वि.सं २०७८ जेठ ३० आइतबार फोरेक्स युनिकोडमौसम

देउवा-प्रचण्ड-यादव : दिर्घकालिन विपक्षी गठवन्ध बनाउन सहमत

देउवा-प्रचण्ड-यादव : दिर्घकालिन विपक्षी गठवन्ध बनाउन सहमत

काठमाडौं । विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र- बाबुराम पक्ष दिर्घकालिन हिसावले सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधानको रक्षा र लोकतन्त्रका लागि दिर्घकालिन रुपमा सहकार्य गर्ने समझदारी बनाएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

सभापति देउवासहित काँग्रेसका नेताहरु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु र जसपाका अध्यक्ष यादवसहितका केही नेता बैठकमा जुटेका थिए । केहीबेर अघि मात्रै सकिएको बैठकमा गठवन्धन सरकारका लागि दावी पेश गर्ने भनिएपनि अन्तिममा बहुमत पुर्याउन नसकेको बिहीबारको घटनाबारे समिक्षा भएको बैठकपछि नेता वर्षमान पुनले जानकारी दिए ।

‘हिजोको घटनाबारे समिक्षा गर्दै बहुमत जुटाउन सकिएन भन्ने निचोड निकालियो, कोरोना विरुद्धको अभियान लगायतका सामाजिक, राजनीतिक विषयमा सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ’ उनले भने ।

तीन दलले सरकार कोरोना संक्रमण नियन्त्रणका लागि असफल भएको ठहर गर्दै त्यसका विरुद्ध संयुक्त रुपले जनचेतना जगाउने काम गर्ने समझदारी पनि गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र बाबुराम पक्ष मिलेर प्रधानमन्त्री केपी ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्ने सहमति गरेका थिए ।

उनिहरुको सहमतिमा सुरुमा साथ दिएका एमालेका खनाल नेपाल पक्षले अन्तिममा साथ छोडेपछि विपक्षी गठवन्धनले बहुमत जुटाउन सकेको थिए । जसपाका राजेन्द्र महतो र महन्थ ठाकुरले समेत आफ्नो पक्षका सांसदहरु नयाँ सरकार बनाउन तयार नहुने बताउदै भक्तपुरको रिसोर्टमा पुर्याएका थिए ।

त्यसपछि विपक्षी दललाई बहुमतको गठवन्धन सरकार बनाउन झण्डै एक दर्जन मत नपुगेको हो । सरकारी गठवन्धन बनाउन तयार भएका तीनै नेता अहिले विपक्षी गठवन्धनलाई निरन्तरता दिन तयार देखिएका हुन् ।

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित, वेल्स र स्वीट्जरल्याण्डको बराबरी

तपाईंको आज : २०७८ जेठ ३० गते आइतवार विशेष राशिफल

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग