वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

सत्ता पक्षका सांसद भन्छन् : नीति तथा कार्यक्रममा धेरै कुरा छुट्यो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिका छलफलमा भाग लिँदै सत्तापक्षका प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममा धेरै विषय छुटेको गुनासो गरेका छन् । प्रदेशसभाको आजका बैठकमा आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तुत गरिएको नीति कार्यक्रमको सैद्धान्तिक छलफलमा भाग लिदै सत्तापक्षीय सदस्य नेपालु चौधरी र पठानसिंह बोहराले नयाँ कार्यक्रममा नयाँपन केही नदेखिएको र समेट्नु पर्ने धेरै विषय छुटेको बताए ।

सत्तापक्षका सदस्यहरु हर्कबहादुर कुवँर,अमरबहादुर साउद,देवकी मल्ल, प्रेमप्रकाश भट्ट,सुशीला बुढाथोकी र नन्दबहादुर साउदले भने नीति कार्यक्रम कार्यान्वयनमा जोड दिए ।

प्रतिपक्षी दलका प्रदेश सभाका सदस्यले नीति कार्यक्रम अनुसारको बजेट विनियोजन गरी कार्यान्वयनमा गर्र्न,तीनवटै तहका सरकारसँग समन्वय गरेर काम गर्न, बजेट बाँडफाँडमा समानुपातिक सदस्यलाई विभेद नगर्न सुझाव दिए । उनले नीति कार्यक्रममा दलित,राउटे, मुक्त हलिया, मुक्त कमैया र कम्लहरी,जस्ता सीमान्तकृत वर्गको हक हितको विषय छुट्टा छुट्टै रुपमा सम्बोधन गर्र्न र बादी समुदायको गाँस र आवासको व्यवस्थापनमा जोड दिए ।

छलफल आइतबार पनि जारी रहने छ ।

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

गठबन्धनको बैठकमा देउवाले मागे माफि