11
Share![विश्वको सर्वाधिक सक्रिय ज्वालामुखी ‘माउन्ट एट्ना’ विस्फोट [फोटोफिचर] विश्वको सर्वाधिक सक्रिय ज्वालामुखी ‘माउन्ट एट्ना’ विस्फोट [फोटोफिचर]](https://backend.samachardainik.com/wp-content/uploads/2021/02/Mount-Etna-Erruption-min.jpg)
एजेन्सी । इटालीको सिसिली पूर्वी तटमा अवस्थित माउन्ट एट्ना ज्वालामुखी यसै साता फेरि सक्रिय बनेको छ । मंगलबार अपहन्न अनुमान गरिएअनुसार नै एट्ना ज्वालामुखी सक्रिय भएको नजिककै रहेको सहर क्याटनियामा रहेको भूगर्भ तथा ज्वालामुखी आईएनजिभी राष्ट्रिय संस्थानका प्रमुख स्टेफानो ब्रान्काले इटाली समाचार एजेन्सी एजिआईसँग भने ।
यद्यपि, यस साता विस्फोट हुँदा माउन्ट एट्नाले नजिकैका गाउँहरुमा त्यस्तो गम्भिर क्षति नपुर्याएको इटालीका अधिकारीहरुले बताएका छन् । यस ज्वालामुखीलाई विश्वको सबैभन्दा सक्रिय ज्वालामुखीहरुमध्ये एक मानिन्छ ।
आपतकालीन अधिकारीहरुले ट्विट गर्दै ज्वालामुखीको नजिकै रहेको तीन वटा गाउँको लगातार निगरानी गरिरहेको बताएका छन् । ३,३२४ मिटर अग्लो एट्ना पहाड युरोपकै अग्लो र सक्रिय ज्वालामुखी हो र यो पछिल्लो ५ हजार वर्षमा लगातार विस्फोट भइरहेको छ ।