वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

भारतमा खोपको अभाव जुलाईसम्म रहन सक्छः खोप उत्पादक कम्पनी

भारतमा खोपको अभाव जुलाईसम्म रहन सक्छः खोप उत्पादक कम्पनी

एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको खोपको अभाव महिनौसम्म हुन सक्ने खोप उत्पादक सेरम इन्स्टिच्युडका प्रमुख कार्यकारीले चेतावनी दिएका छन् ।

फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिदै सेरम प्रमुखले खोपको अभाव आगामी जुलाइसम्म रहने बताएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रणमा लिनका लागि तयारी गर्न असफल भएको अवस्थामा खोपको अभाव भएको र यो अभाव कम्तीमा जुलाईसम्म जारी रहने सेरम प्रमुखले बताएका हुन् ।

खोपको उत्पादन क्षमता दिन भित्र ६–७ करोड मात्रा प्रति महिनाबाट १० करोड मात्रा बताउने तयारी भइरहेका बेला पूनावालाको यस्तो चेतावनी आएको हो ।

सरकारले गएको जनवरीमा कोरोना भाइरसको संक्रमण कम रहेका बेला सम्भावित दोस्रो लहर नियन्त्रण वा त्यससँग जुध्नका लागि कुनै तयारी नगरेको आरोप पूनावालाले लगाएका छन् । उनले भनेका छन्, ‘सबैले भारतमा कोरोना भाइरसको महामारी अन्त्य हुन लागेको वा भएको सोचे, सम्भावित दोस्रो लहर तर्फ ध्यानै गएन ।’

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी