वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

युरोकप : नवप्रवेशी फिनल्यान्डसँग खेल्दै डेनमार्क

काठमाडौं । युरोकप २०२० को तेश्रो खेलमा डेनमार्कले शनिबार नयाँ टीम फिनल्यान्डसँग खेल्दैछ। फिनल्यान्ड युरोकपमा डेब्यु टीम हो।

प्रशिक्षक कस्पेर हजुलमान्डले युवा फर्वाड कास्पर डोलबर्ग र जोनस विन्डलेलाई आक्रमणको जिम्मा दिएका छन्।

खेल नेपाली समय अनुसार अहिले राती ९ः४५ मा डेनमार्कको कोपनहेगनमा हुनेछ ।

फिनल्यान्डलाई स्ट्राइकर टिमु पुकीको एन्कल इन्जुरीले समस्या निम्त्याएको छ। तर उनी एस्टोनियासँगको वार्मअप खेलमा अन्तिम ३० मिनेट खेलेकाले पुनरागमनको सम्भावना छ।

फिनल्यान्डका लागि डेनमार्कलाई हराउन सहज छैन किनभने डेनमार्क केही स्टार खेलाडीको बलमा राम्रो प्रदर्शन गर्न सक्ने टीम हो । युरोपका बलिया टोलीलाई समेत माथ दिनसक्ने भएकाले फिनल्यान्ड डेनमार्क सँग सतर्क रहने आँकलन गरिएको छ ।

जारी युरोकपमा फिनल्यान्ड र नर्थ म्यासेडोनिया पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका छन्। छनोटमा १० मध्ये ६ खेलमा जित हासिल गरेको फिनल्यान्डले जितेका कुनैपनि खेलमा गोल खाएको छैन्। त्यस्तै अन्य चार खेलमा भने उसले १० गोल खाएको थियो ।

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

गठबन्धनको बैठकमा देउवाले मागे माफि