वि.सं २०७८ साउन १३ बुधबार फोरेक्स युनिकोडमौसम

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित, वेल्स र स्वीट्जरल्याण्डको बराबरी

युरोकप : फिनल्याण्डद्वारा डेनमार्क पराजित, वेल्स र स्वीट्जरल्याण्डको बराबरी

काठमाडौं । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको खेलमा डेनमार्क पराजित भएको छ । फिनल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको हो।

शनिबार राति कोपनहेगनमा डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद शुरूवात गरेको हो ।

पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरो कपमा यो पहिलो जित हो ।

जितसँगै समूह बी को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।

डेनमार्कले भने हारबाट प्रतियोगिताको शुरूवात गरेको छ ।

फिनल्याण्डसँग पहिलो हाफ चलिरहेका बेला डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए ।
उनलाई मैदानबाटै अक्सिजनसहितको अस्पताल लगिएको थियो । उनी मैदानमा लडेपछि डेनमार्क खेलाडी चिन्तित थिए ।

एरिक्सन लडेपछि खेल केही समयका लागि रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा फिनल्याण्डले विजयी भएको छ । फिनल्याण्डले डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

यसैबीच युरोकपको १६औँ संस्करणको आफ्नो पहिलो खेलमा  वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

बकु ओलम्पिक स्टेडियममा स्वीट्जरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए  ।

बराबरीसँगै समूहको दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले १ खेलमा १ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ ।

यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता

माओवादीले भन्योः पार्टीबारे किर्तेगरी भ्रम फैलाउनेलाई कारबाही हुनु पर्छ

गठबन्धनको बैठकमा देउवाले मागे माफि