वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

भारतको पश्चिम बंगालमा चुनावको परिणामपछि हिंसा, ६ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा चुनावको परिणामपछि हिंसा, ६ जनाको मृत्यु

काठमाडौँ । भारत पश्चिम बंगालमा विधानसभा चुनावको नतिजापछि हिंसात्मक घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राजनीतिक हिंसाको घटनामा ६ जनाको ज्यान गएको उल्लेख गरेका छन् । कतिपय सञ्चारमाध्यममा भने मृत्यु हुनेको संख्या ६ जना भन्दा बढी रहेको उल्लेख गरेका छन् ।

भाजपाले तृणमुलका कार्यकर्ताको आक्रमणबाट आफ्ना ६ कार्यकर्ता मारिएको आरोप लगाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। यता हिन्दुस्तान टाइम्सले सोमबार राजनीतिक दलका कार्यकर्ताबिच कोलकातासहितका स्थानमा झडप हुँदा कम्तीमा ९ जनाको ज्यान गएको स्रोतहरुलाई उल्लेख गर्दै जनाएको छ।

घटनापछि केन्द्रीय गृहमन्त्रालयले पश्चिम बंगाल सरकासँग चुनावको नतिजा पछि भएको हिंसात्मक घटनाको विस्तृत विवरण मागेको छ । यता भारतीय जनता पार्टीले कांग्रेस कार्यकर्ताले आफ्नो कार्यकर्ता माथि आक्रमण गरेको आरोप लगाएको छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा LIVE

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित