वि.सं २०७७ फागुन १८ मङ्गलबार फोरेक्स युनिकोडमौसम

प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यलाई २४ घण्टाभित्र नागरिकतासहित पेरिसडाँडा उपस्थित हुन निर्देशन

प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यलाई २४ घण्टाभित्र नागरिकतासहित पेरिसडाँडा उपस्थित हुन निर्देशन

काठमाडौं । प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्यलाई २४ घण्टाभित्र नागरिकतासहित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा उपस्थित हुन निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयबाट बिहीबार सबै केन्द्रीय सदस्यहरुलाई एसएमएसद्धारा सन्देश पठाई शुक्रबार १२ बजेभित्र नागरिकताको सक्कलसहित केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनेको केन्द्रीय सदस्य निरज आचार्यले बताए ।

राजधानीमा भएका र राजधानी बाहिर भएका सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई भोलि शुक्रबार अनिवार्यरुपमा केन्द्रीयय कार्यलय पेरिसडाँडा उपस्थितहुन निर्देशन दिएको छ।

‘सबै केन्द्रीय सदस्यहरुलाई भोलि मध्यान्ह १२ बजेसम्म केन्द्रीय कार्यालयमा उपस्थित हुन एसएमएस गरिएको छ,’ केन्द्रीय सदस्य खगराज भट्टले भने, ‘म आज धनगढीमा छु । आज पार्टी केन्द्रीय कार्यलयबाट काठमाडौं आउन खबर आएको छ । भोली काठमाडौं आउदै छु । किन बोलाएको हो त्यो कुरा भने खुलाएको छैन । सायद निर्वाचन आयोगको लागि हो कि ?’

‘ नागिरकतासहित उपस्थित हुनु भन्ने एसएमस आएको छ। यसो हेर्दा निर्वाचन आयोगको प्रयोजनका लागि बोलाइएको हुनसक्ने देखिन्छ,’ आचार्यले भने, ‘कारण के हो खुलाइएको छैन तर भोली १२ बजे सबैलाई उपस्थित हुन भनिएको छ ।’

प्रचण्ड–नेपाल पक्षले माघ २० गते निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको जानकारी दिएको छ । नेकपाको नाम, झण्डा र चुनाव चिन्हमा दावी गर्दै ४ सय ४१ केन्द्रीय सदस्य रहेकामा तीमध्ये २ सय ७३ जनाको हस्ताक्षरसहित निवेदन दिएको छ , तर आयोगले अहिलेसम्म यस विषयमा निर्णय गरेको छैन।

माघ १९ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको थियो। सो बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिकता दावी गरेको थियो।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएको हो। तर, आयोगले भने नेकपा विभाजनलाई आधिकारिकता दिएको छैन।

 

जेष्ठ नागरिककाे भत्ता पाँच हजार पु¥याउँछौँ : नेता नेपाल

बुबाद्वारा तीन महिने छोराको हत्या

उर्लाबारीमा प्रधानमन्त्रीले सम्झिए जाँड खाएको र माछा मारेको विगत

मोरङमा तेस्रो चरणको कोरोना खोप अभियान फागुन २३ देखि

निर्वाचन आयोग ‘नेकपा’ र ‘सूर्य’ चिन्ह फ्रिज गराउँदै छ ? (भिडियो रिपोर्ट)

पेट्रोलियम चोरी गर्ने ट्याङ्करमाथि निगमको ऐतिहासिक कारबाही