार समन्वयात्मक ढंगबाट आबश्यक स्रोतको ब्यवस्थापन र न्यायोचित बितरण गरि अगाडी बढ्न आवश्यक छ ।

प्रत्येक नागरिकले सरकारलाई मात्र दोस दिने र गाली गर्ने भन्दा आत्मअनुशासनमा बस्न पनि उत्तिकै जरुरी छ । सरकारले लागु गरेको बन्दाबन्दीको पालना गर्ने,जनस्वास्थ्यका नियमहरु लागु गर्ने हो भने यो महामारीबाट वच्न र वचाउन सकिन्छ । यो विचमा सरकारले लागू गरेको बन्दाबन्दी सबैले पालना गर्न जरुरी भएको पनि औल्याएका छन् ।

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी