वि.सं २०७८ जेठ ३० आइतबार फोरेक्स युनिकोडमौसम

युवा सेन्टर ब्याक ग्रासिया हस्ताक्षर गर्दै बार्सिलोना

युवा सेन्टर ब्याक ग्रासिया हस्ताक्षर गर्दै बार्सिलोना

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले समर सिजनको पहिलो हस्ताक्षरको रुपमा ला मसियाकै उत्पादन सेन्टर ब्याक एरिक ग्रासिया भित्र्याउने भएको छ । गोल डटकमका अनुसार बार्सिलोनाले प्रिमियर लिग टिम म्यानचेष्टर सिटीबाट ग्रासिया भित्र्याउने विषयमा सहमति गरिसकेको छ ।

बार्सिलोनाको डिफेन्सलाईनको आलोचना भईरहेका बेला आफ्नै उत्पादन स्पेनिस ग्रासियालाई बार्साले प्राथामिकताका साथ हस्ताक्षर गर्न लागेको हो ।

बार्सिलोनाका पूर्वप्रशिक्ष पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटीमा ग्रासिया सन् २०१७ मा अनुबन्ध भएका थिए । यो सिजनको अन्त्यमा ग्रासियाको सिटीसँगको सम्झौता सकिदै छ । फ्रि ट्रान्सफरमा बार्सिलोना आउन चाहेका ग्रासियाले ईथाईड स्टेडिममा थप नबस्ने निश्कर्षसहित सम्झौता नथप्ने बताईसकेका थिए । उनले बार्सिलोनाको सिनियर टिमबाट खेल्ने ईच्छा व्यक्त गरेका थिए ।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले पनि ग्रासिया बार्सिलोना फर्कने कुरा अघिल्लो महिनानै बताईसकेका थिए । ग्रासियाले प्रिमियर लिगमा रहँदा कुनै गोल नगरेपनि काराबाओ कप र कम्युनिटी सिल्ड जितेका थिए ।

२० वर्षीय ग्रासियाले बार्सिलोनाको कमजोर रक्षापंक्ति सम्हाल्ने विश्वास गरिएको छ । कोरोना भाइरसको संक्रमणका कारण कमजोर भएको बार्सिलोनाको अर्थव्यवस्थालाई मध्यनजर गर्दै बार्सिलोनाले थोरै पैसा खर्च गरेर आफ्नै उत्पादन युवा डिफेण्डर हस्ताक्षर गर्न लागेको हो ।

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित

तपाईंको आज : २०७८ जेठ ३० गते आइतवार विशेष राशिफल

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग