वि.सं २०७७ फागुन १५ शनिवार फोरेक्स युनिकोडमौसम

आजको सन्दर्भमा आदिवासी जनजातिले पहिचानको विषय कसरी बुझ्ने ?

आजको सन्दर्भमा आदिवासी जनजातिले पहिचानको विषय कसरी बुझ्ने ?

आदिवासी जनजातिले उठाइरहेको पहिचानको विषयलाई आजको सन्दर्भमा हामी कसरी बुझ्ने ? अहिले प्रधानमन्त्री केपी ओलिले प्रतिनिधिसभा विघटन गरेर गरेको प्रतिगमन बैचारिक/राजनैतिक रुपले कुन प्रवृति वा कुन चिन्तन संग सम्बन्धित छ ? अब समाजवादसँगको हाम्रो पहिचानको, समावेशिताको, समानुपातिकताको आन्दोलनको साइनो वा जातीय उत्पीडन, विभेद र त्यसबाट मुक्ति कहिले प्राप्त हुन सक्छ ? भन्ने बिषयको आजको सन्दर्भमा चर्चा गर्नु उचित हुनेछ ।

पहिचान, जातीय उत्पीडन र विभेद आदीकुराहरुको लामो राजनीतिक / बैचारिक इतिहास छ । नेपालमा नेपाली कम्युनिष्ट आन्दोलन खास गरी जनयुद्धले मूल रुपमा यो विषयलाई उठाइसकेपछि सबै राजनैतिक दलहरु त्यसमा पनि कम्युनिष्ट पार्टीहरुले जातीय उत्पीडनलाई अन्त्य गर्ने कुरालाई आत्मसाथ गर्दै राष्ट्रिय राजनीतिमा मुल प्रवाहीकरण गरेको इतिहास साक्षी छ । खास गरी कम्युनिष्ट आन्दोलन बर्गीय आन्दोलन हो । देशमा भएका सबै जातीय, लैंगीक क्षेत्रगत या अन्य सांस्कृति विभेद, उत्पीडन, अन्याय, शोषणहरुलाई पनि अन्त्य गर्दै अगाडी बढेर मात्र वर्गीय संघर्षलाई मजबुद बनाएर लान सकिन्छ भन्ने कुरा जुन दिन आत्मसाथ गरेर लग्यो त्यस दिन नेपाल कम्युनिष्ट आन्दोलन थप मबजबुद र सशक्त बन्यो । त्यसै गरीे जातीय मुक्ति आन्दोलन पनि जुन दिन कम्युनिष्ट आन्दोलन वा सर्वहारा आन्दोलनसँग एकाकार गरेर जाँदामात्र मुक्ति सम्भव छ भनेर अगाडि बढ्यो त्यतिवेला मात्र जातीय मुक्ति आन्दोलन शसक्त र राष्ट्रिय आन्दोलन बन्न पुग्यो ।

विगतमा पनि विभिन्न अग्रज व्यक्ति संस्थाहरुले जातीय उत्पीडन विभेदहरुको कुरो उठाएका थिए तर त्यो सशक्त रुपमा राष्ट्रिय आन्दोलन बन्न सकेन ।
विश्व साम्राज्यवादको उदय संगै त्यतिवेलाका जातीय मुक्ति आन्दोलनहरु दुई ढंगले अघि बढ्न पुग्यो । एकातर्फी राष्ट्रिय मुक्ति आन्दोलनहरु सम्राज्यवादसंग मिलेर गयो । त्यो पिछलग्गुको भुमिकामा एउटा साम्राज्यवादका बिरुद्ध अर्को साम्राज्यवादको खेल्ने बनेर । हामीले श्रींलका देख्यौ, अहिले सिरिया, अफगानिस्तानमा देखिरहेका छौ । एउटालाई अ‍ेमेरीकाले, अर्कोलाई रसियाले, अर्कोलाई इरानीले, अर्कोलाई इण्डियाले लडाई रहेको छ । उनिहरुलाई लाग्छ हामी हाम्रो मुक्तिका लागि लडिरहेका छौं, तर लडाई सम्राज्यवादको सहयोगमा गएको छ र भएको छ । सिरिया लगाएत विश्वका कयौ ठाउमा त्यही भईरहेको छ । आफ्नो मुक्तिको लागि लडिराखेका छौँ भन्ने उनिहरुलाई भइराखेको छ तर उनिहरु बास्तवमा साम्राज्यवादको लागि लडिराखेका छन ।

तर अर्को ढंगले बढेको जातीय मुक्ति आन्दोलनहरु जुन कम्युनिष्ट पार्टी या सर्वहारा आन्दोलनसँग जोडिएर अगाडि बढे ति मुक्त भएका छन । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनले वा जातीय मुक्ति आन्दोलनले पनि हामी एक भएर जाँदा मात्रै हाम्रो मुक्ति सम्भव छ, भनेको दिन देखि राष्ट्रिय मुक्ति आन्दोलनहरु प्रभावकारी भएका हुन् । त्यस्तै गरी नेपालका कम्युनिष्ट आन्दोलनहरु पनि थप प्रभावकारी भएका छन् । आज यो कुराहरुलाई सबैले आत्मसाथ गर्नुपर्र्दछ ।

फ्रान्सीस फुकुयामाले अमेरीकामा ट्रम्पको उदयपछि यो व्यक्तिको कुरा नभई फासिवादसँग, नाजीवादसँग तुलना गर्दै ट्रम्प फासिवादतिर गइराखेको कुरालाई उल्लेख गरेका छन् । उनको उदय विश्वव्यापी परिघटना हो भन्ने सन्दर्भमा आइडेन्टीटी भन्ने एउटा किताब लेखेका छन् । त्यसमा आइडेन्टीटी भनेको के हो भन्दै गर्दा उनको कुरा हामी कम्युनिष्टसँग मिल्ने खालको नजिकको विश्लेषण छ ।

उनले लेखेको छन, ‘पहिचान भनेको जो उत्पीडित छ, जो माइन्योरिटीमा छ, वा राज्यको मुल प्रवाहमा नभएका मान्छेहरुको पहिचानको कुरा हो । शासनमा नभएकाहरु, विभेदमा भएकाहरुको पहिचानको कुरा हुँदासम्म त्यो प्रोग्रेसीभ कुरो हो’ भनेर लेखेका छन् । जस्तै युरोपको हकमा, अमेरिकाको हकमा त्यहाका आप्रवासीहरु, धार्मिक अल्पसंख्यकहरु, त्यहाँका आदिवासीहरुको सन्र्दभमा पहिचानको कुरा ठिक छ । त्यसैले त्यस्लाई लैंगिक समुदाय जस्तै तेस्रो लिंगी समुदायहरुको कुरो पनि सही छ । त्यहाँका कम्युनिष्टहरुले पनि त्यसलाई समर्थन गरे । किनभने यो लोकतान्त्रिक, प्रगतिशिल आन्दोलन हो ।

उनको त्यो कितावको विश्लेषणले पनि त्यहाँ दुईटा धार देखियो । हामीले पनि विश्लेषण गरेको त्यो फुकुयामाको आइडेन्टीटीमा पनि रहेको कुरो के हो भने पहिचानका आन्दोलनहरु कतिखेर कमजोर भए भन्दा जब पहिचानका आन्दोलन एकिकृत रुपले राज्यसत्ताका बिरुद्ध लडे त्यतिवेलासम्म प्रभावकारी भए । तर जहाँबाट पहिचानलाई जाति, क्षेत्र, समुदाय आदीका नाममा मसिना मसिाना कुराहरुमा विभक्त गरियो, टुक्रा टुक्रा गराइयोे तव जातीय मुक्ति आन्दोलन कमजोर भए र शासकहरुले दमन गरे ।

अप्रवासीहरु एक हुँदासम्म उनिहरुले अधिकार पनि पाए । मुभमेन्ट पनि शसक्त भयो । तर जब इन्डियन आप्रवासी, अफ्रीकन आप्रवासी, ल्याटिन आप्रवासी अझ त्यसमा पनि आप्रवासीहरु को कहाँ बस्ने ठाँउका आधारमा अलग अलग भए तब शासकहरुलाई खेल्न सजिलो भयो ।

ट्रम्पले गोराहरुको राष्ट्रियता आप्रवासीहरुले खाए मिचे, लगे भन्ने कुरालाई चुनावी नारा बनाएर र चुनाव पनि जिते । ठ्याक्कै त्यस्तै मोदीले हिन्दु राष्ट्रवादको कुरा ल्याए । २५ करोड अल्पसंख्यक मुश्लिमहरुमाथि उत्पीडन सुरु गरे । अहिले नेपालमा केपी ओलीले लिएर आको कुरा ठ्याक्कै त्यहि हो । यहाँ बहुसंख्यक अन्ध राष्ट्रवादको रुपमा केपीले तीकुरा साम्राज्यवादको पुच्छरको रुपमा यहाँ लिएर आएका छन् ।

त्यसैले यो कुरा विचारणीय छ भन्दै मूल कुरा हो भन्ने फुकुयामाले आफ्नो आर्टीकलमा राखेका छन् । त्यसैले हामीले पनि हेर्ने के कुरा हो भने आदिवासी जनजजाती एउटा बृहत हुँदा राम्रो हो । मगर एकतिर, तामांङ अर्कोतिर अनि अरु जनजति अर्कोतिर लाग्यो । मगरहरुको पनि अलि सघन रुपमा बसेकाहरु एकातिर, बाहिर अलि अल्पमतमा, अलि सानो ठाउँमा बसेका हरुको अर्कोतिर ।

तराईतिर , मधेशतिर बसेकाहरुको, हिमालतिर पश्चिमतिर बसेका मगरहरुको पनि भाषिक रुपले फरक छ । एउटा आधिकारीक र कमन कुरा नखोज्ने हो भने त्यहाँनेर पनि टुक्रा टुक्रा हुने स्थिति छ । त्यसैले मगरहरु पनि कोही कहाँ बसेका कोही कहाँ बसेका कोही पावरमा पुगेका कोही नपुगेका त्यस्तो खालको विभाजित मनस्थितिले हेर्दा के भयो भने पुन मगर नै होइन भन्नेसम्म पनि आयो । सात लाख पुनहरु छन् तर पुन त अलग जाती हो भनेर कोही पुनले जनै लगाएर पनि हिँड्न थाले । त्यसलाई हस्तक्षेप गर्दै पुन मगर सघं बनाएर त्यसलाई बल्ल बल्ल रोक्यो । यो विकृतिकरण हो । साम्राज्यवादी प्रतिक्रियावादी शासकहरु त्यसरी नै खेल्छन र जातीय मुक्ति आन्दोलनलाई विभिन्न बहाना र नामबाट टुक्रा टुक्रा पारिदिन्छन ।

आदिवासी जनजाती थारु भयो । थारुमा पनि राना थारु अलग भनेर छुट्याउने काम भयो । त्यसरी कल्सरीया थारु, पुर्वीया थारु कति थारु थारु । यसरी विभाजित हुदा थारु मुभमेन्ट कमजोर बन्ने निश्चित हुन्छ । त्यसै गरी ४२ थरी राईहरु बनाइदिएर टुक्रा टुक्रामा विभाजन गरियो । महत्वपूर्ण कुरा पहिचान भनेको त राष्ट्रिय पहिचान हो । मुख्य कुरो समावेशीता, समानता, समानुपतिकको कुरा जोडतोडले लग्यो भने त्यो मजबुद र प्रभावी पनि हुन्छ । साम्राज्यवादी प्रतिक्रियावादीहरुले टुक्रा टुक्रा बनाउन खोज्छ उत्पीडितहरु जान अन्जानमै साना साना बिषयमा आधारित भएर विभाजित हुदा त्यही गर्न पुग्छन र आफै कमजोर हुन्छन्, सिद्धिन्छन् । यो कुरो बिचारणीय छ ।

माइनोरिटी आइडिन्टीटी ठिक हो । ट्रमको मेज्योरिटी आइडिन्टीटी भनेको के हो भने हामी ह्वाइटहरु कमजोर भयौ । आप्रवासीहरुले हाम्रो भाषा संस्कृति खाइदिए भन्ने हो । त्यो ह्वाइट नेश्नालिज्म हो । त्यास्लाई पपुलर नेश्नालिज्म पनि भनिन्छ । त्यसलाई हामी माक्र्सवादीहरुले अन्धराष्ट्ररवाद भन्छौँे । तर ट्रम्पले गोराहरुको राष्ट्रियता आप्रवासीहरुले खाए मिचे, लगे भन्ने कुरालाई चुनावी नारा बनाएर र चुनाव पनि जिते । ठ्याक्कै त्यस्तै मोदीले हिन्दु राष्ट्रवादको कुरा ल्याए । २५ करोड अल्पसंख्यक मुश्लिमहरुमाथि त्यहाँ उत्पीडन सुरु गरे ।

अहिले नेपालमा केपी ओलीले लिएर आएको कुरा ठ्याक्कै त्यहि हो । यहाँ बहुसंख्यक अन्ध राष्ट्रवादको रुपमा केपीले तीकुरा साम्राज्यवादको पुच्छरको रुपमा यहाँ लिएर आएका छन् । यो डर लाग्दो कुरा हो । ओलीसँग पार्टीमा , बिचारमा मदभेद त छँदैछ । साथसाथै समावेशीता, समानुपातिकता पहिचान आदी धेरै कुरामा पनि मतभेद हो । उनले अहिले बहुसंख्यकको कुरा गरेका छन् । पुरुषहरुको बहुसंख्यक उपस्थितिमा पुरुषले नै अझै शासन गर्ने, अझै दमन गर्ने फासिवाद त्यहि हो नि त । हामी पुरुषहरुले त महिला संघ बनाएर महिलालाई अगाडि बढाउने हो । आफूले घरको काम गरेर महिलालाई अगाडि बढाउने हो । त्यसो गर्दा मात्रै पुरुष र महिला शसक्त हुने हो ।

कमरेड प्रचण्ड, माधव नेपाल , झलनाथ खनाल जस्ता ब्राह्मण समुदायबाट उच्च जातीय समुदायबाट आएका कमरेडहरुले मगरहरु जानजातीहरु यहाँ उत्पीडनमा छन भनेर संगठन गर्दा हामी आएका हौँ । आज त्यसलाई नछुट्याइकन केपी–प्रचण्ड दुवै बाहुन उस्तै हुन् भन्दै दुवैलाई गाली गर्न लाग्यौ भने हामी फेरीपनि टुक्रा टुक्रा भएर उत्पीडित भएर बस्न र थप उत्पीडनमा पर्न लायक छौँ भन्ने मै जान्छौ ।

त्यसैले बैचारीक कुरा के हो भने फासिवाददेखि हामी विशेष नश्लका हौँ भनेर साठी चौसठ्ठी लाख यहुदीहरुलाई मारेर फासिवाद लागु गरेको हिटलर प्रबृत्ति आज ओलीसँग छ त्यही नै हाम्रो मतभेद हो । व्यक्तिगत रुपले उहाँसंग केह पनि छैन । विचार र चिन्तनको कुरो हो हेर्ने । त्यसैले अध्यक्ष कमरेडहरुले यो मुभमेन्ट, नेताहरुलाई अगाडि बढाउने भनेर आफ्नो जातीलाई छोड्नुभयो । किन छोड्नुभयो त भन्दा उहाँ कम्युनिष्ट भएर छाड्रनु भयो ।

हामीले पनि यतिवेला के गर्ने भन्दा समावादी आन्दोलनमा कमरेड स्टालिन भन्नुहुन्छ, ‘सर्वहारा वर्ग एक्लैले लडाई जित्न सक्दैन । समाजवादी क्रान्तिमा तर त्यसको रिर्जभ फोर्सको रुपमा जातीय मुक्ति आन्दोलन साथै अरु आन्दोलनहरु हुन्छन । त्यसलाई सहयोगी आन्दोलन बनाएर गयो भने मात्रै समाजवादी क्रान्ति सजिलै जित्न सकिन्छ ।’ त्यस अर्थमा आज समाजवादी क्रान्तिको आधार तयार गरिराख्दा पनि जातीय मुभमेन्ट, राष्ट्रिय मुभमेन्टहरु पनि प्रभावकारी भएका छन् । यी जातीय मुक्ति आन्दोलनलाई समाजवादी आन्दोलनको सहयोगी बनाउनुपर्छ । त्यो भन्दा सिमा नाघ्यो भने त्यो टुक्रा टुक्रा भएर जान्छ । त्यो अतिवादमा पुग्छ र पछिल्लो कुराले पनि के देखायो भने सबैभन्दा बढी पहिचानको कुरा गर्ने नविन रोकाहरु अहिले ओली जीसँग छन् । जुनकुरा मिल्दै नमिल्ने । यसले के देखिाउछ भने एउटा अतिवादी अर्को अतिवादमा जाँदो रहेछ ।

त्यसैले हामी अतिवादी होइनौँ । हामी माक्र्सवादी हौँ । हामी कम्युनिष्ट हौँ । उत्पीडित समुदायबाट आएका कम्युनिष्ट हौँ । कम्युनिष्टका रुपमा उत्पीडित समुदायमा गएर त्यो रिर्जभ फोर्सलाई लिएर सर्वहारा वर्गलाई पनि मुक्त गर्ने, समाजवाद तर्फपनि जाने र आफ्नो समुदायलाई पनि विभेद उत्पीडनबाट मुक्त गर्ने कुरा हो । त्यसकालागि यो बैचारिक धरातलमा छलफल सुरु गरौं । मगरमात्र एक्लै बसेर हामी यस्तो भन्ने होइन । हामी त अरु उच्च जातीय समुदायबाट आएका साथीहरुलाई ल है यो हो उत्पीडन, बहिष्करणमा परेको भनेर । यो बैज्ञानीक कुरो हो । जोसँग पनि भन्न सकिने विषय हो नि त । यस अर्थमा आदिवासी जनजाती संघ र मगर संघ छ ।

आज बैचारिक रुपले कम्युनिष्ट पार्टी, बिचार, राजनीति, पद्धति कुरो को द्धन्द्ध केपी ओलीसँग छ । साथसाथै उत्पीडन विभेदलाई हेर्ने कुरामा समावेशीतालाई, समानुपातिकतालाई, धर्मनिर्पेक्षतालाई हेर्न कुरामा पनि उहाँसंग मतभेद हो । उहाँ बहुसंख्यकको कुरा गर्ने भन्नुहुन्छ । बहुसंख्यक आफै हावी छ प्रभावकारी छ । दश जना पुरुषले एकजना महिला हुँदा कसको अधिकार संरक्षण गर्ने हो त ? दशजना मगरहरुमा एकजना दलित बसेकोबेला छुवाछुतको कुरामा दलित साथीको भावना हेरौँ भन्न होला नि त । बहुसंख्यक आफै हावी भैहाल्छ नि । तर ती बहुसंख्यकभित्र उत्पीडितहरु जो आर्थिक रुपले उत्पीडनमा छ विभेदमा छ त्यो कुरा हामी कम्युनिष्ट हौँ हामीले हेर्नुपर्छ । त्यसैले पहिलो वर्गीय र दोश्रो चाही विभिन्न खालका उत्पीडनहलाई हामी कम्युनिष्टहरुले बोकेर हिँड्नुपर्छ । यो बैज्ञानिक कुरा हो । यसो गर्दा कसैले जातीवादी भन्छ, कसैले विखण्डनवादी भन्छ कि भन्ने कुरो होइन । कम्युनिष्टले सबै विभेदलाई उठाउने कुरो कम्युनिष्ट भएरमात्रै त्यो उठाउन सकिन्छ । कम्युनिष्ट नभएको दिन त्यो जातीवादमा जान्छ । कम्युनिष्ट नभएको दिन अर्को संकिर्णतामा जान्छ । बहुसंख्यकमा गइन्छ, कि अल्पसंख्यकाम गइन्छ कि लैंगिकतामा गइन्छ । एउटा अतिबाट अर्को अतिमा गइन्छ र आन्दोलन विघटन तिर जान्छ ।

तर कम्युनिष्ट, माक्र्सवादी भएर हेर्दा सबै प्रकारका विभेदहरुलाई एक ठाउँमा राखेर अन्त्य गर्ने र त्यसको नेतृत्व कम्युनिष्ट पार्टीले गर्छ । कम्युनिष्ट आन्दोलनले गर्छ । समाजवादी आन्दोलनले गर्छ भन्ने निश्कर्षमा पुग्छौँ ।

-माघ २९ गते आदिवासी जनजाति मगर संघ,नेपाल केन्द्रीय समिति द्वारा आयोजित राष्ट्रिय भेलामा नेता पुनद्वारा व्यक्त विचार।

अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

गीतकार डि.पी खनालको शब्द रचनामा गीत ‘जति हिडे पनि’ सार्वजनिक

‘फुलबुट्टे सारी सपक्क पारी’ मोडल : मालिका महत

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

गायक कृष्ण पौडेलको ‘लुकी लुकी ’ गीत सार्वजनिक

अब परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने