वि.सं २०७८ जेठ ३० आइतबार फोरेक्स युनिकोडमौसम

झापाबाट अध्यक्ष ओलीलाई खुलापत्र: 'तपाँईलाई जिताउन हामिले राप्रपाको झण्डा बोकेको बिर्सनुभो ?'

झापाबाट अध्यक्ष ओलीलाई खुलापत्र: 'तपाँईलाई जिताउन हामिले राप्रपाको झण्डा बोकेको बिर्सनुभो ?'

कमरेड अध्यक्ष
नेकपा एमाले, केन्द्रीय कमिटी।

विषय: अनुरोध सम्बन्धमा।

खासै लेख्नै पर्ने त केही थिएन, यद्यपि तपाईलाई अध्यक्ष मानेर सायदै अन्तिम पत्र लेख्दैछु ।
कमरेड, लगभग डेढ दशकको जेलजिवन सहितको ५ दशक लामो तपाईको राजनितिक इतिहास बालुवाटारको एक थान कुर्सीको लागि लिलाममा बिक्री गर्नुभएकोमा सर्वप्रथम दुख व्यक्त गर्दछु।

नाकाबन्दीलाई एउटा कुख्यात टेली चलचित्र जस्तो बनाएर कमाएको राष्ट्रवादी परिचय मोदीको परिकल्पनामा राजेन्द्र महतोजस्ता राष्ट्रघातीसंगको मेलेमिलापले माटामा नमिलाउनुपर्थ्यो। तर त्यस्तो भएन ।

सामन्त दलाललाई सफाया गरेर उदाएको तपाईको इतिहास सामन्त गोयलको टाङ्गमुनी छिरेर समाप्त हुने बाटोमा छ। पार्टी एकताको नाटक मन्चन गरि प्रधानमन्त्री त बन्न सफल हुनुभयो तर राष्ट्रको प्रमुख कार्यकारी जस्तो पद मदन भन्डारी फाउन्डेसनको अध्यक्ष सो सरह मान्नुभयो, जुन तपाईको राजनितिक जीवन ओरालो लाग्ने पहिलो खुड्किलो बन्यो ।

दुइतिहाइको जनमत एकतिहाई हाराहारीमा आउदा अनि संसदमा बिश्वासको मत गुमाउदा गुमाउदै पनि श्रीपेच नै लाउन खोज्नु तपाईको बेइमानी राजनितिको पराकाष्ठा हो भन्ने मेरो ठहर छ।

जनताको सात दशक लामो संघर्ष पछि बनेको संविधान मार्फत बनेको संसद, आफ्नै बहुमत हुदा पनि संविधानको मर्म बिपरित भालेझवांक देखाउदै भङ्ग गर्नुभो। भङ्ग मात्र गर्नुभएन अदालतले तपाईको कुकर्मलाई पास हुन नदिएपछी पुनस्थापित संसद पनि अर्को झ्वांकमा सिध्याइदिनुभयो। जसलाई प्रधानमन्त्री कार्यालयको (छाप लाउने) खरिदार सो सरहकि राष्ट्रपतिले छाप नलाउने कुरै भएन। यतिसम्म कि बालुवाटार र शितल निवास मात्र होइन स्वतन्त्र न्यायलयमा पनि सेटिङ्ग गरेर ऐतिहासिक बाम एकता गर्भमै तुहाउन सफल बन्नुभयो।

प्रधानमन्त्री बन्न नेकपा एमाले र (जनताको बहुदलिय जनवाद) जबज बागमती किनारमा अन्त्येष्टि गरेर पछि सेटिङ्गमा २ पार्टी अलग अलग बनाएर भएको एमाले आफुले अंशमा पाएको निजी सम्पती जस्तो मान्नु नै तपाईको लेन्डुपमार्गको यात्राको शुरुवात थियो।

काम नगरेको कारण भारतको पश्चिम बंगालमा बामपन्थी आन्दोलन कसरी बिसर्जन भयो ? अनि त्यही भारतको केरेलामा काम गरेवापत कसरी बामपन्थीहरुको एकल सरकार बन्यो यश बिषयमा जानकार नै हुनुहुन्छ होला। यसको मतलब जनता कसैको पेवा हुदैन भन्ने ज्ञान पक्कै भयो होला। मनमोहनले ९ महिने अल्पमतको सरकारमा गरेको कामको नारा लगाएर कहिले सम्म भोट माग्ने, अब त ओलीको दुइतिहाइको सरकारले गरेको काम देखाएर भोट माग्ने बेला होइन यो ? आफुले गर्दा दुइतिहाइ आएको भन्ने एकलकाटे सोच तपाइको जिवनकै भयङ्गकर भुल हो, यथार्थ त तपाईलाई जिताउन हामी झापालीले राप्रपाको झण्डा चै बोकेको हो नि ?

म जहिले पनि वामपन्थी एकताको पक्षमा आवाज उठाउने मान्छे हो। बाम एक भएकै कारण दुइतिहाई आएको यथार्थ भुल्नु हुदैन। यद्यपि अध्यक्षको नाताले पार्टीमा भएको बिग्रहको जिम्मा तपाइले नै लिनुपर्छ। पार्टी भित्रको अन्तरबिरोध हल गर्न नसक्नु तपाईको नेतृत्व गर्ने क्षमतामाथी प्रश्नचिन्ह उठ्छ नै ।

जे भए नि अन्तमा पार्टी एकताको लागि विभिन्न खुरापातमा नलागी निम्न ६ बुदाको कार्यन्वयन गर्नको लागि अनुरोध गर्दछु।

१ सत्ता टिकाउन भन्दा पनि पार्टी जोगाउन प्रतिबद्ध हुदै ०७२र२र२को स्थितीमा पार्टी पुर्याउने।
२ संसद बिगठन गल्ती भएछ भनेर पार्टी पंक्तिसंग माफी माग्ने।
३ स्वतन्त्र न्यायपालिकाको सबै अवधारणा मान्ने।
४ प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक रोज्ने।
५ कमरेड प्रकाश ज्वाला लगायतका सबै नेतामाथी गरिएका कार्वाही बिना सर्त फिर्ता लिनुपर्ने।
६ पुरानो पाठ्यक्रमको हटाइएको ूनैतिक शिक्षाू पुन शुचारु गरि आफू पनि पढ्ने।
धन्यवाद !
क्रान्तीकारी अभिवादन सहित
भिष्मराज पौडेल
संगठित सदस्य, झापा।

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित, वेल्स र स्वीट्जरल्याण्डको बराबरी

तपाईंको आज : २०७८ जेठ ३० गते आइतवार विशेष राशिफल

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग