वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

काँग्रेसको महाधिवेशन ९ दिन पछि सर्‍यो, भदौ १६ गतेदेिख चार दिन चल्ने

काँग्रेसको महाधिवेशन ९ दिन पछि सर्‍यो, भदौ १६ गतेदेिख चार दिन चल्ने

काठमाडाैं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आजको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

उक्त निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उनले बताए ।

काँग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको थियो । सोहीअनुसार क्रियाशील सदस्यतासम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो ।

महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्यतालिका प्रभावित भएको भन्दै काँग्रेसले नयाँ कार्यतालिका निर्धारण गर्नुपरेको जनाएको छ ।

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

गठबन्धनको बैठकमा देउवाले मागे माफि

ब्याण्ड ‘स्लिपनट’ का पूर्व ड्रमर जोय जोर्डिसनको निधन

जलेश्वरमा भाइरल ज्वरोको बिरामी ह्वात्तै बढे

सत्ता पक्षबीच तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति