3
Share
काठमाडौं । बिहिबार नेपालमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १११ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३५ सय ४१ जनानाको पीसीआर गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४२ पुरुष र ५४ महिला छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्र ४२ जना छन् । १६ महिला र २६ पुरुष गरेर उपत्यकाका ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ भने २ लाख ६९ हजार ५०५ जना डिस्चार्ज भएका छन् । १६ सय ३ जना सक्रिय संक्रमित भएको नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।
“>