वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

कोरोनाका कारण थप ३७ जनाको मृत्यु, ७४४८ संक्रमित थपिए

कोरोनाका कारण थप ३७ जनाको  मृत्यु, ७४४८ संक्रमित थपिए

काठमाडौ । नेपालमा सोमबार थप सात हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा सात हजार तीन सय ८८ र ५१८ एन्टीजेन परिक्षणका क्रममा ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको छ । हालसम्म नेपालका कोरोनाका कारण तीन हजार तीन सय ६२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप दुई हजार २१ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा दुई लाख ८६ हजार १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।
हाल नेपालमा ५४ हजार ४१ संक्रिय संक्रमित आइशोलेशनमा र २१२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २५ लाख २१ लाख १६४ पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

चितवनमा आजदेखि निषेधाज्ञा थप कडाई (फोटोफिचर)