वि.सं २०७८ जेठ ३० आइतबार फोरेक्स युनिकोडमौसम

ओली हटाउन, संसद बचाउन खनाल-नेपाल पक्षका सांसद राजीनामा दिँदैछन् ?

ओली हटाउन, संसद बचाउन खनाल-नेपाल पक्षका सांसद राजीनामा दिँदैछन् ?

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको अकर्मण्यता र ढुलमुले नीतिका कारण प्रतिनिधिसभा फेरी विघटन हुने खतरा बढिरहेको छ । संसद विघटन हुने विकल्पमा प्रधानमन्त्री ओलीलाई जान नदिन खनाल नेपाल पक्षसँग दुई विकल्प छन् । उनीहरूले ३० वैशाखसम्म सांसद पदबाट राजीनामा दिनुपर्दछ, अथवा नयाँ सरकार गठन गर्ने शेरबहादुर देउवा-प्रचण्ड-उपेन्द्र यादवको गठवन्धनलाई साथ दिनुपर्दछ ।

राष्ट्रपतिले सोमबार गरेको आब्हान अनुसार ३ दिन भित्र दुई वा दुई भन्दा धेरै दल मिलेर बहुमतसहित सरकार वठनका लागि दावी पेश नगरेमा ठूलो दलको हैसियतमा प्रधानमन्त्रीको दावी गर्न फेरी केपी ओली नै शितल निवास पुग्नेछन्।

ओलीले फेरि ३० दिनभित्र संसदबाट विश्वासको मत नपाए संविधानको प्रावधान अनुसार नै कुनै एक सांसदले सरकार गठनका लागि बहुमत पुर्याउने आधार देखाएर सरकारको दावी गर्नेछन् । त्यो विकल्प अनुसार पनि प्रतिनिधिसभाले सरकार दिन नसकेका संविधानत: संसद् विघटन तर्फ घटनाक्रम मोडिने छ।

जुनकुराको संकेत खनाल नेपाल पक्षकै नेता घनश्याम भुसालले समेत गरेका छन् । भुसाल भन्छन्, ‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’

त्यही शक्तिले हिजो नेकपा विभाजन गरेको र आज एमाले विभाजन गर्न लागिपरेको भुसालको दावी छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।’

प्रधानमन्त्री केपी ओलीको नाम नलिईकन घुमाउरो भाषामा ओली प्रति कटाक्ष गरेका भुसालले प्रधानमन्त्री ओलीसँग आत्मसमर्पण नगर्ने बताए । ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ,’ उनले भने ।

नेपाल पक्षले राजीनामा नदिए वा जसपाको महन्थ ठाकुर पक्षले ओलीलाई मतदान गरे वा वैकल्पिक सरकारलाई मतदान नगरे कुनै पनि सरकार बन्न नसक्ने भएपछि संसद् विघटन हुनेछ। जसपाको महन्थ राजेन्द्र पक्ष देउवाको नेतृत्वमा सरकार बनाउन सघाउने पक्षमा अहिले सम्म देखिएको छैन ।

त्यसको पुष्टी हिन्दुस्तान टाईम्सको ११ मे मा छापिएको सम्पादकीयले पनि गर्दछ । सम्पादकीयमा हिस्दुस्तान टाईम्सले ओलीलाई चुनावमा जाने वातावरण बनाउनका लागि महन्थ ठाकुरलाई सत्ता गठवन्धनमा तटस्थ बस्न भारतले सुझाव दिएको कुरा उल्लेख गरिएको छ । ‘भारतको सल्लाह महन्थ ठाकुरलाई तटस्थ बस्नु भन्नेछ, दिल्लीको सपोर्ट अहिले पनि ओलीलाई नै छ।’

अनिर्णयको बन्दी बन्यो नेपाल पक्ष

एमालेका नेता नेपाल र खनाल पक्षमा एकमत हुन सकेको छैन। उनीहरू निकट दोस्रो तहका कतिपय सांसदहरू राजीनामा नदिहाल्ने पक्षमा रहेको स्रोतको दाबी छ। उनीहरूसँग समझदारी भैरहेको र चाँडै टुंगोमा पुगिने नेपाल पक्षका एक नेताले बताए। नेपाल- खनाल भने तुरुन्तै राजीनामा दिएर वैकल्पिक सरकार निर्माणमा सहयोग पुर्‍याउने पक्षमा देखिएका छन् ।

नेपाल पक्षले असन्तुष्ट आफ्ना सांसदहरूलाई ञओलीले कुनै पनि सर्तमा संसद् विघटन गर्न खोज्दै छन्। हामीले राजीनामा नदिए सांसद पद र संसद् दुवै रहँदैन । राजीनामा दिएर संविधान र संसद बचाउनुपर्छ  भनेर सम्झाइरहेको स्रोतको दाबी छ ।

देउवा-प्रचण्ड-उपेन्द्र गठवन्धनले बहुमत जुटाएर सरकार बनाउन सकने संकेत एमालेकै एक नेताले गरेका छन् । केहीसमय अघि सम्म माधवकुमार नेपालको पक्षमा रहेका तर हाल ओली पक्षमा लागेका नेता विष्णु रिजालले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयॉ सरकार बनाउने सुविधा छ । तर, जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई याद हुनुपर्ने हो । किनकि, ०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको कांग्रेस ०५९ मा आफैं फुटेको इतिहास पुरानो भएको छैन ।’

खनाल-नेपालमाथि देउवा-प्रचण्डको आशंका
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको संसद अधिवेशनको अघिल्लो दिन खनाल नेपाल पक्ष र देउवा प्रचण्ड उपेन्द्र लगायतका नेताहरुबीच एउटा समझदारी बनेको श्रोतले दावी गर्यो । सहमति अनुसार खनाल नेपाल पक्षका सांसदहरुले सामुहिक राजीनामा दिने कुरा थियो ।

यसरी राजीनामा दिदा ओलीले विश्वासको मत नपाउने र नेपाल पक्षका ३० जनाको हाराहारीका सांसदहरुले राजीनामा दिएपछि कायम रहने सांसदहरुको संख्याको बहुमत ओली विरुको गठवन्धनमा पुग्ने विश्लेषण गरिएको थियो । ओली संसदबाट अल्पमतमा परेकै दिन साँझ देउवाले प्रधानमन्त्रीको दावी गर्ने र त्यसका लागि उनीसँग एकसय २५ भन्दा धेरै मत हुने अनुमान सहित बनेको योजना कार्यान्वयन भएन ।

नेता नेपालले आफ्नो पक्षका २४ जना भन्दा धेरै सांसदहरुको हस्ताक्षर संकलन गरेपनि राजीनामा गराउन सकेनन् । बरु एमाले बचाउने हो भने मिल्ने प्रस्ताव ल्याउन ओलीलार्य १३ घण्टे अल्टिमेटम दिए । १३ घण्टा पूरा भएपछि पनि ओलीले गन्दै गनेनन् । त्यसपछि नेपाल खनाल पक्ष राजीनामा हैन, बैठक बहिस्कार गर्ने निचोडमा पुग्यो ।

सोही कारण अहिले विपक्षी गठवन्धन नयाँ सरकार बनाउनका लागि बहुमतको कसरत गरिरहेको छ । संभावित यही अवस्थाको पूर्वानुमान गरेर सामुहिक राजीनामा गर्ने समझदारी बनाएपनि खनाल नेपाल पक्षले त्यसो नगरेपछि प्रचण्ड सो पक्षसँग असन्तुष्ट बनेको श्रोतको भनाई छ ।

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित

तपाईंको आज : २०७८ जेठ ३० गते आइतवार विशेष राशिफल

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग