3410
Share
काठमाडौं । सरकारले सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वलडाकु तैनाथ भएका छन् ।
प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डे प्रलोक को नेतृत्वमा पूर्वलडाकुको टोली खटिएको हो । पाण्डे नेतृत्वको टोलीमा ६ जना खटिएको सन्तु दराई परवानाले जानकारी दिए ।
यसअघि सरकारी सुरक्षाकर्मी तैनाथ भएका बेला पनि परवाना लामो समयदेखि प्रचण्डको सुरक्षामा खटिदै आएका थिए । उनी पूर्वजनमुक्ति सेनाका डिभिजन कमाण्डर हुन् ।
पाण्डे भने स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी प्रचण्डको सुरक्षामा खटिएका थिए ।