वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

सत्ता टिकाउन तल्लिन हुँदा कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : वर्षमान पुन

रोल्पा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता टिकाउने खेलमा लाग्दा कोरोना नियन्त्रण प्रभवकारी नभएको बताएका छन् । प्रधानमन्त्री ओली संघीय लोकतान्त्रिक गणतन्त्रान्तिक व्यवस्थालाई ध्वस्त पार्न तल्लिन हुँदा महामारी नियन्त्रणमा ध्यान नदिएको आरोप लगाए ।

पूर्वमन्त्री समेत रहेका नेता पुनले सरकारले जनताको जीवन जोखिम परिरहेको बेलामा जनउत्तरदायित्व काम नगरी मनपरी र सत्ता टिकाउनको लागि निरन्तर प्रहार गर्दै जनताको स्वास्थ्यमा खेलवाड गरेको समेत आरोप लगाए ।

नेकपा माओवादी केन्द्र र अन्य सहयोगी सँस्थाहरुको सहयोगमा रोल्पामा स्वास्थ्य सामाग्री हस्तातरण गर्दै नेता पुनले यस्तो बताएका हुन् ।

रोल्पा जिल्लामा चिनियाँ कम्युनिष्ट पार्टीले र प्रवास व्यूरोले पठाएको रोल्पा अस्पताललाई २ वटा अक्सिजन कन्सिटर मेसिन २ वटा, के ९५ माक्स २००, ५ सेट पी।पी।इ। सेट, ५००० वटा सर्जिकल माक्स, १ काट्रोन सेनिटाइजर १ कार्टुन, एन्टीजेन किट १०० थान प्रदान गरेको छ ।

यसैगरी रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकालाई २५००÷२५०० थान सर्जिकल माक्स, १÷१ वटा अक्सिजन जेनेरेट मेसिन, १००÷१०० थान एन्टीजेन किट, के ९५ माक्स १००÷१०० वटा प्रदान गरिएको छ ।

आइतबार घर्तीगाउँमामा माडी गाउँपालिका, गंगादेव गाउँपालिका, थबाङ गाउँपालिका र परिवर्तन गाउँपालिकालाई पनि गाउँपालिकालाई २५००÷२५०० थान सर्जिकल माक्स, १÷१ वटा अक्सिजन जेनेरेट मेसिन, १००÷१०० थान एन्टीजेन किट, के ९५ माक्स १००÷१०० वटा प्रदान गर्ने कार्यक्रम रहेको समेत पुनका सचिवालयका सदस्य सन्तोष पुनमगरले बताए ।

 

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

गठबन्धनको बैठकमा देउवाले मागे माफि