वि.सं २०७८ जेठ ३० आइतबार फोरेक्स युनिकोडमौसम

सहायक निर्देशकको काम गरेकी अभिनेत्री सोनाम कपुरले कुन फिल्मबाट गरिन् बलिउडमा डेब्यु ?

सहायक निर्देशकको काम गरेकी अभिनेत्री सोनाम कपुरले कुन फिल्मबाट गरिन् बलिउडमा डेब्यु ?

कामठाडौं । बलिउड अभिनेत्री सोनाम कपुरको नाम ती कलाकारहरुको सूचिमा आउँछ जसले डेब्यु फिल्ममा सफलता हासिल गर्न सकेनन । तर उनले फिल्म प्रतिको आफ्नो सपनालाई पुरा गर्न मेहेनत गरिन् । अनि आफ्नो पहिचान बनाइन् ।

आज सोनामको जन्मदिन परेको छ ।उनको जन्म १९८५ जुन ९ मा भएको हो । उनले सन्जय लीला भंसालीको फिल्म ‘सांवरिया’ बाट आफ्नो करियर सुरु गरेकी हुन् । फिल्म २००७ मा रिलिज भएको थियाे । यस फिल्मको लागि उनले ८६ केजीबाट ३० केजी वजन घटाएकी थिइन् ।

उनले करियरको सुरुवातमा सन्जय लीला भंसालीसँग फिल्म ‘ब्ल्याक’ मा ‘असिस्टेन्ट डायरेक्टर’ को रुपमा काम गरेकी थिइन् । यही क्रममा सन्जयले उनलाई फिल्म ‘सावरिया’ मा कास्ट गराएका थिए ।

आइ हेट लभ स्टोरीबाट मिलेको पहिचान
२००९ मा उनले निर्देशक राकेह ओमप्रकाश मेहेराका राजनीतिक कथामा आधारित फिल्म ‘दिल्ली–६’ मा अभिषेक बच्चनको साथमा मूख्य भूमिकामा काम गरेकी थिइन् । २०१० मा रिलिज भएको कमेडी फिल्म ‘आइ हेट लभ स्टोरी’ बाट उनले आफ्नो पहिचान बनाएकी थिइन् ।

यसरी उनले दर्जन भन्दा धेरै फिल्ममा काम गरेकी छिन् । अहिले भारतमा कोरोना भाइरस संक्रमणको कारण जारी लाडाउनमा सोनाम सामाजिक सञ्जालमा व्यस्त देखिएकी छिन् । उनी आफ्नो फ्यानहरुको लागि अनलाइन मार्फत मेकअप गर्न सिकाइ रहेकी छिन् ।

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित, वेल्स र स्वीट्जरल्याण्डको बराबरी

तपाईंको आज : २०७८ जेठ ३० गते आइतवार विशेष राशिफल

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग