वि.सं २०७८ जेठ १ शनिवार फोरेक्स युनिकोडमौसम

पाल्पामा ५०८ जना सक्रिय संक्रमित

पाल्पामा ५०८ जना सक्रिय संक्रमित

पाल्पा । पाल्पामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ । चैतको अन्तिम सातामा सक्रिय संक्रमित संख्या न्यून हुँदै आएकोमा हाउ उच्च गतिमा वृद्धि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । हाल थपिएका मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिका भित्रका रहेका छन् ।

तानसेन नगरभित्र हाल २३६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै रामपुरमा ३८, माथागढीमा ३९, पूर्वखोलामा २३, रैनादेवी छहरामा ७८, रम्भामा १० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । यस्तै बगनासकाली गाउँपालिकामा भित्र ३४, तिनाउमा २०, रिब्दीकोटमा २१ र निस्दीमा ९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल जिल्लाका विभिन्न स्थानीय तहले एन्टीजेन विधिबाट समेत कोरोना परीक्षण गर्दै आएका छन् ।

हाल जिल्लामा संक्रमितको संख्या दैनिक रुपमा बढेका कारण स्थानीय प्रशासनले लागु गरेको निषेधाज्ञामा पनि थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए । दैनिक संक्रमित बढ्ने र संक्रमितको मृत्यु हुने क्रम समेत बढेको हुँदा थप सजकता अपनाउनका लागि जिल्लाबासीमा अनुरोध गरिएको प्रजिअ पाण्डेले बताए । हालसम्म जिल्लामा ४२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

Oxygen shortage stalls operation of Bir Hospital's new building

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु, दैनिक संक्रमण र मृत्युमा केही कमी

चितवनमा आजदेखि निषेधाज्ञा थप कडाई (फोटोफिचर)