वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

मानव तस्करीका अभियुक्त नारदमुनी रानालाई प्रधामन्त्री ओलीबाट बन मन्त्रालयको जिम्मा !

मानव तस्करीका अभियुक्त नारदमुनी रानालाई प्रधामन्त्री ओलीबाट बन मन्त्रालयको जिम्मा !

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी ओलीले मानव तस्करी मुद्दाका अभियुक्त नारदमुनी रानालाई ‘मन्त्री पदको उपहार’ दिँदै छ । उनले आफैले विघटन गरेको प्रतिनिधिसभाका सांसद् रानालाई बन तथा वातावरण मन्त्री बनाएका हुन् ।

रानाविरुद्ध रातो पासपोर्टको दुरुपयोग गरेर मानव तस्करी गरेको अभियोग छ। प्रतिनिधि सभाका लागि कैलाली–५ बाट निर्वाचित रानाको मानव तस्करी मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कूटनीतिक राहदानी दुरुपयोग गरी मानव तस्करी गरेको अभियोगमा ८ देखि १० वर्षसम्म कैद र विगो तथा जरिवाना समेत माग गरी विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियाे ।

भने किर्ते तथा जालसाझीको मुद्दामा काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा चलेको थियो । उनले संविधासभाका बेलामा कूटनीतिक राहदानी २२ लाखमा बेचेर मानव तस्करी गरेको भन्दै मुद्दा परेको थियो । यस मुद्दाको सर्वोच्च्मा अन्तिम सुनुवाइ हुँदैछ । अहिले कोराेनाका कारण निषेधाज्ञा भएकाले यस मुद्दाको गत २५ जेठका लागि तोकिएको पेसी स्थगीत भएको थियो ।

उनको राहदानीको फोटो परिवर्तन गरेर ११ डिसेम्बर २०१० मा म्याग्दीका निर्मल बाँनिया अस्ट्रेलिया उडेका थिए । राहदानी दुरुपयोग गरी मानव तस्करी गरेको अभियोगमा रानालाई २० असार ०६८ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ पनि गरेको थियो।

विषेश अदालतले उनलाई सफाइ दिएपछि अख्तियारले ९ जेठ ०७३ मा सर्वोच्चमा पुनरावदेन निवेदन दर्ता गरेको थियो । सोही मुद्दाका अभियुक्त मध्येका पूर्वसभासदहरू शिवपुजन राय, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई विषेश अदालतले दोषी ठहर गरी तीन महिना कैद र जनही १५ हजार जरिवाना तिराउने फैसला गरेको थियो । अख्तियारले भने यादव र साहले १ करोड ६२ लाखमा राहदानी बेचेर मानव तस्करी गरेको अभियोग थियो । सो फैसला विरुद्ध चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

गठबन्धनको बैठकमा देउवाले मागे माफि