वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग

मट्टीतेल खन्याएर जलाउनेमाथि कारबाही गर्न महिला आयोगको माग

काठमाडौं । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले डोटीमा मट्टीतेल खन्याएर जलाइएकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाबारे बुझी दोषीलाई कारबाहीको माग गरेकिछिन् । । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी भाटको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष पराजुली पुगेका थिइन्।

भेटका क्रममा पीडित भाटले आफू र नाबालक छोरीलाई आगो लगाई ज्यानमार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरिन् ।

एक साता अगाडि श्रीमानद्वारा जलाईएकी भाट र उनकी छोेरीको उपचार भइरहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयको महिला हिंसा निवारण कोषबाट रु पाँचलाख वर्न अस्पतालमा निकासा भएर अहिले पीडितकोउपचार भइरहेको छ । गृह मन्त्रालयले पनि पीडितको उपचार सरकारले गर्ने गराएको छ ।

अनुगमनको क्रममा अस्पताल प्रमुख एवं सम्बन्धित चिकित्सकले भाट हाल गर्भवती समेत रहेकाले उहाँको उपचारको साथै विषेश ध्यान राख्नुपर्ने जानकारी गराउनुभएको थियो ।

डोटी जिल्ला आदर्श गाउँपालिका वडा–४ बस्ने वर्ष २८ की लक्ष्मी भाटलाई दुई वर्षको छोरी अञ्जु भाट समेतलाई आफ्नै श्रीमान्ले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएको घटना सार्वजनिक भएको थियो ।

महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था यस घटनाले देखाएको भन्दै पीडकले हदैसम्मको सजायँ पाउनुपर्नेमा उनको जोड छ ।

आगोले जलेपछि नजिकैको अस्पतालमा उपचारको लागि लगिएको थियो । सो अस्पतालमा भाटको उपचार हुन नसकेपछि गृह मन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी भाट र उनकी छोरीलाई हेलिकप्टरमार्फत उपचारको लागि सोमवार काठमाडौँ ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

गठबन्धनको बैठकमा देउवाले मागे माफि